Showing posts with label news. Show all posts
Showing posts with label news. Show all posts
चैत्र १३ दमक  . दमकमा भरखरै भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

 मृत्यु हनेमा भारत डाईनिया सिठी बस्ने अन्दाजी ५० बर्षका सखिलाल मण्डल रहेका छन् ।

दमकको चिया बगान गेट महेन्द्र राजमार्गबाट उत्तर जाने शाखा सडकमा काठका टुना लिएर काठ मिलतर्फ जादै गरेको ना ६ ख २८९३ नं. को ट्रक उत्तर मोडिदै गर्दा दमक बजारमा मजदुरी गरेर सोही दिशातर्फ साईकलमा गइरहेका मण्डलको ट्रकले किचीएर मृत्यु भएको हो ।

काठमाडौं । निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।
यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले अनलाइनखबरसँग भने, ‘कार्यालय सहयोगीबाहेक खरिदार पदभन्दा तल अर्को पद छैन । कार्यालय सहयोगी आन्तरिक प्रतिस्पर्धाबाट माथि आउन पाउने व्यवस्था छ । त्यसैले अब खरिदार पद राखिराख्नु परेन ।
उनले संघीय निजामती सेवा ऐनको मस्यौदा कानुन मन्त्रालयमा विचाराधीन रहेको जानकारी दिए ।
अब आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र जेष्ठताको बढुवाको आधारमा १० प्रतिशत खरिदार पदमा पूर्ति गर्ने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ । यसको अर्थ एसएलसी परीक्षा उत्तीर्ण कार्यालय सहयोगीहरु आन्तरिक परीक्षाबाट र बढुवाबाट खरिदार बन्नेछन् । र, खरिदार पदमा रहेका कर्मचारीहरु सेवा निवृत्त भएमा दरबन्दी स्वतः खारेज हुँदै जानेछ ।
यसअघि खरिदारभन्दा तलको मुखिया पद पनि यसैगरी खारेज भएको थियो ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदमा पनि खुल्ला विज्ञापन नगराउने उल्लेख छ ।
सुब्बामा ७० प्रतिशत खुल्ला विज्ञापन
यसैबीच नायबसुब्बा पदमा अबदेखि ७० प्रतिशत खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिने भएको छ । यसअघि सुब्बामा ४० प्रतिशत मात्रै खुल्लाबाट पदपूर्ति हुने गर्दथ्यो । यसैगरी कार्यक्षमताको मूल्यांकनबाट २० प्रतिशत तथा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट ४० प्रतिशत पदपूर्ति गरिन्थ्यो ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा सुब्बा पदको कार्यसम्पादन मूल्यांकन (कासमु) र कार्यक्षमता मूल्यांकनको व्यवस्था हटाइएको छ । मस्यौदामा लेखिएअनुसार अब सुब्बा पदमा ७० प्रतिशत खुल्ला प्रतियोगिताबाट पदपूर्ति हुनेछ ।
यस्तै आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत र जेष्ठताको बढुवाबाट २० प्रतिशत सुब्बा सरकारी सेवामा भर्ना हुनेछन् । Onlinekhabar मा खबर छ ।


धनगढी।  कैलालीको देवकलीयामा बोक्सी आरोपमा युवतीहरुलाई यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाइ जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एकलाख जरिवाना गर्ने फैसला गरेको छ ।
 जिल्ला न्यायाधीश पर्शुराम भट्टराइको एकल इजलासले रामबहादुर चौधरीलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको जिल्ला अदालत कैलालीले जानकारी दिएको छ । चौधरीका सहयोगी किस्मती चौधरीलाइ एक वर्ष कैद र ५० हजार जरिवाना गर्ने फैसला गरेको छ ।
यसैगरी युवतीहरुलाई यातना दिने घटनामा सहयोगी स्मारिका चौधरीलाइ ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भएको पनि जिल्ला अदालत कैलालीले जानकारी दिएको छ । भोलेबाबाका सहयोगीको आरोपमा पक्राउ परेका अन्य तिनजनालाइ भने अदालतले सफाइ दिएको छ ।
सफाइ पाउनेमा चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीले सफाइ पाएका हुन ।
गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन कैलालीको घोडाघोडी नगरपालिका ५ देवकलियाकी राधा चौधरीलाइ बोक्सीकाे आरोपमा यातना दिइएको थियो । रामबहादुर चौधरीले बोक्सी आरोपमा आफ्नै घर अगाडि सयौं स्थानीयलाई जम्मा गरेर राधालाई चरम यातना दिएका थिए ।www.kantipurdaily.com

