Showing posts with label youtube. Show all posts
Showing posts with label youtube. Show all posts
धनगढी।  कैलालीको देवकलीयामा बोक्सी आरोपमा युवतीहरुलाई यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाइ जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एकलाख जरिवाना गर्ने फैसला गरेको छ ।
 जिल्ला न्यायाधीश पर्शुराम भट्टराइको एकल इजलासले रामबहादुर चौधरीलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको जिल्ला अदालत कैलालीले जानकारी दिएको छ । चौधरीका सहयोगी किस्मती चौधरीलाइ एक वर्ष कैद र ५० हजार जरिवाना गर्ने फैसला गरेको छ ।
यसैगरी युवतीहरुलाई यातना दिने घटनामा सहयोगी स्मारिका चौधरीलाइ ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भएको पनि जिल्ला अदालत कैलालीले जानकारी दिएको छ । भोलेबाबाका सहयोगीको आरोपमा पक्राउ परेका अन्य तिनजनालाइ भने अदालतले सफाइ दिएको छ ।
सफाइ पाउनेमा चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीले सफाइ पाएका हुन ।
गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन कैलालीको घोडाघोडी नगरपालिका ५ देवकलियाकी राधा चौधरीलाइ बोक्सीकाे आरोपमा यातना दिइएको थियो । रामबहादुर चौधरीले बोक्सी आरोपमा आफ्नै घर अगाडि सयौं स्थानीयलाई जम्मा गरेर राधालाई चरम यातना दिएका थिए ।www.kantipurdaily.com

मोरङ । जिल्ला अदालत मोरङले ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीकोे बयान शुक्रबारसम्म सक्ने तयारी गरेको छ ।
जिल्ला न्यायाधिस नारायण प्रसाद शर्माको ६ नं. इजलाशमा जारी बयान शुरु गरिएको बयान सकिएलगत्तै थुनछेक बहस सुरु हुनेछ । बयानका क्रममा सोधिएको प्रश्न भन्दा अनावश्यक उत्तर दिँदा बयान लम्बिएको छ ।
प्रहरी हिरासतमा समेत आफ्नो सुरक्षा नभएको भन्दै मानवअधिकारवादीको निगरानीमा राख्न गोरेले कानुन व्यवसायी मार्फत निवेदन दिएपछि अदालतको आदेश अनुसार उनलाई कडा सुरक्षा बीच ल्याउने, लैजाने र राख्ने व्यवस्था गरिएको छ ।
भिडियाे हेर्नुहाेस


‘यदी सच्च प्रेम गरिएको छ भने त्यो जसरी पनि सफल हुने सन्देश भिडियोले दिन्छ’

विर्तामोड, १९ चैत    विर्तामोडका युवा गायक तथा संगीतकार कृष्ण भण्डारीको स्वरमा रहेको गीत ‘पूर्व गएँ, पश्चिम गएँ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।विहीबार निष्कर्ष नेपालको यूट्यूब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा रवि कोइराला, दिपशिखा सिलवाल, निरज सिटौला लगायतको शसक्त अभियन रहेको छ । कनकाई नगरपालिकाको पर्यटकीय क्षेत्र भुरुङ्गा, विर्तामोडको विराटपोखर लगायतका स्थानमा छायाङ्कन गरिएको भिडियोको निर्देशन रवी कृष्णले गरेका छन् ।गोविन्द फुयाँलको शब्द रहेको गीतको छायाङ्कन तथा सम्पादन तिलक रिजालले गरेका हुन् ।
करिब १ लाख रूपैयाँको लगानीमा तयार गरिएको उक्त म्यूजिक भिडियो निर्माण युनिटले फरक गीत र भिडियोमा नयाँ कन्सेप्ट भएकाले दर्शकले मन पराइदिने विश्वास व्यक्त गरेको छ ।‘म्यूजिक भिडियोमा धेरै मेहनत गरेका छौं’, गायक भण्डारी भन्छन्, ‘दर्शक भनेको हाम्रो भगवान हुन् । मन पराइदिनुहुनेछ भन्ने आशा छ ।’म्यूजिक भिडियोमा ‘ग्रह’ नमिल्दा विहे टुटेको जोडीको कथा देख्न सकिन्छ । ग्रह नमिल्दा विहे टुटेपछि अन्तिममा उनीहरु भागेर विहे गर्ने निर्णयमा पुग्छन् ।
#स्रोत न्युज अभियान 




सुजाता निलेकु, दमक, माग १/ पछिल्लो समयमा साँगीतिक नेपाली चलचित्रका गानाले चर्चा ओगटेको युटुबमा आधुनिक गीतले हाँगामा माच्चाएको छ । नेपाली फिल्मका गित संगीतहरुले नेपाली बजारमा ओगटेता पनि आधुनिक गितले पनि बजार तथा युटुबमा हँगामा मच्चाउन सफल भएको छ ।
“लैजा रे”  बोलको गीत गाएर नेपाली मनको मानसपटलमा छाउन सफल गायक हेमन्त राना पुन  एक पटक “साइली”  बोलको गितबाट चर्चाको शिखरमा पुग्न सफल भएका छन् । नेपाली समाजमा विदेशीनु पर्ने बाध्यता विदेशी भूमीमा रहेर आफ्नो घर परिवारको सम्झना र घरमा रहेकी जिवन संगिनी प्रतिको मायालाई दर्शाउन खोजेको सो गाना अडियोमा नै नेपालीको मन जित्न सफल भएको छ ।

युटुबमा यो गीत २४ घण्टामै साडे ५ लाख भन्दा बढीले हेरेका छन् ।   अडियोमै चर्चा कमाउन सफल यो गितको भिडिले नयाँ रेकर्ड राख्न सफल भएको छ ।  यो गितको भिडियो सार्वजनिक भएसगैँ नेपालमा नम्बर १ को ट्रेडिङमा पनि छ । कालिप्रसाद बास्कोटको संगीत रहेको गीतमा कालिप्रसाद र हिमाल साउदको शब्द रहेको छ ।

अविनाश खड्का, दमक २९/ सुमधुर आवजका धनि गायक सुरजले भ्यालेनटाईन उपहार स्वरुप आफ्ना शुभचिन्तक सामु आफ्नो नया भिडियो सार्बजनिक गरेका छन ।


उनकै शब्द, संगित र शब्द संयोजन रहेको यस गितमा उनकै सुमधुर आवाज रहेको छ साथै उनलाई निकिता थापा ले फिचरिङ्ग गरेकि छिन । यूट्युबमा हालेको केहि समयमानै धेरै दर्शकको रोजाइमा परेको छ । भ्यालेनटाईन जोडिलाई लक्षित गरि यो भिडियोको सार्वजनिक गरिएको हो । यो भिडियोमा उनि आफैले मोडलिङ गरेका छन भने उनलाइ साथ दिएकि छिन आश्मा घिमिरेले । यो भिडियोलाइ लुज्व सिंहले छायङ्कन, निर्देसन र सम्पादन गरेका छन् ।


भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोला