Showing posts with label gallary. Show all posts
Showing posts with label gallary. Show all posts
चैत २८ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले पुछारको सन्डरल्याण्डलाई ३–० ले हरायो । १० खेलाडीमा सीमित भएको
सन्डरल्याण्डलाई हराउने क्रममा युनाइटेडका लागि जाल्टन इब्राहिमोविच, हेनरिक एमखिर्तियान र मार्कस रासफोर्डले एक एक गोल गरे । ३० औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । इब्राहिमोविचको यो प्रिमियर
लिगमा १७ औं गोल हो । उनी सर्वाधिक गोल कर्ताको सूचिमा पाँचौं स्थानमा छन् । चौथो स्थानका चेल्सीका डिएगो कोस्टाले
पनि १७ गोल नै गरेका छन् । ४३ औं मिनेटमा सेबास्टिएन लार्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सन्डरल्याण्ड १० खेलाडीमा सीमित भयो । दोस्रो हाफको सुरुमा नै एमखिर्तियानले युनाइटेडको अग्रता दोब्बर पारे । ८९ औं मिनेटमा रासफोर्डले
गोल गरेपछि जोसे मोरिन्होको टिम युनाइटेड ३–० ले विजयी भयो । जितपछि युनाइटेड आर्सनललाई पछि पार्दै ३० खेलबाट ५७
अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनलको ५४ अंक छ । युनाइटेड चौथो स्थानको म्यानचेस्टर
सिटी भन्दा चार अंकले पछि छ र एक खेल कम खेलेको छ । पराजित भएको पुछारको सन्डरल्याण्डको लिगका सात खेल बाँकी हुँदा मात्रै २० अंक छ ।

'दमकको सान हाम्रो पहिचान  तस्वीर'

२०१७/१९/३
प्रेमियर लिगमा आज भएको खेलमा मिडलब्रोउघज लाइ हराउदै मंचेस्टर इउनाइटेड चड्यो पाचौ स्थानमा ।
खेल सुरु भएको ३०औ मिनेटमा फेल्लानीको हेडरमा अग्रता लिएको मंचेस्टरले ६२ मिनेट दोस्रो गोल लिंगार्ड र ९०+३ मा भेलेनसिया ले गरेका थिए।गेस्तेदेले ७७ औ मिनेटमा गोल गरि स्कोर २-१ बनाए पनि मिडलब्रोउघज लाइ जित दिलाउन सकेनन ।





संखुवासभाको  किमाथांकाको जडिबुटी  बेच्दै एक  शेर्पेनी महिला ।। हिमाल, पहाड  तराईको  भौगोलिक सम्बन्ध  जोडिरहेको देखिने दृश्री
तस्बिर :- सुजाता  निङ्गलेकु



युवा संचार फेस्बुक टाइम्लाईनमा पर्न सफाल भएका  केहि होली बिशेष तस्बिरहरु:-


           


तस्वीरः बीकी शाहा 
लोकेसनः दमक 

 बिर्तामोड ३० फागुन, (सुजाता  निङ्ग्लेकु) -  नेपालीहरुको विशेष रङ्गिन पर्व  होलि झापाको बिर्तामोडमा  भव्यताको साथ मनाउदै ।Samsung Galaxy   को आयोजनामा बिर्तामोडको हनुमान सेटरको प्राङ्ग्ड्मा सङ्गितमय होलि कार्यक्रम  आयोजना गरिएको छ  ।  ९० प्रतिशत  युवा  पुस्ताको जमघट देखिने सो कार्यक्रममा  विभिन्न थरिका रङ्ग हरु एक अर्कामा दलेर शुभकामना आदनप्रदान गर्दै  साङ्गितिक  माहौलमा रमाइरहेका देखिन्थे । पस्चिमी साङ्गितिक रौनक मा झुम्मिएका देख्दा कता कता  पर्वको मौलिकता नै बिकृती उन्मुख होकि भन्ने भान पनि भएको छ  ।    
चारआलि, दुधे, बुधबारे, धुलाबारी लागायतका स्थानबाट सयौं युवायुवतीहरु सो कार्यक्रममा जम्मा भइ पर्व मानाइ रहेकाथिए ।








 विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ ।
घरेलु टोली नेपाल कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा  केन्यासँग ५ विकेटले पराजित भएको हो ।

तीन पटकसम्म ओभर घटाएर अन्तिममा २६ ओभर कायम गरिएको खेलमा केन्याले जितका लागि ९४ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य २४ ओभर १ बलमा केन्याले ५ विकेटको क्षतिमा हासिल गर्यो ।
घरेलु मैदानमा समर्थकहरुको बाक्लो उपस्थितिलाई नेपाली टोलीले निराश पारे । बिहानैदेखि समर्थकहरु पानीको समेत परबाह नगरी नेपाली टोलीको हौसला बढाउन कीर्तिपुर पुगेका थिए ।
हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना कठीन बन्दै गएको छ । ९ खेल खेलेको नेपालको जम्मा ६ अंक रहेको छ भने छैटौं स्थानमा रहेको छ । यस्तै केन्या १० अंकसहित पाँचौं स्थानमा रहेको छ । शीर्ष ४ मा रहने टोली विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्नेछन् ।

आजको खेल वर्षाका कारण पटक पटक रोकिँदै सुचारु हुँदै आएको थियो भने बिहान ९ बजेदेखि सुरु हुने भनिएको खेल साढे ११ बजेदेखि सुरु भएको थियो ।
निर्धारित ५० विकेटको खेललाई घटाएर ३८ ओभरमा झारिएर सुचारु गरिएको खेलमा नेपालले ८ विकेटको क्षतिमा ३६ ओभरमा ११२ रन बनाएर खेल्दै थियो । तर त्यही बेलामा पानी पर्न थालेपछि आइसीसीले घटाएर २९ ओभरको खेल कायम गर्यो ।
सो पछि नेपालको १०४ रनको लक्ष्य पाएको केन्याले २१ दशमलब २ बलमा ५ विकेट गुमाउँदै ८० रन बनाएर खेल्दै गर्दा पुन खेल रोकिन पुगेको थियो भने केहिबेरको वर्षापछि खेल पुन सुचारु गरिएको थियो ।
त्यसपछि ओभर घटाएर २६ कायम गरिएको थियो भने केन्याको लक्ष्य ९४ कायम गरिएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालका लागि ज्ञानेन्द्र मल्लले २७, दीपेन्द्र सिंह ऐरीले १९ र सागर पुनले १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

यस्तै शक्ति गौचन र सोमपाल कामी क्रमशः १८ र १५ रन बनाएर खेल्दै गर्दा पानी पर्न पुगेको हो । बलिङ तर्फ केन्याका सेम नेगोचीले सर्वाधिक तीन विकेट लिए ।
यस्तै केन्याको जितमा रकिप पट्टेलले सर्वाधिक ३४ रनको योगदान दिए भने कोलिन्सले २४ रनको योगदान दिँदा अरु ब्याट्समान भने खासै चल्न सकेनन् ।

यसअघि तीन पटक एकदिवसीय विश्वकपसमेत खेलिसकेको केन्या नेपालभन्दा अनुभवी टोली हो ।

(सन्त किराती स्पस्ट बिचार भएका होटल व्यवसायी हुनुहुन्छ । दमकमा लामो समयदेखि होटल ब्यवसायमा जम्नु भएका किराती हाल होटल ब्यवसायी संघ माई पश्चिम का बरिष्ठ उपाध्यक्ष  पनि हुनुहुन्छ । दमक र आसपासका क्षेत्रमा आन्तरिक र वाह्य दुबै प्रकारका  पर्यटनको विकास गर्ने लक्ष नराखे यस भविष्यमा होटल ब्यवसाय संचालन  गर्न कठीन हुन सक्ने सम्भावना देख्ने किराती प्रयास गरे दमकमा पर्यटन प्रवद्र्धनका अनेकौ संभावनाहरु प्नि देख्नुहुन्छ । प्रस्ततु छ होटल ब्यवसायीहरुद्वारा आयोजित तेस्रो दमक फुड फेस्टिवलका अवसरमा  किरांतीसंग उज्वल भविष्यको तर्फबाट किशोर गौतमले गरको   कुराकानी )

१. फुड फेस्टिवलको आयोजना गर्नुको उद्देश्य के हो ?

