हराउदैछ संस्कृती, फैलिदैछ बिकृती जोगाईदिने कसले ?

  किशोर गौतम/ हाम्रा पूर्बजहरूले कडा मेहनत र पसिनाले सृजना गरेका बिभिन्न मौलिक कला संस्कृति, भाषा , भेष भूषा , परम्परा, चांडपर्ब र वास्तुकलाहरू इतिहासको धरोहरका रूपमा आज देश तथा बिदेशमा उभिएको छ । ति धरोहरहरू हाम्रा पहिचान हुन् अनि हाम्रा गौरब हुन् । तर यस्ता गौरब र पहिचानका धरोहरहरूलाई हामीले जानी या नजानी दिन दिनै बिर्सदै जाने क्रम बढिरहेको छ । संगीनी गाउने र नाच्ने परम्परा पूर्बी पहाडमा अन्यत्र भन्दा बढी प्रभाबशाली मध्ययुगीन समयमा रहेको जानकारहरु बताउछन् । मौलिक लोक कला संस्कृतिको संरक्षण अभाव, सम्मानको अभाव, न्यून पारिश्रमिक र पश्चिमेली संस्कृति हावी भएका कारण पौराणिक लोक कला संस्कृति लोप हुदै गएको जानकारहरु बताउछन । नेपाली पहिचान बोकेको कला संस्कृतीहरु पश्चीमि संस्कृतीको सिको गर्ने नाममा बिस्तारै हराउदै जान थालेको समयमा यसलाई जिबन्त राख्न प्रतियोगिताहरु नै आयोजना गर्न थालिएको छ । सुरज शिक्ष्ाँ प्रतिस्ठान अन्र्तगतको त्रिभद्र सदनले संस्कृती जोगाउने उदेश्यले प्रतियोगिताको आयोजना गर्यो । लोप हुदै गएको संस्कृती प्रति चिन्ता ब्यक्त गर्दै आयोजकले अघिल्ला बर्षहरुमा पनि संस्कृती जोगाउन आफुले बिभिन्न कार्यक्रमहरुको आयोजना गरेको र आगामी दिनमा पनि आफ्नो मौलिक संस्कृती जोगाईराख्न ग्रामिण क्षेत्रमै रहेर निरन्तर लागि पर्ने आयोजक संस्था सुरज शिक्ष्ाँ प्रतिस्ठानका निर्देशक भोजराज दाहाल बताउछन् । संगिनी बिशेषत सामाजीक जिबनमा परेमा दुःख पीडा , राज्यबाट गरीएका बिशेष व्यावस्था त्यस्तै बिवाहको समयमा वरको घरमा मनोरंजनकोलागी महिलाहरु भेला भएर गाईने र नाचीने परम्परा रहदै आएको पाईन्छ । दैलेखका मल्ल राजा हरी मल्लको पालामा सुरु भाएको मानिने सो परम्परा नेपाली कला संस्कृतीको अमुल्य धरोहर रहेको शिक्ष्ाँसेवी गोपाल काफ्लेको भनाई छ । हाम्रो मौलिक संस्कृती एकताको कडी पनि हो । तसर्थ नेपाल कला संस्कृतीमा धनी भएपनि बिस्तारै तिनीहरु लोपहुने अवस्थामा पुग्नु बिडम्बना हो । नेपाली चिनारी र पहिचान बोकेका यस्ता संस्कार र संस्कृतीको जगेर्ना गर्न आवस्यक छ ।



0 comments:

Post a Comment