दमक । युटुब चर्चामा आएका बाल गायक अशोक दर्जीको घरको आज शिलान्यास गरिएको छ । 
झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित भालुकुडीमा वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा,घर निर्माण आर्थिक संयोजक गायक तथा संगितकार टंक बुढाथोकी र निमार्ण समितिका अध्यक्ष पूर्ण वाइवाले संयुक्त रुपमा पुजाआजा गरि घरको शिलान्यास गरेका हुन् । शिलान्यासको क्रममा सापकोटा र वाइबाले इटा राखेका थिए भने बुढाथोकीले नरिवल फुटाएका थिए ।

 शिलान्यासपछि बोल्दै आर्थिक संयोजक बुढाथोकीले शुरुमा कतिपयले घर बन्दैन भन्ने गर्नु हुन्थ्यो अब घर बन्ने छ भन्दै सहयोगिहरुलाई धन्यवाद समेत दिए ।
 यसअघि कार्यक्रममा सम्बोधन गर्दै प्रमूख अतिथि वडा अध्यक्ष सापकोटाले आँफुले पनि अशोकको घर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । सापकोटाले कार्यक्रमा नगद ५ हजार सहयोग समेत गरे ।


त्यस्तै विर्तामोडको ग्यालेक्सी फिटनेसले नगद ५० हजार एक सय रुपैया सहयोग गरेको छ । फिटनेसका संचालक चन्द्र रानासँगै संदिप शेर्मा, प्रेम राजबंशी, चन्द्र लिङ्देन, रोहित गजमेर र भिम लिम्बुको टोलिले आर्थिक संयोजक टंक बुढाथोकीलाई नगद हस्तान्तरण गरेको थियो । 
कार्यक्रममा २ नम्बर वडाका वडा सदस्यहरु राजु धिमाल, टंक प्रसाद गौतम, दिपक न्यौपाने, कोषाध्यक्ष डिजे रुपक, सचिव जिवन चुडाल, समाजसेवी पदम प्रसाद सापकोटा, संचारकर्मी तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

मोरङमा वामपन्थीको क्लीन स्वीप टार्दै मिनेन्द्र रिजाल विजयी भइका छन । भर्खरै सम्पन्न मतगणनाबाट १८ सय मत अन्तरसहित उनी विजयी भएका हुन् ।
रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत ल्याएका छन् ।
६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नं. १, ३ र ६ मा एमालेले जितेको छ भने क्षेत्र नं. ४ मा माओवादी केन्द्रले जितेको छ । परिणाम आउन बाँकी रहेको क्षेत्र नं. ५ मा माओवादीका शिवकुमार मण्डलले अग्रता लिइरहेका छन् ।

दमक । झापाको दमकमा रहेको दमक रनले आयोजना गरेको दोस्रो दमक रन मिनी म्याराथनको उपाधी पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फ नेपाल आर्मीका विश्वरुपा बुढाले जितेका छन् । आज बिहान सम्पन्न दौडमा पुरुषतर्फ नेपाल आर्मीका कृष्ण बस्नेत द्वितीय तथा आर्मीकै लालबहादुर थापा तृतीय हुनुभयो । 

