Showing posts with label sports. Show all posts
Showing posts with label sports. Show all posts
दमक । झापाको दमकमा रहेको दमक रनले आयोजना गरेको दोस्रो दमक रन मिनी म्याराथनको उपाधी पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फ नेपाल आर्मीका विश्वरुपा बुढाले जितेका छन् । आज बिहान सम्पन्न दौडमा पुरुषतर्फ नेपाल आर्मीका कृष्ण बस्नेत द्वितीय तथा आर्मीकै लालबहादुर थापा तृतीय हुनुभयो । 

१५ किलोमीटर दूरी उनीहरुले क्रमशः ४४ मिनेट ०३ सेकेण्ड, ४४ मिनेट १२ सेकेण्ड र ४४ मिनेट ४७ सेकेण्डमा पार गरे । महिलातर्फ विश्वरुपाले ५३ मिनेट ०३ सेकेण्ड, द्वितीय भएकी सशस्त्र प्रहरीकी कान्छिमाया कोजुले ५३ मिनेट ०५ सेकेण्ड र तृतीय भएकी आर्मीकै सुनमाया बुढाले ५३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरे ।
स्वास्थ्य नगर बनाउने सोचका साथ हरेक वर्ष दमक रनले यस्तो कार्यक्रम गर्ने गरेको दमक रनका कार्यवाहक अध्यक्ष तथा म्याराथुन संयोजक दिवस राईले जानकारी दिनुभएको छ ।दौडमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैया“ प्राप्त गरे । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ४० हजार, २५ हजार र १५ हजार रुपैया“ प्राप्त गरे ।
दमक रनले विभिन्न उमेर समूह अनुसार दौडको आयोजना गरेको थियो । ७ देखि १२ बर्ष उमेर समूहतर्फ रोदन राई र लक्ष्मी भुजेल प्रथम, प्रसन राई र सम्झना राई द्वितीय तथा अनिश खड्का र दीया श्रेष्ठ तृतीय भए । उनीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ पुरस्कार प्राप्त गरे । यो उमेर समूहका धावकहरुले ५ किलोमीटर दौडिएका थिए ।
१३ देखि १६ बर्ष उमेर समूहका धावकहरुले पनि १५ किलोमीटर दौडिएका थिए । सो विधातर्फ सुनिल थापा र हुमी बुढामगर प्रथम, लक्ष्मण अधिकारी र मञ्जु राई द्वितीय तथा नन्दू राई र सिर्जना तृतीय भए । उनीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैया“ पुरस्कार जिते ।३५ देखि ४५ बर्ष उमेर समूहको भेट्रानतर्फ पुरुष मात्र सहभागी भए । उक्त विधामा धर्म महर्जन प्रथम, दामोदर बुढामगर द्वितीय र श्याम राई तृतीय भए । उनीहरुले पनि क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ पुरस्कार पाए ।
४६ बर्षमाथिको सुपर भेट्रानमा निर्मल राई र रिता राई प्रथम, पूर्व राष्ट्रिय धावक बुद्धबीर लामा र मनमाया लिम्बू द्वितीय तथा मोहन कुमार सुब्बा र रिता लिम्बू तृतीय भए । उनीहरुले पनि समान क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ प्राप्त गरे । 
दमक आफ्ना सबै स्ट्राईकरहरु चम्किएपछि झापा ११ ले आजबाट शुरु दोश्रो सताक्षी गोल्डकप फुटबलमा बिजयी शुरुवात गरेको
झापाको झिलझिलेमा आज भएको उद्घाटन खेलमा पोखरा ११ लाई को फराकिलो अन्तरले पाखा लगाउदै घरेलु टोली झापाले शुखद शुरुवात गरेको हो
झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा पहिलो हाफमा को अग्रता लिएको झापाले दोश्रो हाफमा गोल थप्दै को शानदार जित निकालेको हो
झापाका लागी स्टार स्ट्राईकर कर्ण लिम्बुले ,बिशाल राई, बिदेशी खेलाडी मार्टिन खामिर गिल्सन कन्दंवाले समान गोल गरेका थिए म्यान अफ म्याच घोषित झापाका योगेश गुरुङले नगद १० हजार हात पारे
प्रतियोगिता अन्तर्गत भोली भारत मध्य प्रदेशको डामण्ड अफ स्पोर्टिङ क्लब शशस्त्र प्रहरीको एपीएफबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको आगामी मंसीर गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद लाख तथा उपविजेताले नगद लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ


 युरोपमा सिजनको अन्त्य नहुँदै स्टार खेलाडी अर्को सिजन कुन क्लबमा जाने चर्चा सुरु हुने गर्दछ । हरेक ट्रान्फर विन्डोमा कुन खेलाडी कुन क्लबमा कति रकममा जान्छन् भन्नेमा संसारभरका फुटबल समर्थकहरुका बीचमा पनि चासो रहने गरेको छ ।

१. ज्लाटन इब्राहिमोभिच

म्यानचेस्टर युनाइटेडका इब्राहिमोभिच अमिरिकी मेजर लिग क्लब एल ए ग्यालेक्सीमा आबद्ध हुने हल्ला चुलिएको छ ।

२. एलेक्सिस स्यान्चेज 

चिलीका फरवार्ड स्यान्चेजले चेल्सी जाने चाहना व्यक्त गरेपनि आर्सेनल आफ्नो स्टार खेलाडीलाई घरेलु प्रतिस्पर्धाबाट टाढै राख्न खोजेको छ ।

३. लियोनाल मेस्सी

मेस्सीले बार्सेलोनासँग अर्को पाँच बर्षको लागि सम्झौता लम्बाउने भएका छन् ।

४. डेभिड डि जिया र एडेन हाजार्ड

रियल म्याड्रिडले प्रिमियर लिगबाट दुई खेलाडी अनुबन्धन गर्ने चाहेको छ । डेली मिररले जनाए अनुसार रियलले म्यानचेस्टर युनाइटेडका गोलकिपर डी जिया र चल्सीका स्टार हाजार्डलाई लिन खोजेको हो ।

५. नेमार

चेल्सी र म्यानचेस्टर युनाइटेड नेमारलाई भित्राउन आतुर देखिएका छन् ।





 इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा बिहीबार राइजिङ पुने सुपरजाइन्टले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । ४५ रनमा पहिटस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।

  जावफमा ब्याटिङ गरेको पुने सुपरजाइन्टले कप्तान स्टेभेन स्मिथको उत्कृष्ट इनिङ्सको मद्दतमा ३ विकेट गुमाउँदै १ बलअघि १ सिय ८७ रन बटुलेको थियो । 
काठमाडौँ - फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ ९फिफा०ले जारी गरेको नयाँ विश्व वरियतामा भुटानले नेपाललाई पछि पारेको छ ।

फिफाले आज सार्वजनिक गरेको वरियतामा तेह्र स्थान उक्लिएर भुटान १६४औँ स्थानमा पुगेको छ । नेपालल भने १७०औँ स्थानमा यथावत रहेको छ ।

सार्क राष्ट्रमा भारत सबैभन्दा अगाडी छ । भारत ३१औँ स्थान माथि उक्लिएर १०१औँ स्थानमा पुगेको छ । त्यस्तै माल्दिभ्स ११ स्थान तल झर्दै १५१औं स्थानमा छ भने अफगानिस्तान तीन स्थान माथि उक्लिएर १५३औँ स्थानमा रहेको छ । बङ्गलादेश १९३, श्रीलङ्का १९७ तथा पाकिस्तान २०१औँ स्थानमा छ ।

ब्राजिल सात वर्षपछि विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको छ । त्यस्तै अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा रहेको छ । रासस
 हाजार्डले २ गोल गरेपछि गए राती म्यानचेस्टर सिटीमाथि २–१ को जित हासिल गर्दै शीर्षस्थानको चेल्सीले प्रिमियर लिगमा ७ अंकको अग्रतालाई कायम राखेको छ ।जितपछि चेल्सीको अंक ७२ पुगेको छ । दोस्रो स्थानको टोटेनह्यामको भन्दा चेल्सीको ७ अंक बढी छ ।

