Showing posts with label economy. Show all posts
Showing posts with label economy. Show all posts

काठमाडौं । निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।
यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले अनलाइनखबरसँग भने, ‘कार्यालय सहयोगीबाहेक खरिदार पदभन्दा तल अर्को पद छैन । कार्यालय सहयोगी आन्तरिक प्रतिस्पर्धाबाट माथि आउन पाउने व्यवस्था छ । त्यसैले अब खरिदार पद राखिराख्नु परेन ।
उनले संघीय निजामती सेवा ऐनको मस्यौदा कानुन मन्त्रालयमा विचाराधीन रहेको जानकारी दिए ।
अब आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र जेष्ठताको बढुवाको आधारमा १० प्रतिशत खरिदार पदमा पूर्ति गर्ने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ । यसको अर्थ एसएलसी परीक्षा उत्तीर्ण कार्यालय सहयोगीहरु आन्तरिक परीक्षाबाट र बढुवाबाट खरिदार बन्नेछन् । र, खरिदार पदमा रहेका कर्मचारीहरु सेवा निवृत्त भएमा दरबन्दी स्वतः खारेज हुँदै जानेछ ।
यसअघि खरिदारभन्दा तलको मुखिया पद पनि यसैगरी खारेज भएको थियो ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदमा पनि खुल्ला विज्ञापन नगराउने उल्लेख छ ।
सुब्बामा ७० प्रतिशत खुल्ला विज्ञापन
यसैबीच नायबसुब्बा पदमा अबदेखि ७० प्रतिशत खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिने भएको छ । यसअघि सुब्बामा ४० प्रतिशत मात्रै खुल्लाबाट पदपूर्ति हुने गर्दथ्यो । यसैगरी कार्यक्षमताको मूल्यांकनबाट २० प्रतिशत तथा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट ४० प्रतिशत पदपूर्ति गरिन्थ्यो ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा सुब्बा पदको कार्यसम्पादन मूल्यांकन (कासमु) र कार्यक्षमता मूल्यांकनको व्यवस्था हटाइएको छ । मस्यौदामा लेखिएअनुसार अब सुब्बा पदमा ७० प्रतिशत खुल्ला प्रतियोगिताबाट पदपूर्ति हुनेछ ।
यस्तै आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत र जेष्ठताको बढुवाबाट २० प्रतिशत सुब्बा सरकारी सेवामा भर्ना हुनेछन् । Onlinekhabar मा खबर छ ।