१५ किलोमीटर दूरी उनीहरुले क्रमशः ४४ मिनेट ०३ सेकेण्ड, ४४ मिनेट १२ सेकेण्ड र ४४ मिनेट ४७ सेकेण्डमा पार गरे । महिलातर्फ विश्वरुपाले ५३ मिनेट ०३ सेकेण्ड, द्वितीय भएकी सशस्त्र प्रहरीकी कान्छिमाया कोजुले ५३ मिनेट ०५ सेकेण्ड र तृतीय भएकी आर्मीकै सुनमाया बुढाले ५३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरे ।
स्वास्थ्य नगर बनाउने सोचका साथ हरेक वर्ष दमक रनले यस्तो कार्यक्रम गर्ने गरेको दमक रनका कार्यवाहक अध्यक्ष तथा म्याराथुन संयोजक दिवस राईले जानकारी दिनुभएको छ ।दौडमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैया“ प्राप्त गरे । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ४० हजार, २५ हजार र १५ हजार रुपैया“ प्राप्त गरे ।
दमक रनले विभिन्न उमेर समूह अनुसार दौडको आयोजना गरेको थियो । ७ देखि १२ बर्ष उमेर समूहतर्फ रोदन राई र लक्ष्मी भुजेल प्रथम, प्रसन राई र सम्झना राई द्वितीय तथा अनिश खड्का र दीया श्रेष्ठ तृतीय भए । उनीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ पुरस्कार प्राप्त गरे । यो उमेर समूहका धावकहरुले ५ किलोमीटर दौडिएका थिए ।
१३ देखि १६ बर्ष उमेर समूहका धावकहरुले पनि १५ किलोमीटर दौडिएका थिए । सो विधातर्फ सुनिल थापा र हुमी बुढामगर प्रथम, लक्ष्मण अधिकारी र मञ्जु राई द्वितीय तथा नन्दू राई र सिर्जना तृतीय भए । उनीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैया“ पुरस्कार जिते ।३५ देखि ४५ बर्ष उमेर समूहको भेट्रानतर्फ पुरुष मात्र सहभागी भए । उक्त विधामा धर्म महर्जन प्रथम, दामोदर बुढामगर द्वितीय र श्याम राई तृतीय भए । उनीहरुले पनि क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ पुरस्कार पाए ।
४६ बर्षमाथिको सुपर भेट्रानमा निर्मल राई र रिता राई प्रथम, पूर्व राष्ट्रिय धावक बुद्धबीर लामा र मनमाया लिम्बू द्वितीय तथा मोहन कुमार सुब्बा र रिता लिम्बू तृतीय भए । उनीहरुले पनि समान क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ प्राप्त गरे । 
१० मंसिर, राजविराज । स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थित जनसमुदायलाई (कोठली बाहर मतदान करु) मतपत्रको कोठा बाहिर मतदान गर भन्ने सिके राउतको पर्जाको वितरण गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

सप्तरीमा २०७ मतदानस्थल अतिसंवेदनशील
स्वच्छ एवं भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरी जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार सप्तरी जिल्लामा कुल २९५ मतदानस्थलमध्ये २०७ वटा मतदानस्थल अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए ।
यही मंसिर २१ गते दोस्रो चरणमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पाण्डयेले बताए ।
झापा । जिल्लाको मेचीनगर–१० मा त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएका ६७ वर्षीया प्रेमप्रसाद पोखरेल ९फलाहारी०लाई राजनीतिक दलले दिने गरेको आश्वासनप्रति कहिल्यै विश्वास लाग्दैन । उहाँ पटक–पटक निर्वाचनमा सहभागी हुनुभयो तर यो दललाई मतदान गरे वा गर्छु भनेर भन्नुभएन । राज्य पुनः संरचनापछि यसपटक फलाहारीले झापाको निर्वाचन क्षेत्र १ का उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ । यसपटक पनि कुन उम्मेदवारलाई मतदान गर्छु भन्ने यकिन नगरी सकेको र मतपत्र समातेपछि मात्र निर्णय लिने उहाँले राससलाई बताउनुभयो ।

यस क्षेत्रमा एक लाख छ हजार मतदाता छन् । ती मतदातामध्ये विभिन्न राजनीतिक दलमा प्रतिबद्ध चालिस प्रतिशत पनि छैनन् यहाँका जानकारको भनाइ छ । त्यसले गर्दा यस क्षेत्रसहित झापाका प्रतिनिधि तथा प्रदेशसभाका कुन उम्मेदवारले बाजी मार्छ, त्यो थाहा पाउन निर्वाचनको नतिजा नै पर्खनुपर्ने देखिन्छ । विसं २०६४ को संविधानसभाको पहिलो निर्वाचनको स्मरण गर्दै बुद्ध शान्ति गाउँपालिकाका हरि न्यौपानेले भन्नुभयो, “माओवादीको संगठन नै नहुँदा पनि अत्यधिक बहुमतले यो क्षेत्रमा जितेको थियो । त्यसैगरी स्थानीय तहमा झापाका धेरै स्थानमा नेकपा ९एमाले०ले जित्दा पनि यो गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मा¥यो ।”