१०  मिनेटमा हजार्डले पहिलो गोल गरि चेल्सीलाइ अग्रता दिलाए पनि सिटीका अगुरेओ ले २५औ मिनेटमा खेल बराबरीमा पुर्याएका थिए।३५औ पेनाल्टीमा आफ्नो प्रहारलाई विलि काबारेलो रोकेपछि त्यहि रिबाउन्डमा हाजार्डले गोल गरेका थिए ।
राजीव गान्धी मैदानमा पहिला ब्याटिङ गरेको सनराइजर्सले युवराज सिहंको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा निर्धारित २० ओभरमा २ सय ७ रन बनाएको थियो ।
जवाफमा आरसिबीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७२ रनमात्र बनाउन सक्यो । आरसिबीलाई रोक्ने क्रममा सनराइजर्सका रसिद खान, भुवनेश्वर कुमार र आशिष नेहराले समान २ तथा दीपक होड्डा र विपुल शर्माले समान १ विकेट लिए ।
तीब्रगतिमा रन जोड्ने क्रममा युवराज सिंहले २७ बलमा ६२ रन बनाएका थिए । म्यान अफ दी म्याच बनेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । टोलीका लागि मोसिस हेरिक्वेसले ५२ र ओपनर शिखर धवनले ४० रन जाडे । मोसिसले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
दीपक होड्डा र बेन कटिङ समान १६ रनमा अविजित रहँदा अर्का ओपनर डिभिड वार्नरले १४ रन बनाए । आरसिबीका टेमाल मिल्स, अंकित चौधरी, युजभेन्दर चाहाला र स्टुआर्ट बिन्नीले समान १ विकेट लिए ।
जवाफमा २ सय ५ रनको लक्ष्य पछ्याएको आरसिबीका लागि ओपनर क्रिस गेलले सर्वाधिक ३२ रन बनाए । त्यस्तै केदार जादवले ३१,ट्राभिस हेडले ३०, मन्दीप सिंहले २४,स्टुआर्टले ११ रन बनाए भने अन्य खेलाडीले दोहारो आकडामा रन जोड्न सकेनन् ।
स्पेन (एजेन्सी) – रियल मड्रिडका भरपर्दा रक्षक पेपेको स्पेनिस क्लबसँगको सम्झौता अन्तिम बर्ष हो । यो सिजनको अन्त्यसँगै पेपे चिनियाँ क्लब हेबेई चाइना फोर्चुन जाने लगभग पक्का भएपनि युरोपका चर्चित क्लबमध्ये पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटीले उनलाई लिने संकेत देखिएका छन् ।
पाँचौं मिनेटमा ल्योरोइ सानेको गोलमा सिटीले खेलमा अग्रता दिलएको थियो । केभिन डी ब्रुइनाको पासलाई सानेले गोल गरेका थिए । घरेलु समर्थकसामु थियो वालकटले ४० औं मिनेटमा बराबरी गोल गर्दै आर्सनललाई खेलमा फर्कएका थिए । तर, त्यसको दुई मिनेट पछि नै सर्जियो अग्वेरोको गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए ।


