Showing posts with label health. Show all posts
Showing posts with label health. Show all posts
महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको निप्पल पनि त्यस भन्दा कम हुँदैन भन्ने, यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हुनुपर्छ । तर स्तनको स्पर्शले महिलाहरुलाई किन यौन आनन्द प्राप्त हुन्छ भन्ने कुरा वैज्ञानिकहरुले अनुसन्धानबाट पत्ता लगाएका छन् ।अमेरिकाको एक विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो ।योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने अनुसन्धानकर्ताहरुको भनाइ रहेको छ ।त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्ने उनिहरुको दाबि रहेको छ ।
यस्तै पुरुषहरुको अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, अर्थात हातले हलचल गराउनाले पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सकिने अद्ययनकर्ताहरुले बताएका छन ।
एजेन्सीऊर्जाशील हुनुको एउटै उत्तम उपाय खुसी हुनु हो। खुसी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलतासमेत हात पार्छन्। नि:सन्देह हामी सबै खुसी हुन चाहन्छौँ। तर खुसी कसरी रहने त?

यी ७ तरिका जिन्दगीलाई खुसी राख्न काफी छन्।
मुस्कान
मुस्कानले मानिसलाई खुसी बनाउँछ। सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित पनि गर्छ। मिचिगन विश्वविद्यालयको अध्ययन अनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ। बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ। मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ। 'मुस्कानले हामीलाई आनन्द महसुस गराउँछ। हाम्रो सोच्ने शक्तिमा वृद्धि गराउँछ,' मनोविद् जोन इटल भन्छन्। जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ।
व्यायाम
व्यायाम तनाव कम गर्ने उत्तम उपाय हो। व्यस्त मानिसहरुलाई धेरै व्यायाम गर्ने फुर्सद कहाँ? जम्मा ७ मिनेट समय व्यायामलाई छुट्याएमा तनावलाई भगाएर खुसी रहन सकिन्छ। यसको परीक्षणका लागि वितृष्णाका रोगीलाई दुई तरिकाले उपचार गराइयो। एउटालाई औषधि दिएर, अर्कोलाई व्यायाम गराएर र एकलाई दुवै विधिले। परिणाम आश्चर्यजनक देखियो। 'सहभागीमध्ये व्यायाम गर्नेहरुमा वितृष्णा निकै कम थियो,' साउन एकरले द एडभान्टेज अफ ह्याप्पीनेस पुस्तकमा उल्लेख गरेका छन्।
व्यायामले मानिसलाई आनन्दित बनाउँछ। स्मरण शक्ति बढाउँछ। स्वास्थ्य मनोविज्ञान सम्बन्धी अध्ययनले दैनिक व्यायाम गर्ने मानिसहरुको शारीरिक अवस्थामा कुनै परिवर्तन नआउँदा पनि उनीहरु असाध्यै खुसी र तनावरहित हुने देखाएको छ। 
मस्त सुताइ
मस्त निदाउने मानिस बढी खुसी हुने गरेको देखिएको छ। मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुने विज्ञ अस्ले मेरिम्यान बताउँछन्। कम सुत्ने मानिसमा नकारात्मक भावना बढी हुने अनुसन्धानले देखाएको छ। उनीहरुमा रिसाउने र झर्किने स्वभाव बढी हुने गरेको पाइएको छ।
परिवार र साथीसँग रमाउने
घरपरिवार र साथीभाइसँग समय बढी बिताउने मानिस धेरै खुसी हुने गरेका छन्। 'साथीभाइ, इष्टमित्रसँगको जमघटबाट प्राप्त हुने खुसी निकै पृथक् खालको छ, जब हामी जमघट गर्छौं  सबै पीडा भुलेर बडो आनन्द महसुस हुन थाल्छ,' विज्ञ डेनियल भन्छन्।
साथीभाइसँग समय बढी बिताउँदा सामाजिक सम्बन्ध बलियो बन्छ। आपतविपतमा सहजै सहयोग पाइन्छ र दु:खी हुनुपर्ने अवस्था आउँदैन। 'सामाजिक सम्बन्ध बलियो भएको मानिसले सबैको साथ र सहयोग पाउँछ। उसले एक्लो महसुस गर्नुपर्ने अवस्था नआएपछि खुसी स्वत: प्राप्त हुन्छ,' डेनियल थप्छन्।
यात्रा
अमेरिकन मेट्रोलोजिस्ट एशोसिएसनले प्रदूषित वातावरणका कारण बढ्दै गएको तापमानले पनि मानिसमा बढी वितृष्णा हुने गरेको बताएको छ। स्वच्छ हावामा घुम्दा सकरात्मक ऊर्जा प्राप्त हुन्छ। भ्रमणले पनि खुसी प्राप्ति हुने सान एकरले आफ्नो पुस्तक 'द एडभान्टेज अफ ह्याप्पिनेस'मा उल्लेख गरेका छन्। स्वच्छ हावामा घुम्न निस्कँदा आनन्द महसुस हुने भएकाले खुसी प्राप्त हुने उनको भनाइ छ। 'स्वच्छ हावामा २० मिनेट मात्रै घुम्दा पनि सकरात्मक ऊर्जा प्राप्त हुन्छ,' एकर आफ्नो पुस्तकमा लेख्छन्।
अरुलाई सहयोग
अरुलाई सहयोग गर्दा पनि खुसी प्राप्त हुन्छ। सहयोग गर्दा खुसी प्राप्त हुने वा नहुने पत्ता लगाउनका लागि १ सय ५० मानिसमा अध्ययन गरिएको थियो। 'कन्सर्ट, घडी, जुत्ता लगायतका वस्तुमा खर्च गर्ने मानिस र सामाजिक काममा दान गर्नेहरुमा अध्ययन गर्दा सामाजिक काममा खर्च गर्ने मानिस आफ्नो रकमको हिस्साले अरुले सहयोग पाएकोमा औधी खुसी थिए,' द एड्भान्टेज अफ ह्याप्पिनेस पुस्तकमा उल्लेख छ।
ध्यान
ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। मानिसलाई शान्त बनाउँछ। ध्यानले सकारात्मक ऊर्जासमेत बढाउने भएकाले ध्यान गर्ने मानिसहरु समेत खुसी हुन्छन्। 'ध्यानले दिमाग स्वच्छ हुन्छ र तनाव पनि घटाउँछ,' साउन एकर पुस्तक द एडभान्टेज अफ ह्याप्पिनेसमा लेख्छन्।