तीस वर्षीय युवा न्यौपानेले थप विस्तार गर्दै भन्नुभयो, “वाम गठबन्धन होस् या लोकतान्त्रिक गठबन्धन निर्वाचनको नतिजा नआईकन कुनै अनुमान लाउन सक्ने अवस्था छैन ।” उहाँले आफू स्वतन्त्र नागरिक भएकाले आर्थिक समृद्धिलाई ध्यान दिएर जनताको मर्का बुझ्ने उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो । प्रतिनिधिसभाका लागि पाँच र प्रदेशसभाका लागि १५० ले उम्मेदवारी दिएका छन् । उनीहरुले आफ्नो राजनीतिक दलको चुनावी घोषणापत्र तथा सम्बद्ध पार्टीले लिएको नीति तथा सिद्धान्तका आधारमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।

नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, विवेकशील, नेपाल जनता पार्टीसहित स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ती राजनीतिक दलले आफ्नै नारा तथा चुनावी एजेण्डा बनाएका छन् । प्रथम चरणमा ३२ लाख २८ हजार ८७९ मतदाताले मतदान गर्दैैछन् । त्यसमध्ये झापाका पाँच लाख ८५ हजार २३६ मतदाताले ६९२ मतदान केन्द्र तथा २८३ मतदानस्थलमा गएर मतदान गर्दैछन् । यहाँको आठ लाखभन्दा बढी जनसङ्ख्या रहेको यस जिल्लामा दुई लाख २७ हजार जनसङ्ख्या मतदाता परिचयपत्र छैन ।

यो जिल्लाको भौगोलिक तथा ऐतिहासिकस्थलमा मुलुककै सबैभन्दा होचो स्थान केचनाकलन, जमुनखाडी सिमसार क्षेत्र, दोमुखा, शहीद स्मारक पार्क, कलवलगुडी, कञ्चनगढ, वर्ने चिया बगानलाई लिइन्छ । यही मंसिर २१ गते हुने निर्वाचनमा राजनीतिक दलले यिनै ऐतिहासिक तथा पर्यटकीय स्थललाई देखाएर निर्वाचनमा भोट माग्ने र यहाँको मुख्य पेशा कृषि भएकाले यस पेशालाई आधुनिकीकरण गर्ने बताएका छन् । राजनीतिक दलका नेताले भौतिक पूर्वाधार तथा औद्योगिक विकासलाई पनि जोडतोडका साथ जनतासमक्ष पेश गरेका छन् ।

यहाँ मुख्य बसोबास रहेको सतार, धिमाल, मेचे, मुण्डा, राजवंशी, जनगाई तथा झापा जिल्लामा मात्रै बस्ने ‘किसान’ जनजातिका नाममा पनि यहाँका उम्मेदवारले आफ्ना राजनीतिक भाषण तथा चुनावी पर्चामा राख्दै आएका छन् । राजनीतिक दलका नेताले जेजस्ता भाषण दिए पनि यहाँका जनताले स्वतन्त्र एवम् मुलुकको नेतृत्व गर्ने क्षमतावान् नेतालाई मत दिएर विजयी बनाउने सुरमा देखिएका छन् । संगठितभन्दा पनि सक्षम नेतृत्वको खोजीमा रहेको मेचीनगर बस्दै आएका ७६ वर्षीय प्रेमबहादुर कटुवाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भोट दिनुपर्छ, आफ्नै पार्टीको उम्मेदवारलाई भोट दिनुपर्छ भन्ने छैन ।”

उहाँका अनुसार सुकुम्बासीका लागि व्यवस्थित बसोबास, कल्भर्ट, पुल, पक्की बाटो, शिक्षा, स्वास्थ्य झापा जिल्लाका जनताको खास माग होइन । यहाँका जनता खासगरी उच्च शिक्षा र जटिल रोगको निदानका लागि सीमा पार नै जाने गरेका छन् । इलाम र मोरङ जिल्ला तथा यस जिल्लाका १७ वटा स्थानीय निकाय भारतसँग जोडिएका छन् । त्यसैले यहाँका वासिन्दा शिक्षा र स्वास्थ्य सीमा भारततिर भर पर्दै आएका छन् । आफूले लामो समयदेखि लागेको पार्टीका नाम नलिईकन कटुवाले पुनः भने, “मेरो पार्टी त छँदै छ नि, भोट त काम गर्नेलाई पो दिने हो ।” उहाँजस्तै यहाँका नवयुवाको आवाज पनि यसपटक नयाँ अनुहारलाई नेतृत्वमा पु¥याउने रहेको छ । राजनीतिक आबद्धता र मतदान फरक विषय हो, सोही आधारमा मतदान हुने उनीहरु बताउँछन् ।purbrlinews
एन्ड्रोइड स्मार्टफोनका लागि युट्युबले पिन्च टू जूम नामक नयाँ फिचर ल्याएको छ । यो फिचरको सहयोगले स्मार्टफोनको पूरै स्त्रिmनभर भिडियो देखिने छ, अर्थात् किनारामा देखिने कालो धर्सो अब हेर्नुपर्ने छैन । यो नयाँ फिचरले १८ः९ स्क्रिनवाला स्मार्टफोनमा समेत काम गर्ने बताइएको छ ।
यसअघि यो फिचर केवल पिक्सेल टू एक्सएल प्रयोगकर्ताका लागि उपलब्ध थियो । जुन १२।४ भर्सनसँगै प्रयोग गर्न सकिन्थ्यो । अब यो एन्ड्रोइडको १२.४४ भर्सनका प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ ।
पिन्च टू जूम फिचर विना सामसुङ ग्यालेक्सी एस एट, एलजी भी ३०, सामसुङ ग्यालेक्सी नोट एटका प्रयोगकर्ताले युट्युब भिडियो पूरा स्क्रिनभर हेर्न पाउँदैनथे । यो महिना आइओएसका लागि यु ट्युब अपडेट गरिएको थियो र यसमा आइफोन एक्सका लागि फूल स्क्रिन भ्युइंग सपोर्टको विकल्प दिइएको थियो । एजेन्सीबाट
काठमाडौँ, ३ मंसिर। राष्ट्रपति विद्या भण्डारीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लाजिम्पाट पुगेर भेटेकी छन्।

झापामा रहेका नेता दाहाल छोरोको मृत्युको खबर पाए लगत्तै हेलिकप्टरबाट काठमाडौँ आइपुगेका थिए। घरको स्थिती बुझ्न लाजिम्पाट पुगेका दाहाललाई घरमै पुगेरराष्ट्रपतिले समवेदना व्यक्त गरेकी छन् ।

दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालय पेरिस डाँडामा राखिने भएको छ ।
सर्लाहीको रामनगर गाउँपालिकामा अपरिचित मानिसले गोली प्रहार गर्दा एक महिला गम्भीर भएकी छिन् ।

श्रीमान र बच्चासँगै रहेका बेला आज बिहान करिव साँढे ४ बजे तिर रामनगर गाउँपालिका– ४ बहुअर्बा टोल बस्ने ३० वर्षीया गिरिजा कुमारी साहलाई गोली लागेको हो ।
 ढोका माथीको प्वालबाट साहका परिवार सुतिरहेको कोठामा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गिरिजा कुमारी बाहेक परिवारका अन्य सदस्य सकुसल रहेका छन् ।
 बाँया छातीमा गोली लागेर गम्भीर भएकी महिलालाई सदरमुकाम मलंगवा स्थित सर्लाही अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिनु भयो । 
महिला माथी गोली प्रहार हुनुको कारण भने खुल्न सकेको छैन् । गोली प्रहार गर्ने समूहको खोजी र घटनाको विषयमा अनुसन्धान भैरहेको डिएसपी थापाले बताउनु भयो । तीन दिन अघि मात्रै सदरमुकाम मलंगवाका एक व्यापारीमाथी सीमावर्ती बजारमा गोली प्रहार भएको थियो ।

दमक आफ्ना सबै स्ट्राईकरहरु चम्किएपछि झापा ११ ले आजबाट शुरु दोश्रो सताक्षी गोल्डकप फुटबलमा बिजयी शुरुवात गरेको
झापाको झिलझिलेमा आज भएको उद्घाटन खेलमा पोखरा ११ लाई को फराकिलो अन्तरले पाखा लगाउदै घरेलु टोली झापाले शुखद शुरुवात गरेको हो
झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा पहिलो हाफमा को अग्रता लिएको झापाले दोश्रो हाफमा गोल थप्दै को शानदार जित निकालेको हो
झापाका लागी स्टार स्ट्राईकर कर्ण लिम्बुले ,बिशाल राई, बिदेशी खेलाडी मार्टिन खामिर गिल्सन कन्दंवाले समान गोल गरेका थिए म्यान अफ म्याच घोषित झापाका योगेश गुरुङले नगद १० हजार हात पारे
प्रतियोगिता अन्तर्गत भोली भारत मध्य प्रदेशको डामण्ड अफ स्पोर्टिङ क्लब शशस्त्र प्रहरीको एपीएफबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको आगामी मंसीर गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद लाख तथा उपविजेताले नगद लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ


लहान, ३० चैत - लागुऔषध गाँजासहित सिरहाको गोलबजार क्षेत्रबाट आज प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयको टोलीले बोरामा गाँजा प्याक गरिरहेको अवस्थामा १५ किलो गाँजासहित मुक्सारबाट स्थानीय नेमचन साह तेली र उदयपुर रिस्कु–२ निवासी प्रेमवहादुर राईलाई पक्राउ गरेको हो । 
गाँजा बोरामा प्याकिङ गरी निकासीको तयारी गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मुक्सारस्थित छत्रबहादुर राईको गोठबाट बोरामा गाँजा प्याकिङ गरिरहेकै अवस्थामा ती दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस  
चैत २८ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले पुछारको सन्डरल्याण्डलाई ३–० ले हरायो । १० खेलाडीमा सीमित भएको
सन्डरल्याण्डलाई हराउने क्रममा युनाइटेडका लागि जाल्टन इब्राहिमोविच, हेनरिक एमखिर्तियान र मार्कस रासफोर्डले एक एक गोल गरे । ३० औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । इब्राहिमोविचको यो प्रिमियर
लिगमा १७ औं गोल हो । उनी सर्वाधिक गोल कर्ताको सूचिमा पाँचौं स्थानमा छन् । चौथो स्थानका चेल्सीका डिएगो कोस्टाले
पनि १७ गोल नै गरेका छन् । ४३ औं मिनेटमा सेबास्टिएन लार्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सन्डरल्याण्ड १० खेलाडीमा सीमित भयो । दोस्रो हाफको सुरुमा नै एमखिर्तियानले युनाइटेडको अग्रता दोब्बर पारे । ८९ औं मिनेटमा रासफोर्डले
गोल गरेपछि जोसे मोरिन्होको टिम युनाइटेड ३–० ले विजयी भयो । जितपछि युनाइटेड आर्सनललाई पछि पार्दै ३० खेलबाट ५७
अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनलको ५४ अंक छ । युनाइटेड चौथो स्थानको म्यानचेस्टर
सिटी भन्दा चार अंकले पछि छ र एक खेल कम खेलेको छ । पराजित भएको पुछारको सन्डरल्याण्डको लिगका सात खेल बाँकी हुँदा मात्रै २० अंक छ ।

काठमाडौँ, २६ चैत । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ ।

नेपाली काँग्रेस तारकेश्वर–१० एकाइ कार्यसमितिले आज यहाँ आयोजना गरेको प्रथम वडा सम्मेलनलाई सम्बोधन गर्दै डा कोइरालाले निर्वाचन आयोगले निर्वाचनको तयारी धेरै अगाडी बढाएकाले निर्वाचन नरोकिने बताउनुभयो ।

उहाँले मधेसीलगायत असन्तुष्ट दललाई मिलाएर तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने बताउनुभयो । “सबै दललाई मिलाएर लगे मात्र निर्वाचन सफल हुन्छ,” उहाँले भन्नुभयो । डा कोइरालाले देश अत्यन्त नाजुक अवस्थामा अगाडि बढेको भन्दै यसको समाधानका लागि निर्वाचन आवश्यक भएकाले निर्वाचन सफल पार्न सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले पार्टीभित्र देखिएको गुट उपगुट छाडेर स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सांसद भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन नेता तथा कार्यकर्ताहरु एकजुट हुनुपर्ने बताउनुभयो । सांसद कौशर साहले हरेक परिवर्तन नेपाली काँग्रेसको नेतृत्वमा भएको भन्दै परिवर्तनलाई संस्थागत गर्न स्थानीय तहको निर्वाचनमा जिताउनुपर्ने बताउनुभयो । रासस
काठमाडौँ  - काठमाडौँ महानगरपालिका–१६ स्थित हिमाली ट्रेनिङ कवाडी पसलमा आज बिजुली सर्ट भई आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धादिङ वेनिघाट–६ का उमाकान्त पौडेलले सञ्चालन गर्दै आएको सो पसलमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । रासस
झापलि युथ टिमको  अध़्यक्षमा मेघराज राउत निर्वाचित हुनुभएको छ । आज दमकको मेचि सहकारि संस्थाको सभा हलमा भएको साधारण सभा वाट नयॉ कार्य समिति चयन भएको हो । १ वर्षे कार्यकालको लागि सचिव मा युवराज दहाल, कोषाध्यक्षमा चन्द्र थापा, र सदस्यहरुमा शशिकला न्यौपाने र राजन पौडेल निर्वाचित हुनु भएको छ । सामाजिक र खेलकुद गतिविधि सन्चालन गर्ने उदेश्यले स्थापना भएको यस संस्थाले हाल दमक क्षेत्रमा विभिन्न गतिविधिहरु सन्चालन गरिरहेको छ । र चाडै नै क्षेत्र र सदस्यता विस्तार गरिने नवनिर्वाचित अध्यक्ष राउतले वताउनु भयो ।
सुर्खेत, २६ चैत । सिम्ता गाउँपालिका – ६ राकमका ६१ वर्षीय रामबहादुर घर्ती आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको बताउनुहुन्छ ।

