नेकपा एमालेले आयोजना गरेको मेची महाकाली जनजागरण अभियानको तेश्रो दिन सप्तरीको राजविराजमा दुःखद् घटना घट्यो । मधेसी मोर्चाले एमालेको आमसभामा अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भयो । प्रहरीले गोलि चलाउदा अहिलेसम्म ५ जनाको मृत्यु भईसकेको छ । यहि सेरोफेरोमा रहेर सुदिप अधिकारीले मधेसी मोर्चा घटक दल सद्भावना पार्टीका महासचिव मनिसकुमार सुमनसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ सोहि कुराकानी—
१) सप्तरी घटनालाई कसरी लिनुभएको छ ?
यो एउटा सुनियोजित र प्रायोजित घटना थियो । मधेसी मोर्चाको पूर्वनिर्धारित कार्यक्रमलाई बेवास्था गर्ने एमालेको अटेरीपनाले यो घटना घट्यो । यो एकदमै खेदजनक छ । यदि यो देशमा सरकार भन्ने चिज छ भने उसले हामीलाई नश्लबादी सोचकै कारण छानी छानी गोलि बर्साएको छ । यो घटनाले यहि देखाएको छ । मधेसीहरुलाई छानी छानी गोली हानिएको छ ।
२) तपाईहरु किन एमालेसँग भिड्न खोज्नुहुन्छ ?
हामी एमालेसँग भिड्न खोजेका होईनौ । तर एमाले चाहि हामीसँग भिड्न आएको हो । हामीले पटक पटक एमालेका शिर्ष नेताहरुलाई तपाईहरुको अभियान पछि सार्नुस हाम्रो बन्दको कार्यक्रम सफल पार्न सहयोग गर्नुस भनेर अनुरोध गरेका हौं । तर उहाहरुको अहमताका अगाडी के लाग्छ । अब तपाई आफै भन्नुस् हामी एमालेसँग भिड्न गएका हौं कि एमाले हामीसँग भिड्न आयो ।
३) एमालेसँग तपाईहरुको किन यत्रो रिस ?
४) पहिला यै संबिधान जलाउनुभयो अहिले यहि संबिधान संशोधनको मागमा हुनुहुन्छ किन ?
हामीले पूर्ण रुपमा यो संबिधान स्विकारेका छैनौ । त्यैपनि हित हुने गरि हामीले संशोधनको माग गरेका हौं ।
५ ) सरकारमा जानलाई अब चाहि हतार भएको हो तपाईहरुलाई ?
बिल्कुल हैन । तपाई रेकर्ड राख्नुस हामीमा अहिले सत्तामोह छैन । अर्को जनादेश बिना हामी सरकारमा जादैनौ । हाम्रा पहिलाका नेताज्यूहरुले मन्त्री पद खान उचालेको खुट्टाका कारण हामी अहिलेसम्म प्रताडित छौ । हेपिएका छौ । त्यसैले यस्तो हामीबाट हुनै सक्दैन ।
६ ) मोर्चा घटक दलका एकजना नेताले कांग्रेसको नेतृत्वमा सरकार भए हामी सरकारमा जान्छौ भनेका छन् नी ?
यो हुनै सक्दैन । कसले के भन्यो भन्ने भन्दापनि मैले अघि नै पनि भनिसके अर्को जनादेश पछि मात्रै आवस्यक परे हामी सरकारमा जान्छौ ।
७ ) प्रष्ट रुपमा भन्दिनुस् न मधेसी मोर्चाले खोजेको चाहि के हो खास ?
कुरा प्रस्टै छ नि हामीले खोजेका हाम्रो अधिकार । हामीले खोजेको राज्यका हरेक अंगमा समान प्रतिनिधित्व । हामीले खाजेको समान व्यवहार । हामीले खोजेको नश्लबादी सोच र चिन्तनको अन्त्य ।
0 comments:
Post a Comment