दोस्रो हाफको सुरुआतमा आर्सनल पुनः खेलमा फर्कियो । आर्सनलको कर्नरमा डिफेन्सबाट अघि बढेका मुस्ताफिले ५३ औं मिनेटमा बराबरी गोल गरेका थिए । बराबरीपछि पनि अग्वेरोले गोल दुईपटक अवसर पाएका थिए, तर उनी सफल भएनन् ।
नरए अस्ट्रेलियाले नेपाली फुटबलर नवयुग श्रेष्ठ र अनिल गुरुङलाइ सम्मान गरेको छ। आइतबार साझ भएको सो कार्यक्रममा गुरुङ र श्रेष्ठ सहित अरु नेपाली एथलीहरु लाइ पनि सम्मान गिएको थियो।
 गए रातीको त्यो खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–१ ले हराएको छ ।
शीर्षस्थानको रियल मड्रिडको जित र लियोन मेस्सी विना दबाबका बची बार्सिलोनाले फराकिलो जितका लागि उपाधि दौडलाई यथावत राखेको छ । ४४ औं मिनेटमा लुइस स्वारेजको टोलीका लागि गोलको खाता खोलेका थिए । त्यसअघि दुई पटक स्वारेजलाई गोल गर्नबाट ग्रानाडाका गोलकिपर गुइलर्मो ओचाआले असफल बनाएका थिए ।
जेरेमी बोगाले ५० औं मिनेटमा बराबरी गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । तर ६४ औं मिनेटमा २३ बर्षिय स्ट्राइकर पाको फ्रान्सिस्को अल्कासरले गोल गर्दै बार्सिलोनालाई पुन अग्रता दिलाए । खेलको अन्त्यतिर ग्रानाडा १० खेलाडीमा सिमित भएको थियो ।
८२ औं मिनेटमा हेनरी अग्बोले दोस्रो पहेलो कार्डको सामना गर्दै मैदान छोडेपछि ग्रानाडा १० खेलाडीमा सिमित भएको थियो । त्यसको एक मिनेटपछि नै इभान राकाटिकले बार्साका लागि गोल गरे ।
इन्जुरी समयको पहिलो मिनेटमा नेमारले गोल गर्दै टोलीको जितलाई फराकिलो पारे । सन् २०१३ मा बार्सिलोनासँग आवद्ध नेमारको १ सय ७७ औं खेलमा त्यो एक सयौं गोल थियो ।
इंगलैंडमा बसोबास गर्ने ८ बर्से नेपाली बालक सौरप साम्पाङ्ग इन्ग्लिश क्लब अर्सेनलको उ-८ टिमबाट खेल्ने भएका छन् । एकेडेमीका प्रमुख रिचार्डले  भने," जब सौरपले एकेडेमी पास गर्नेछन तब उनले अर्सेनलको मेन टिमबाट खेल्ने छन् । उनले भने हामी सौरपको सफलतामा धेरै खुसी छौ।"





२०१७/१९/३
प्रेमियर लिगमा आज भएको खेलमा मिडलब्रोउघज लाइ हराउदै मंचेस्टर इउनाइटेड चड्यो पाचौ स्थानमा ।
खेल सुरु भएको ३०औ मिनेटमा फेल्लानीको हेडरमा अग्रता लिएको मंचेस्टरले ६२ मिनेट दोस्रो गोल लिंगार्ड र ९०+३ मा भेलेनसिया ले गरेका थिए।गेस्तेदेले ७७ औ मिनेटमा गोल गरि स्कोर २-१ बनाए पनि मिडलब्रोउघज लाइ जित दिलाउन सकेनन ।

आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत आज केन्या र नेपालबीचको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गर्दै शीर्ष चारमा रहने सम्भावना जिवितै राखेको छ ।केन्याले प्रस्तुत गरेको १ सय ५६ रनको नेपालले मात्र ३०।२ ओभरमा मात्र ३ विकेट गुमाएर सफलतापूर्वक पछ्याएको हो ।नेपालले एकदिवसीय क्रिकेटमा केन्यालाई पराजित गरेको यो पहिलो अवसर हो । यसअघि पनि एकदिवसीय क्रिकेटमा केन्यासँग दुई पटक पराजित भएको थियो । सन् २०१४ को विश्वकप क्रिकेट छनोटअन्तर्गतको अभ्यास खेलमा नेपाल एक विकेटले पराजित भएको थियो भने सन् २०१५ मा नामिबियामा भएको डिभिजन दुईको प्रतिस्पर्धामा पनि नेपालले केन्यासँग हार बेहोरोको थियो ।कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरले शतकीय साझेदारी गरेपछि नेपालले सहज जीत हासिल गरेको हो । ज्ञानेन्द्र र दिपेन्द्रले १११ रनको साझेदारी गरे ।तर, नेपालको शुरुवात भने राम्रो हुन सकेन । नेपालले दोस्रो ओभरमा नै १ रन बनाएका सुनिल धमलालाई गुमायो । त्यसपछि १४ रनको स्थितिमा ५ रन बनाएका सागर पुनलाई गुमायो ।दुवैलाई एलिजा ओटिएनोले पभिलियन फर्काए ।त्यसपछि भने ज्ञानेन्द्र र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपालको पारी सम्हाले ।निकै आक्रमक ब्याटिङ गरेका दीपेन्द्रले २७।२ ओभरमा आउट हुनअघि ६२ रनको योगदान दिए ।कप्तान ज्ञानेन्द्र मल्लले नट आउट रहँदै  ६४ रन बनाए ।शरद भेस्वाकरले छक्का हान्दै नेपाललाई जित दिलाए । उनले ११ बलमा २४ रन बनाए ।११८ बल अघि नै नेपालले विजयी लक्ष्य हासिल गर्यो ।यसअघि, केन्या ४६ ओभरमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको थियो ।टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएको नेपालले राम्रो शुरुवात गरेको थियो।मेहबुब आलमले कसिलो बलिङ गर्दै केन्याका शुरुवाती दुई विकेट लिए । उनले बलिङ गरेका सातमध्ये ५ ओभर मेडन फाले ।आलमको पहिलो शिकार एलेक्स ओवान्डा एलबीडब्लुमा परे भने दोस्रो शिकार धीरेन गोन्डारिया बोल्ड भएका थिए । आलमले एकै ओभरमा दुई विकेट लिएका थिए ।त्यसपछि आएका कोलन्स ओबुया र ओपनर इरफान करिमले केन्याको पारी सम्हाले । २ विकेटको क्षतिमा १४ रनबाट दुवै स्कोर ९३ सम्म पुर्याए ।२८औं ओभरमा नेपालका लागि सन्दीप लामिछानेको बलमा कोलिन्सलाई विकेटकिपर बिनोद भण्डारीले स्टम्प गरे । उनले ४८ रनको योगदान दिए ।त्यसपछि शरद भेस्वाकरको बलिङमा इरफान करिम क्याच आउट भएपछि लगातार रुपमा केन्याको विकेट पतन भयो । करिमले ३८ रन बनाए ।२१ रन बनाएका राकेप पटेल बसन्त रेग्मीको बलमा सोमपाल कामीबाट क्याच आउट भए ।नेपालका लागि शरद भेस्वाकरले ४ तथा आलम र रेग्मीले २–२ विकेट लिए ।शनिबार भएको पहिलो खेलमा नेपाल पाँच विकेटले हारेको थियो ।अव के हुन्छ रु सन् २०१९ को एकदिवसिय विश्वकप छनोटको यात्रा जीवतै राख्न नेपालका लागि यो खेल गर वा मरको स्थितिमा थियो ।दोस्रो खेलमा केन्यालाई हराएर नेपालले १० खेलबाट आठ अंक जोडेको छ ।जसले शीर्ष चारको सम्भावना कायम राख्ने देखिन्छ।लिगमा  नेपालले हङकङसँगै उसैको घरेलु मैदानमा र यूएईसँग तटस्थ मैदानमा खेल्नेछ।तालिकाको शीर्ष स्थामना रहेको नेदरल्यान्डले १० खेलबाट १६ अंक बनाएको छ।दोस्रो स्थानमा रहेको पपुवान्युगिनीको आठ खेलबाट १२ अंक छ।तेस्रो स्थानमा रहेको हङकङको १० खेलबाट ११ अंक, चौथो स्थानमा रहेको स्कटल्यान्डको आठ खेलबाट ११ अंक छ।आठ खेल सकेको नामिबिया दुई अंकका साथ तालिकाको सातौं तथा समान अंक बनाएको यूएई तालिकाको आठौं स्थानमा छन्।नेपाल यसअघि पनि एकदिवसीय क्रिकेटमा केन्यासँग दुई पटक पराजित भएको थियो।सन् २०१४ को विश्वकप क्रिकेट छनोटअन्तर्गतको अभ्यास खेलमा नेपाल एक विकेटले पराजित भएको थियो।सन् २०१५ मा नामिबियामा भएको डिभिजन दुईको प्रतिस्पर्धामा पनि नेपालले केन्यासँग हार बेहोरोको थियो।केन्याले नेपाल आउनुअघि भारतमा अभ्यास गरेको थियो।उसले नेपालको हावापानीसँग भारतसँग मिल्ने भएकाले केही समय भारतमा तयारी गरेको थियो।आजको खेल अगाडि लिगमा नौ(नौ खेल सकेका केन्या र नेपाल क्रमशः पाँचौं र छैटौं स्थानमा थिए ।केन्याले नौ खेलबाट १० अंक जोडेको छ।