बाबु, बाजेले पनि यहाँ भेरी नदीको पानी बोकेरै पिएका हुन् उहाँको भनाइ छ । हिउँदयाम भन्दा वर्षायाममा पिउने पानीको निकै समस्या हुने गर्दछ । वर्षायाममा भेरी नदी पूरै धमिलो हुने भएपछि कपडामा पानी छान्दै खानुपर्ने बाध्यता भएको घर्तीको भनाइ छ ।

छिन्चु जाजरकोट सडकखण्ड यही राकम भएर जाने भएकाले यहाँका सबै होटलमा समेत भेरी नदीकै फोहोर पानी प्रयोग हुने गर्दछ । महिनैविच्छे फोहोर पानीका कारण झाडापखालाको समस्या देखिने उहाँको भनाइ छ । होटलमा पैसा भएका मानिस आएमा प्याक गरेको पानी किनेर खान्छन् पैसा नहुने ग्राहकले भने उही भेरी नदीको पानी पिउन बाध्य हुन्छन् ।
यहाँका स्थानीयवासीले धेरै पटक केन्द्रीयस्तरका नेतादेखि जिल्लास्तरका नेता अनि कर्मचारीलाई खानेपानीको समस्याको विषयमा जानकारी गराए पनि सबैले हुन्छ भन्छन्, तर काम गर्ने कोही होइनन् राकमका ५६ वर्षीय आइती पुनले दुखेसो पोख्नुभयो । यहाँका पाँच हजार भन्दा बढी घरधुरी भेरीको फोहोर पानी प्रयोग गर्न बाध्य भएको आइतीको भनाइ छ । जाजरकोट र सल्यानको सिमानासँग जोडिएको राकम गाउँ वषां देखि हेपाइमा परेको छ ।

सडक आयो, बिजुली आयो तर पानी आएन उहाँले थप्नुभयो । सुरुमा होटलमा बस्ने ग्राहकहरु राम्रोसँग बस्छन् जब हामीले भेरीको पानी बोकेर ग्राहक र हामीले त्यही प्रयोग गरेको देख्दा पानीको समस्या रहेछ भेरीको पानी कसले खान्छ भनेर हप्काउने गरेको आइतीको पीडा छ ।
नजिक खोपानीको मुहान नहुनु टाढाबाट ल्याउने पानी सानोतिनो रकमले नपुग्ने भएपछि वषांैदेखि यहाँका स्थानीयवासी खानेपानीको समस्याबाट वन्चित हुदै आएको अर्का स्थानीय बलबहादुर हमालले बताउनुभयो ।

यसपटक जसले समस्या हल गर्छ, जनताका समस्या बुझ्ने प्रतिवद्धता व्यक्त गर्छ उसैलाई हाम्रो भोट हुन्छ । काम नगर्ने तर भोट मात्र माग्नेलाई हामी अमूल्य भोट दिदँनौं बलवहादुरले भन्नुभयो ।
राकमको खानेपानीको समस्या चरम भएको यहाँका स्थानीयवासी भेरीको पानी खाँदै आएको बाध्यता आफूलाई थाहा भएको सिम्ता गाउँपालिकाका कार्यकारी प्रमुख जनक हमालले बताउनुभयो ।

विस्तारै बजारिकरण हुँदै आएको राकममा राज्यले केही लगानी गरी व्यवस्थित सहरको अवधारणा ल्याए यहाँका स्थानीयवासीको जनजीवनमा निकै सुधार ल्याउन सकिने स्थानीय वुद्धीजीवीको भनाइ छ । रासस
काठमाडौँ, २५ चैत । सभामुख ओनसरी घर्तीमगरले संविधान कार्यान्वयन गर्नका लागि स्थानीय तहको निर्वाचन तोकिएको मितिमै गर्नुपर्ने बताउनुभएको छ ।