वास्तवमा यो फेस्टिवलले पर्यटन प्रवद्र्धन गरोस् भन्ने हो । जिल्ला बाहिरका मानिस दमकमा आउन र यहाँको आतिथ्य सत्कारका विषयमा जानकारी हासिल गरुन् भनेर पनि हामीले फेस्टिवलको आयोजना गरेका हौ । होटल  मानिसको दोस्रो घर हो भनिन्छ र आप्नो दोस्रो घर पनि आफूले सोचे जस्तो होस भन्ने चाहना सबैलाई हुन्छ । दमकमा लगभग १५ सय होटल र सातसय लजहरु छन र सबै होटलहरुका आ–आप्mनै विशेषता रहेका हुन्छन् । कुनै एक होटलको सेवा आप्mनै किसिमले विशेष रहे पनि उपभोक्तालाई त्यो विशेषता मनपर्नु पर्छ भन्ने जरुरि पनि हँुदैन । उपभोक्ताले यति धेरै होटल मध्येबाट आप्mनु रुचि अनुसारको विशेषता भएको होटल खोज्न पनि सम्भव हुँदैन यस कारण हामी सबै होटल ब्यवसायीले एकसाथ आ–आप्ना स्टलहरु बनाएर कुनै खास अवसरमा एकैसाथ भेला भैदिएपछि त उपभोक्तालाई आवश्यक परेकाबेला कुन होटल जाने भन्ने दुविधा पनि नहुने भयो । स्वतन्त्ररुपले कुन होटल जाने भन्ने चिन्ताबाट उपभोक्तालाई मुक्त बनाउन पनि हामीले फुड फेस्टिवलको आयोजना गरेका हौ ।

२. दमक र आसपासका क्षेत्रमा होटल संचालन कति सम्भावना भएको व्यापार हो ? 

अति महत्वपूर्ण प्रश्न गर्नुभयो तपाईले । झट्ट हेर्दा होटल व्यवसाय खुबै आम्दानी हुने क्षेत्र जस्तो देखिन्छ, तर वास्तविकता भनें बेग्लै छ ।  अझ भन्नुपर्दा दमक जस्तो क्षेत्रमा अरु व्यापार ब्यवसाय त फस्टाएकै  होलान तर होटल व्यवसाय ओईलाएको छ । सातसय लज भएको दमक क्षेत्रमा दैनिक चारसय जतिमात्र मानिसहरु सुत्नेगरी आउँदछन् । दमक केही मात्रामा एनजीओ र आईएनजीओहरु भएको क्षेत्र भएकाले यस्ता संस्थामा आउने पाहुनाहरु मात्र दमकका लजमा वास बस्दछन् । न्युन मात्रामा पाहुनाहरु आउने शहरमा धेरै लज भएपछि स्वभाविक रुपमा होटल व्यवसाय धराशायी हुने नै हो । दमक आसपास क्षेत्रमा होटल व्यवसाय क्षेत्र आंशिक सम्भावना भएको क्षेत्र हो भन्दा गलत हुँदैन भन्ने मेरो ठम्याई छ ।

 ३. यो व्यवसायलाई दिगो र नाफामुखी बनाउन होटल व्यवसायस्हरुको भावी योजना चाहिँ के छ  नि ? 