२२ फागुन/काठमाडौं  
इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको लिभरपुलले आर्सनललाई महत्वपूर्ण जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३(० गोल अन्तरको जित हात पारेको हो । आर्सेन बेंगरले १७ गोल गरेका आफ्ना सर्वाधिक गोलकर्ता एलेक्स सान्चेजलाई बेञ्जमा राखेका थिए, उनको यो रणनीति असफल भएको छ र, पहिलो हाफमा लिभरपुल हावी भयो ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले नवौं मिनेटमा नै फिर्मिनोको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा मानेले गोल गरेपछि पहिलो हाफमा लिभरपुल २(० को अग्रता लिन सफल भयो ।

साञ्चेज दोस्रो हाफमा मैदान प्रवेश गरे र ५७ औं मिनेटमा ड्यानी वेलब्लेकले गोलका लागि उनले नै पास मिलाइदिएका थिए । यसले आर्सनललाई खेलमा फर्काउने संकेत दिएका थिए ।

तर, अतिरिक्त समयमा लिभरपुलले गोल गर्दै आर्सनलमाथि ३(० को महत्वपूर्ण जित निकालेको छ ।

जितपछि लिभरपुल ५२ अंकसहित तेस्रो स्थानमा छ भने ५० अंक जोडेको आर्सनल पााचौं स्थानमा छ । लिग लिडर चेल्सीको ६३ अंक छ ।
भर्खरै निक्लिएको फिफाको बरियता तालिकामा नेपाल दुई स्थान अगाडी बढ्न सकेको छ। यो वर्षको निकै राम्रो प्रस्तुतिसंगै नेपालले यो उपलब्धि प्राप्त गरेको हो । नेपालले यो वर्ष खेलेको सबै प्रत्योगीतामा प्रथम उपाधि हात पारेको थियो । जसमा बंगबंधु गोल्डकप, साग अन्तरगतको फूटबल र एएफसी सोलाडीरिटी कप रहेका छन् । धेरै लामो समय सम्म नराम्रो प्रदर्सन गरेको नेपालको लागि यो वर्ष धेरै नै उपलाब्धिपुर्ण भएको छ । युवा खेलाडीहरुको निक्कै नै राम्रो प्रदर्सनको सहायताले नेपालद्वारा यो सफलता प्राप्ति गरिएको  हो  ।




२४ माघ, झापा /  दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सोमबार सम्पन्न फाइनल भिडन्तमा मनाङले आयोजक टोली झापा–११ लाई १–० गोलअन्तरले पाखा लगाउँदै उपाधि उचालेको हो । 
मनाङले नगद सात लाख रुपैयाँ हात पार्यो । उपविजेता बनेको झापा–११ ले नगद ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । फाइनल खेलको खेलको म्यान अफ द म्याच मनाङका निराजन मल्ल घोषित भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका दुईजना प्रशुल मगर र भूपाल राईलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान गर्यो । प्लेयर अफ द टुर्नामेन्ट मनाङका रोहित चन्द घोषित भए । उनले सयपत्री ट्रेड लिङ्क बिर्तामोडका तर्फबाट यामाहाको मोटरसाइकल प्राप्त गरे । हाइ स्कोरर बनेका झापाका कर्ण लिम्बू र देवेन्द्र तामाङले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट डिफेन्स झापा ११ का देवेन्द्र तामाङ घोषित भए । उत्कृष्ट मिडफिल्डर झापा ११ का रञ्जित श्रेष्ठ घोषित भए । उत्कृष्ट गोलरक्षक झापा ११ का एलन न्यौपाने घोषित भए । उत्कृष्ट प्रशिक्षक मनाङका छिरिङ लेप्चा बने । प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता थियो । 

बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन भइरहेको मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा आयोजक टोली झापा ११ सँगको भेट पक्का गरेको हो ।खेलको ५० औ मिनेटमा मनाङका लागि विमल रानालेगरेको गोल नै निर्णायक गोल बन्यो।

धरान, २१ माघ ः मोफसलकै सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय स्तरको गोल्डकप बुढासु्ब्बा गोल्डपको १९ औं संस्कर आगामी फागुन ५ गतेदेखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरमा फागुन ५देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सम्भावित १२ टिमले सहभागिता जनाउने अनुमान गरिए पनि १० टिम भने आउने पक्का रहेको आयोजक क्लबका अध्यक्ष एवम् एन्फा उपाध्यक्ष किशोर राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बाइट....... प्रतियोगितामा थ्रिस्टार क्लब काठमाण्डौ , रुपन्देही ११, विभागी टिम सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, आयोजक धरान फुटबल ्क्लब रातो र निलो, सहरा क्लब पोखराका साथै भुटानको भुटान राष्ट्रिय टिम, धनमुन्दी क्लब, बंगलादेश, सिलोड भारतको टिम, हङहङ नेप्लिज टिम लगायतले सहभागिता जनाउने अध्यक्ष राईले जानकारी दिनुभयो । प्रतियोगितामा गत बर्ष अर्थात १८ औं संस्करको विजेता मनाङ मस्र्याङ्दी क्लबले भने सहभागिता नजाउने भएको छ । ६५ लाख६७ हजार अनुमानित बजेट लाग्ने प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख, दोस्रो हुनेलाई २ लाख ५० हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । गतबर्षभन्दा पुरस्कारको राशी बढाएको आयोजले जानकारी दिएको छ । गत बर्ष ४ लाख पाएको विजेता टिमले यसपटक १ लाख बढाएर ५ लाख र २ लाख पाएको उपविजेताले यसपटक ५० हजार बढाएर २ लाख ५० हजार बनाइएको अध्यक्ष राईले जानकारी दिनुभयो । यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित खेलाडीलाई १ लाख ८० हजार बराबरको यमाहा मोटरसाइकल, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट गोल रक्षकलाई , उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई १५ हजारका दरले प्रदान गरिने भएको छ । प्रत्योगितालाई समयमै सफलतापूर्वक सञ्चालन गर्न क्लवका पदाधिकारीहरु संयोजक रहेको ९ वटा उपसभिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ
झापा, २१ माघ/  आयोजक टोली रमपम झापा–११ फुटबल क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापाले हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पाखा लगाउँदै
फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलअवधिभर झापाका सामु हिमालयन शेर्पा निरीह देखियो ।  खेलको पहिलो हाफमा झापाले १–० को अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा झापाका स्ट्रइकर कर्ण लिम्बूले गोलको खाता खोलेका हुन् ।


दोस्रो हाफमा झापाले थप ३ गोल गर्यो । कर्णले नै व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २–० को अग्रता दिलाए । खेलको ७९औँ मिनेटमा डी–बक्सभित्र बुद्ध चेम्जोङले मिलाइदिएको पासलाई सदुपयोग गर्दै कर्णले बललाई जाली चुमाएका हुन् । झापाका लागि तेस्रो गोल बुद्ध चेम्जोङले गरे । खेलको ८७औँ मिनेटमा दिलेन लोक्तामको पासमा उनले झापालाई ३–० को अग्रता दिलाएका हुन् । ९०औँ मिनेटमा झापाका खमिर गिल्सन कन्दङ्बाले गोल गर्दै टिमलाई ४–० को जीत सुनिश्चत गरे । यसअघि खेलको छैठौँ मिनेटमा झापाका कप्तान नगेन्द्रमणि लिम्बूले गोल लाइनको नजिकैबाट पुस गरेको बल बाहिरिएको थियो ।