कानुन मित्र समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह निर्वाचन समस्या र समाधान’ विषयक

सभामुख घर्तीमगरले भन्नुभयो, “संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन गर्नुको विकल्प छैन, त्यसका लागि दल मिलेर निर्वाचनमा जानुपर्छ ।”

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सहमतिका साथ निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । निर्धारित मितिमै स्थानीय तहको निर्वाचन नगरे समस्या उत्पन्न हुने भएकाले निर्वाचन सहमतिका साथ समयमै गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेकपा ९एमाले० का पोलिटब्युरो सदस्य रघुजी पन्तले निर्धारित समयमै निर्वाचन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार निर्वाचनबाट भाग्न नमिल्ने बताउनुभयो ।

नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले निर्वाचनप्रति आफ्नो पार्टी सकरात्मक रहेको तर सरकारले माग पूरा गरेर सहमतिका साथ काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य विक्रमबहादुर थापाले आफ्नो पार्टीको संविधानसँग असहमति भए पनि निर्वाचनमा जान कुनै पनि बाधा नगर्ने बताउनुभयो ।

गाउँपालिका, नगरपालिका, विशेष संरक्षित क्षेत्र सीमा निर्धारण आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले संविधानले व्यवस्था गरेअनुसार राज्यको तीन तहको संरचना तयार गरिएको र निर्वाचन समयमै गरी संविधानको कार्यान्वयन गर्नुपर्ने भनाइ राख्नुभयो ।

समाजका सहसंयोजक डा कुमार शर्मा आचार्यले निर्वाचनको तयारी अगाडि बढिसकेकाले त्यससम्बन्धी समस्यालाई समाधान गरेर निर्वाचन निर्धारित मितिमै गर्नुपर्नेमा जोड दिनुभयो । रासस
अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयन गर्नका लागि निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
  दमक, नेपाल जनता पार्टी(एनजेपी)को आज विराट नगरमा सम्पन्न भेलाले रतन लाल शर्माको संयोजकमा ११ सदसीय मोरङ्ग जिल्ला तयारी समिति गठन गरेको छ । पार्टीका केन्द्रीय महासचिब खेम आचार्यको प्रमुख उपस्थिति तथा १ नम्बर प्रदेश संयोजक इन्द्र ओलीको विशेष उपस्थितीमा सो समिति गठन गरिएको हो । पार्टी गतिविधि विस्तार गर्ने उदेश्यले पुर्वका सवै जिल्लामा तयारी समिति गठन कार्यलाई तिब्र पारिएको प्रदेश संयोजक ओलीले जानकारी दिनुभयो । एकात्म मानवताबाद र सास्कृतिक राष्ट्रबाद भन्ने मुल नारा रहेको एनजेपीले निकट भविष्यमानै पूर्वाञ्चलमा बृहत कार्यक्रमगर्न लागेको ले उक्त कार्यक्रमलाई सब्य र भब्य ढंगले सम्पन्नगर्न तयारी समितिको गठनलाई तिब्रपारिएको ओलीले बताउनु भयो । दोस्रो संविधानसभाको निर्वाचनमा समेत सहभागी बनिसकेको यो पार्टीको झण्डा र चुनाब चिन्न भने केशरी रंगको आयतकार भित्र कमलको फुल रहेको छ । झापाको निर्वाचन क्षेत्र नम्बर २ र ७ बाट आफनो उमेद्धारी प्रस्तुत गरेको यो पार्टीले आजनै सुनसरीको इटहरीमा तयारी समिति गठनकालागि स्थानिय बुद्धिजीबि तथा सर्वसाधारणहरु संगको अन्र्तक्रिया समेत सम्पन्न गरेको जनाइएको छ । समाजबाद र साम्यबादको राजनीतिक रस्सा कस्सीका विचबाट शान्त र सम्बृद्ध नेपाल निर्माणका लागि एकात्म मानवबाद र सास्कृतीक राष्ट्रबादको बिचार बोकेर ब्यात्तिमा ब्यात्तित्व निर्माण गर्दै राष्ट्र पुन निर्माणको पवित्र उदे्श्यले काम शुरु गरेको एनजेपीले पछिल्लो केहि महिना यता आएर आफनो गतिविधिलाई तिब्र बनाउदै लगेको पार्टीका कन्द्रीय महासचिब आचार्यले जानकारी दिनुभयो ।