भक्तपुर/कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताउनुभएको छ ।आजबाट भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी सङ्घले आयोजना गरेको दुई दिने वृहत कृषि मेलाको उद्घाटन गर्दै उहाँले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको हो ।कृषि सहकारीको माध्यम एवम् निजी कृषि संस्थाबाट पनि कृषिको विकासका लागि सरकारले साझेदारी रुपमा काम गर्न खोजेको बताउँदै उहाँले कृषिलाईमाथि उठाउन सरकारले थप कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।कृषिमा आत्मनिर्भर बन्नसक्ने क्षेत्र भनेको कृषि, ऊर्जा, पर्यटन क्षेत्र नै भएको बताउँदै उहाँले कृषिको विकास, ऊर्जाको विकास एवम् प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकास गर्न सके नेपाल पूर्णरुपमा आत्मनिर्भर बन्नसक्ने बताउनुभयो ।त्यस अवसरमा जिल्ला कषि सहकारी सङ्घका अध्यक्ष उत्तम सापकोटाले भक्तपुरलाई नमुना कृषि जिल्लाको रुपमा विकास गर्न मेला आयोजना गरिएको बताउँदै मेलामा ३५ हजार भन्दा बढी कृषकले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय भक्तपुरकी प्रमुख पूर्णा ढुङ्गाना, डिभिजन सहकारी कार्यालय भक्तपुरका प्रमुख प्रेम श्रेष्ठ, राष्ट्रिय सहकारी बंैक लि।का सञ्चालक सरिता भट्टराई, सहकारी विद् कैलाशभक्त प्रधानाङ्ग, उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवाललगायतले मेलाले कृषकलाई कृषि क्षेत्रमा लाग्न अभिप्ररित गर्ने बताउँदै कृषकले उपलब्धिहरु पनि हासिल गर्न सक्नेमा जोड दिनुभयो । दुई दिने मेलामा कृषक, व्यावासायिक कृषि फार्म, अगुवा किसान, कृषि कम्पनीबाट उत्पादित कृषि उपज, कषि प्रविधि, कृषि औजार, कृषि ऋण, कृषि बिमा, मल, कृषि सम्बन्धी परामर्श, च्याउ तथा आलुका परिकारसहितको ४५ वटा भन्दा बढी स्टल रहेको मेलाका संयोजक सनिश लागेजुले बताउनुभयो । रासस
दमक २६ फागुन,  दमकमा नेपाल   औषधि व्यवसायी संघ मेची अञ्चल शाखा,दमकको आयोजनामा  ११ औं  पद हस्तान्तरण  कार्यक्रम सप्पन्न  भएको छ  ।गत फागुन ७ गते समपन्न नेपाल औसधि व्यवसायी संघको निर्वाचनमा नव निर्वाचित पदाधिकारीहरुलाई आज बिहिवार  एक कार्यक्रमको आयोजना  गरि  पद हस्तान्तरण  गरियो । निबर्तमान अध्यक्ष  सुर्य कोइरालाको अध्यक्षता सम्पन्न  सो कार्यक्रमको उद्घघाटन  प्रमुख अथिती औषधि व्यवस्थापन विभाग बिराटनगरका सम्भु शाहले गरेका थिए ।   कार्यक्रममा स्वागत मन्तव्य  उपाध्यक्ष  ऋषि राज पराजुलीले राखेका थिए । नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष नरेन्द्र  बस्नेत काजी, उपाध्यक्षदोय सुरेन्द्र प्रधान, गौतम गुप्ता, महासचिव वासुदेव दुलाल, सचिव शसिल पोख्रेल, कोषअध्यक्ष  गोबिन्द अधिकारि, उपकोषअध्यक्ष  ओम बहादुर खड्का, सदस्यहरुमा सुर्य प्रसाद घिमिरे, कृष्ण पौडेल, सुरेश खतिवडा, तिरमाया भट्टराई, खेमराज बस्नेत, गौरीशंकर गुप्ता, खेमराज काफ्ले लगायतका १५ सदस्य निर्वाचित भएका थिए ।
 दमक १३ मा संचालन भईरहेको शिखा बचत तथा ऋण सहकारी संस्थाले बुधबारदेखि नयां ब्यवस्थापन सहित नयां स्थानबाट कारोबार सुरु गरेको छ । २०६९ सालमा स्थापना भएको सो सहकारीले दमक ११ पशुपति मन्दिर अगाडि सुविधासम्पन्न भवनमा कार्यालय बनाई बुधबारदेखि नै कारोबार सुरु गरेको हो ।  कार्यालय उद्घाटनको अवसरमा १ सय पचास भन्दा बढीको नया खाता संचालन भएसंगै हाल सो संस्थामा ५० लाख बराबरको शेयर पूजी ,९० लाख बराबर लगानी र ६० लाख बराबर बचत कारोबार रहेको संस्थाका ब्यवस्थापक नबिन भट्टराईले जानकारी दिए । नया कार्यालयको उद्घाटन संस्थाका अध्यक्ष प्रितम सुब्बा लिङ्देनले गर्नु भएको थियो ।

 

गौरिगञ्ज, झापा
झापाको पश्चिम दक्षिणी गाविस खजुरगाछीमा रहेको छोटी भन्सार कार्यालयमा कर्मचारी नबस्दा राजश्व संकलन कार्य प्रभावित हुने गरेको पाइएको छ ।
       भारतको विहार राज्य अन्र्तगत किशनगञ्ज जिल्लाको फुलवरिया फत्तेपुर नाकासंँग जोडिएको खजुरगाछी क्षेत्रबाट भित्रने सामग्रीको भन्सार काट्ने जिम्मेवारी पाएका कर्मचारी कार्यालयमा नबस्दा राजश्व संकलन प्रभावित हुने गरेको हो । मेची भन्सार कार्यालय काँकरभिट्टा मातहतमा रहेको आठमौजा छोटी भन्सार कार्यालयमा खटाइने कर्मचारी कम लाभ हुने कारण त्यहाँ बस्न नचाहँदा राजश्व संकलन पूर्ण रुपमा प्रभावित हुने गरेको छ । राजश्व गस्तीका लागि शसस्त्र प्रहरी सीमा सुरक्षा वल झापाले प्रहरी निरीक्षकको नेतृत्वमा कमाण्ड खटाएपनि भन्सार बुझ्ने कर्मचारी नहँदा मासिक पाँच हजार रुपैया पनि राजश्व संकलन हुन नसकेको विवरण भन्सार पुस्तिकाले पुष्टि गर्ने गरेको छ । सो भन्सरमा एक जना कार्यालय सहयोगी बाहेक अन्य कुनै पनि कर्मचारी बस्ने गरेका छैनन । १५ दिनको पालो पालो गरेर कार्यालय सहयोगी बस्ने गरेका भए पनि माथिल्लो स्तरका कुनै पनि कर्मचारी कार्यालयमा आउने गरेका छैनन । यस वारे स्थानीय व्यापारीहरुले पटक पटक मेची भन्सार कार्यालयमा जानकारी गराएको भएपनि सुनुवाइ हुन सकेको छैन । पछिल्लो समय भन्सारमा कर्मचारी नआउँदा भारतीय बजारबाट आउने व्यापारिक सामग्रीहरु विना राजश्व छोड्नु पर्ने बाध्यता राजश्व गस्ती टोलीलाई आइ लागेको छ । स्थानीय व्यापारीहरुका अनुसार नियमित कर्मचारी भन्सारमा बस्ने हो भने मासिक २ लाख हाराहारिमा राजश्व संकलन हुने छ । तर ठूलो परिणाममा व्यापारिक मालसामन नआउने हुँदा अन्य छोटी भन्सारको तुलनामा कम आम्दानी हुने कारण आठमौजा छोटी भन्सार कार्यालयमा भन्सार कर्मचारी आउन नमान्ने गरेको स्वयम कर्मचारी स्वीकार गर्दछन् । यता मेची भन्सार काँकरभिट्टाका भन्सार प्रमुख भिम अधिकारी भने कामको चाप कम भएको कारण नियमित रुपमा सो भन्सार कार्यालयमा कर्मचारी नबसेको स्वीकार गर्दै आवश्यकता पर्दा तुरुन्त कर्मचारी परिचालन गरिने गरेको बताउँछन् ।

बिर्तामोड, १२ माघ /  झापाको विर्तामोड स्थित एस वि आइ बैक अगाडिबाट आज दिउसो ६ लाख रुपैया चोरी भएको छ । 

बैकबाट निकाल्ना साथ भद्रपुरका खोका राजबंशीको झोलाबाट ६ लाख रुपैया चोरी भएको हो । नगद निकालेर तल झर्न साथ मोटरसाइलको चाबी निकाल्न खोज्दा लुटिएको पीडित खोका राजबंशीले बताउनुभएको छ ।  लुटेरको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । गुप्ता राईस मिलका कर्मचारी राजबंशीले सिद्धी गणेश भण्डारबाट १ लाख रुपैया ल्याएर एसबिआइ बैकमा गइ थप ५ लाख रुपैया झिकेका थिए ।