बृद्ध हुनु प्राकृतिक नियम हो । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने ? युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ । यसका लागि फलफुलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफुलले तपाईको छालामा चमक ल्याउछन् ।
 
सुन्तला : सुन्तलामा पर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले वृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ । सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका विबिरा, धर्सा हटाउँछ र अनुहारमा चमक आउँछ ।
स्याउ : स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सीले छालालाई चम्किलो बनाउन मद्दत गर्छ । त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।
मेवा : पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छन ै। मेवाले तौल घटाउन र मुटुको रक्षासमेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियाँले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाइदिन्छ ।
खरबुजा : खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरबुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
अनार : अनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ । यसले रेड ब्लड कर्पुस्केल्स (आरबीसी) हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिज हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ ।
यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍याउँछ ।
१ पानी कम पिउने
यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।
२ नून बढी
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।
kidney  1

३ पिसाव रोक्ने
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ ।


४ गुलियो खाने बानी

यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ ।

५ पोषणको अभाव
शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।
kidney  1

६ मासु बढी खाने
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।
kidney  1
७ अनिद्रा
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।

८ चिया कफी बढी सेवन
चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ ।

९ पेनकिलर सेवन
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।
१० जाँड रक्सी
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।

 संयुक्त राष्ट्रसङ्घ, १९ चैत  —  विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठन डब्लु.एच.ओ. ले जनाएको छ ।संयुक्त राष्ट्र सङ्घीय निकायले विश्व स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।डब्लुएचओका महानिर्देशक मार्गरेट चानले भन्नुभयो, “यो तथ्याङ्कले मानसिक स्वास्थ्यका बारेमा सबै देशहरुले पुनःविचार गर्नुपर्ने अवस्था देखाएको छ, सबै देशहरु फेरि जाग्नुपर्ने भएको छ, मानसिक स्वास्थ्यको क्षेत्रमा तत्कालै केही न केही गर्नै पर्ने भएको छ ।
”गत सन् २००५ देखि २०१५ सम्ममा १८ प्रतिशतभन्दा बढीले मानसिक रोगीको सङ्ख्यामा वृद्धि भएको छ ।त्यसैले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा पनि मानसिक स्वास्थ्यसम्बन्धी राखिएको छ । यही अप्रिल ७ तारिखका दिन विश्वभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।मानसिक रोगीलाई सहयोग गर्न र मानसिक रोगीको सङ्ख्या बढ्न नदिनेतर्फ विज्ञहरुले जोड दिएका छन् ।मानसिक समस्या भएकाका लागि सहयोगको आवश्यकता छ, स्वस्थ्य र उपलब्धिमूलक जीवनका लागि यससम्बन्धी चेतनामूलक तथा निरोधात्मक उपायहरु अपनाउनुपर्ने भएको छ ।मानसिक समस्या आत्महत्याको मुख्य कारणको रुपमा देखिएको छ । मानसिक समस्याकै कारण बर्सेनि हजारौँ मान्छेको ज्यान जाने गरेको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी पनि बढाउन आवश्यक देखिएको छ ।कतिपयदेशमा यस क्षेत्रमा लगानी छुट्याइएकै छैन भने कतिपय देशमा निकै थोरै मात्रै लगानी गरिएको छ ।मानसिक स्वास्थ्यको समस्या भएका झण्डै पचास प्रतिशतले यससम्बन्धी कुनैपनि उपचार गर्दैनन् ।सरकारले स्वास्थ्य क्षेत्रका लागि छुट्याएको झन्डै औसतमा तीन प्रतिशत बजेट मात्रै मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । रासस÷सिन्ह्वा
 