हामी यस विषयमा चिन्तित भएर सोचिरहेका छौं । होटल व्यवसाय स्थापित बनाउन पर्यटक भित्र्याउनु आवश्यक हुन्छ । कुनै पनि ठाउँमा आन्तरिक होस या बाह्य दुबैखाले पर्यटक आउन कुनै न कुनै कारण चाहिन्छ । हालसम्म दमक र आसपासमा यस किसिमको प्राकृतिक अनुकूलताको स्थिति छैन । तर पनि दमकको विकास र यहा पर्यटन प्रवद्र्धनका लागि चालिएका योजनाहरु भनें आशालाग्दा किसिमका देखेका छौं ।  संसारकै ठूलो बुद्ध मूर्ति, दमक १९को ईन्द्रेणीताल, दमक १५मा बन्दै गरेको चिल्ड्रेन पार्क जस्ता आयोजनाहरुले दमक आसपासका होटलहरुको व्यवसायलाई टिकाईराख्ने संभावना देखेका छौ । र दमक नगरपालिका का यी प्रशंसनीय काममा होटल व्यवसायीहरुको पनि समर्थन, सहयोग  र सहभागिता रहने छ । यो नितिगत रुप मै हामी होटल व्यवसायीले  निर्णय पनि गरेका छौ ।

४. दमक आसपासमा धार्मिक पर्यटकीय स्थलहरु प्नि छन धार्मिक पर्यटनमा आउने तीर्थयात्रीहरुलाई दमकमा होल्ड गराउन किन नसक्नु भएको हो ?

हामी यस विषयमा पनि गम्भीर रुपमा चिन्तन गरिरहेका छौं । पाथीभरा, बराहक्षेत्र, सतासीधाम, कनकाई र लारुम्बा आउने श्रद्धालुहरुलाई दमकमा केही समय विताउन रहर जगाउने धर्मिक  र पर्यटकीय स्थल निर्माणका विषयमा पनि हामी सोचिरहेका छौं । धार्मिक  सांस्कृतिक कुरा केही जटिल पनि हुन्छ तर पनि सर्बसंस्कृति समन्वयात्मकताका आधारमा बनेको सिक्किमको चारधाम हाम्रो धार्मिक पर्यटनको रोलमोडल बन्नेहो भनें त्यो जटिलता पनि समाप्त हुन्छ  र दमकमा आन्तरिक र बाह्य पर्यटकको घुईचो नै लाग्दछ भन्ने हामी होटल ब्यवसायीको धारणा हो । तर आप्mना होटल चलाउन कै लागि यसो गर्यो भन्नें गलत अर्थ पनि लाग्न सक्छ ।  सबैले सकारात्मक रुपले सोचिदिने हो भनें  यसो गर्दा  होटलव्यवसायी मात्र हैन समग्र दमक नै लाभान्वित हुन्छ । दमको बुद्धपार्कले पनि यो कार्यमा धेरै ठूलो सहयोग हुने छ । यस विषयमा हामी होटल व्यवसायी महासंघमा पनि चर्चा गरिरहेका छौं ।


  आध्यात्मिक संचारकर्मी चक्रपाणि गौतम दैनिक विहान ३ः४५ वजे उठेर १ घण्टा १५ मिनेट पैदल हिड््छन्् । गौतम संगै मर्नि¨ वाकमा निस्कने दमक १३ का ६५ वर्षीय तेजु खतिवडाको पनि प्रातः भ्रमण को नियमिततामा कुनैे दिन पनि ब्रेक लाग्दैन। दुवै जनाको भनाई छ, दिनभरी स्वस्थ र मस्त रहन बिहानको एक डेढ घण्टा गरेको मर्निङ वाकले धेरै सहयोग गर्दछ । हुन त दमकमा बिहानै उठेर पैदल हिड््ने गौतम र खतिवडा मात्र हैन  विहानीको हावाको आनन्द लिन दमकका धेरै मानिसहरु बिहानै सडकमा निस्कने गर्दछन्् ।  चिकित्सकहरका अनुसार  मर्निङ वाक स्वस्थ रहने सवैभन्दा राम्रो उपाय पनि हो । सवै प्रकारका रोगीहरु लाई विहानीको भ्रमणले फाईदा हुने कुरा योग तथा आर्युवेद चिकित्सक गंगा ढकाल बताउनु हुन्छ । दिनभरी तरोताजा र स्वस्थ रहनका दैनिक कम्तिमा  ३० मिनट  पैदल हिडनु पर्ने दमक अस्पतालका डाक्टर रेवन्त  थापा का अनुसार  आजभोली बदलिएको जीवनशैली र शारिरक श्रमको अभावले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव परि रहेको छ । एकै ठाउमा धेरै समय बसेर काम गर्नु , बिभिन्न प्रकारका जंक फुडको प्रयोग गर्नु , धेरै मसलाहरु प्रयोग गरेका चिजबीजहरु अत्याधिक मात्रामा खानु । पर्याप्त पानी नपिउनु , र शरीरलाई हानी पुग्ने गरि मदिरा सेवन गर्नु , समयमा नसुत्नु जस्ता कारणले उच्च रक्तचाप , मुटुको समस्या , युरिक एसिड जस्ता समस्याहरु हुने गरेका छन । यस किसिमको जीबनशैलीले मेटाबोलिक सिन्ड्रम सिर्जना गर्द छ र यसको परिणाम मोटोपन र मोटोपनका कारण मुटुरोग , दमरोग , सुगर र प्रेसर जस्ता समस्याले सताउछन । यी सबै रोगबाट बच्न दैनिक ३० मिनेट मर्निङ वाक गर्नु उत्तम हुन्छ ।, सामान्यतया ४० ईन्च भन्दा मोटा पुरुष र ३५ ईन्च भन्दा मोटा महिलाले त अनिबार्य मर्निङ वाक गर्नु पर्ने डाक्टर थापा बताउनु हुन्छ । विगत १० बर्षदेखि नियमित रुपमा दैनिक २ किलोमिटर पैदल हिडने गरेका दमक का कर्ण भट्टराई आफूलाई प्रेसरको रोग रहेको र बिहानै हिडेकै भरमा स्वस्थ महसुस गर्ने गरेको बताउनु हुन्छ ।  बिहान ४ः४० बजे दमक सेतुमारी रोडमा मर्निङवाक गर्दै गरेकी सविना प्रधान पनि मोटोपन का कारण आफू दैनिक १ घण्टा जति पैदल हिडने गरेको बताउछिन ।
    दमकका सबै ठांउमा  दैनिक  मर्निङ वाक गर्ने मानिसहरु भेटिए पनि अति व्यस्त सडकमा पैदल हिडनु सुरक्षा र स्वास्थ्यका दृष्टिकोण उपयुक्त नहुने कुरा योग तथा आयुर्बेद चिकित्सक गंगा ढकाल बताउछन ।  दमक क्षेत्रमा बिहानै घुमफिर गरेको स्वास्थ्यलाभ लिन चाहनेहरुको संख्या  उल्लेख्य मात्रामा रहेपनि अधिकांश व्यक्तिहरु दमक पाडाजुगी मार्गमा बढी हिडने गरेका पाईन्छन । यो सडक खन्डमा अत्याधिक मात्रामा सवारीसाधन चल्ने भएका कारण बिहानीको हावा पनि स्वस्थ नहुने ठानेर मर्निङ वाक का लागि आफूले बैकल्पिक बाटो खोजेको लखनपुर १ निवासी श्याम अधिकारी बताउनु हुन्छ ।   
मर्निक वाक स्वस्थ्य रहने अचुक उपाय भए पनि बाक्लो शहर र सवारी साधनको चाप भएका ठा“उमा सवारी साधनले उडाएको धुलोका कारण प्रदुषित भएको सडकमा हिडडुल गर्दा भने स्वस्थ झनै खराब हुने भएकाले धेरै सवारी साधन नगुड््ने र धुलो मैलो नउडेको ठा“उमा मर्नि¨ वाक गर्नु राम्रो हुने कुरा बताउछन्् ।


   

दमकमा आकाशे पुलको त नाम नै परिवर्तन भयो रे नि काली । आकाशे पुल हैन सेल्फी पुल रे । आकाशे पुलमा त शेल्फी हान्नेहरुको जमात मात्र हुन्छ रे । हिड्न त तल बाटोमै जेब्रा क्रस प्रष्टै देखिने गरि बनाईने रे नि भन्ने कुरा पो गर्छन त अन्तरे काका चिया पशलमा । कुरो के हो काली ?