काठमाडौँ /बढ्दो धुलोधुवाँले छालालाई गम्भीर असर पार्नसक्ने भएकाले सचेत रहन छाला रोग विशेषज्ञले सल्लाह दिएका छन् ।

नेपालमा छाला विशेषज्ञको छाता सङ्गठन नेपाल चर्म, यौन तथा कुष्ठ रोग समाज नेपालले विश्व छाला स्वास्थ्य दिवस र समाजको स्थापना दिवस पारेर पहिलो पटक नेपालमा विश्व छाला दिवस मनाउने क्रममा छालामा साधारण समस्या आए पनि छाला विशेषज्ञलाई देखाउन आग्रह गरेका हुन् ।

छाला रोगबारे सचेत गराउने उद्देश्यले ‘अन्तर्राष्ट्रिय लिग अफ ड्रम्याटोलोजिकल’को आह्वानमा हरेक मार्च २९ तारिखलाई विश्व छाला स्वास्थ्य दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘छालालाई माया गराँै, स्वस्थ रहौँ” रहेको छ ।

काठमाडौँ मेडिकल कलेजका सहप्राध्यापक तथा समाजका सदस्य वरिष्ठ छाला रोग विशेषज्ञ डा सविना भट्टराईले नेपालमा स्वास्थ्य संस्थामा बहिरङ सेवामा उपचार गराउन आउने बिरामीमध्ये २० देखि ३० प्रतिशत बिरामी छालाका हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “धेरैले छालाका समस्यालाई गम्भीर रुपमा नलिने गरेकाले छालामा विभिन्न एलर्जी हुने, दागधब्बा आउने, उमेरभन्दा बुढो देखिने, चाउरी पर्ने, अनुहार तथा कपाल सुक्खा हुने र छालाको सौन्र्दयपन हराएर जानेजस्ता समस्या देखिने गर्छ । समस्या बढ्दै गएमा छालाको क्यान्सर देखिन सक्छ ।”

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका पूर्वचर्म तथा यौन रोग विभाग प्रमुख वरिष्ठ छाला रोग विशेषज्ञ प्रा डा दिनेशविनोद पोखरेलले वातावरणीय प्रदूषण, अस्वस्थकर खानपान, जथाभावी औषधिको प्रयोग लगायतका कारणले छालाका समस्या बढाएको बताउनुभयो ।“दाद, सङ्क्रमण, डण्डीफोर, चायाँपोतो, कत्ले रोग, दुवीलगायतका समस्या बढी देखिन्छन् । छालाको क्यान्सरका कारण कतिपयको मृत्यु भइरहेको छ तर यसबारे जानकारी हुनसकेको छैन ।” सुन्दरता बढाउन र सामान्य ठानेर आफैँ औषधि, बजारमा पाइने जुनसुकै क्रिम, लोसन प्रयोग नगरी छाला विज्ञको सल्लाहमा आफ्नो छालालाई स्वस्थ राख्न छाला विज्ञले सल्लाह दिएका छन् । रासस




मोरङ, १४ माघ / आज नेपाल नर्सिङ दिवस । सबैतिर नर्सिङ दिवसका अवसरमा बिभिन्न कार्यक्रममा नर्सहरु रमाईरहदा शैलेजा आचार्य पोलिटेक्नीकल कलेजमा अध्ययनरत नर्सिङका विद्यार्थीहरु भने आन्दोलित बने ।  कलेजका सहायक प्रिन्सीपल सुनिता राउतले विद्यार्थीहरुमाथि हातपात गरेको आरोप लगाउदै शैलेजा आचार्य पोलिटेक्नीकल कलेजमा अध्ययनरत नर्सिङका विद्यार्थीहरु आज देखि आन्दोलनमा होमिएका छन् । दुव्र्यवहार गर्ने सहायक प्रिन्सीपल सुनिता राउतले विद्यार्थीहरु संग माफि माग्नु पर्ने, आउँदा दिनहरुमा विद्यार्थीहरु माथि दुब्र्यवहार र हात पात गर्न नहुने जस्ता मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारी रहने विद्यार्थीहरुको भनाई छ । सो कलेजका प्रचार्य सन्त अधिकारीले भने आफुलाईं सो विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ । अधिकारीले यो बिषयका बारेमा छानविन गरि विद्यार्थीको माग चाडै संबोधन गर्ने बताउनुभएको छ । यसैबिच विद्यार्थीहरुले आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन ।