कँहाबाट आउँछ गुट्का र रजनीगन्धा ?


सुर्ती को फुर्ती 
                भन्सारमा छैन तथ्याङ्क           जिम्मेवारी कसको ? 

सुर्ती तथा मदिरा जन्य पदार्थ नेपालमा आयात तथा निर्यातका क्रममा भन्सारमा बढी कर लाग्छ । तर अन्तशुल्क अन्तर्गत यसको भन्सार कर भने ज्यादै न्यून रहेको तथ्यांकले देखाउँछ । आयात थोरै भएपनि बजारमा भने भारतमा उत्पादित मदिरा तथा सुर्ति जन्य पदार्थहरु छ्याप्छ्याप्ती रुपमा विक्रि वितरण भईरहेको छ । यसलाई नियन्त्रण गर्न प्रहरी, प्रशासन तथा सिमा सुरक्षाका सरोकारवाला निकायहरु असफल नै देखिन्छन् । पछिल्लो समय सरकारका जिम्मेवार पदमा रहेका व्यक्ति हुन या सर्वसाधारण धेरैजसोको रोजाईमा पर्ने गरेको गुट्का राजनीगन्धा नेपालमा उत्पादन हुदैँन तर पनि नेपालका सबैजसो बजारमा यो सजिलै पाइन्छ । पूर्वमा मेची भन्सार कार्यालय तथा सो अन्तर्गतको छोटी भन्सार कार्यालयहरुबाट रजनिगन्धा लगायतको गुट्काहरु भन्सार गरिएको पाईदैन । नेपालमा यस्ता पदार्थ चोरी बाटो हुदै भित्रिन्छन् भन्ने प्रशासन अधिकारीहरुको भनाई गैरजिम्मेवार देखिन्छ । नेपालको पूर्वी नाका काँकरभिट्टा, भद्रपुर, बाहुण्डाँगी, नकलबन्दा लगायतका ठाँउहरुबाट सिमाना कटाउने र बरामद भएको सुर्तीजन्य पदार्थ सम्बन्धित कार्यालयमा बुझाउने गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख दुर्गाराज रेग्मीको भनाइ छ । शशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाले आर्थिक वर्ष २०७३÷७४ को हाल सम्ममा ७८ हजार मूल्य बाराबरको रजनीगन्धा, ५५ हजार मूल्य बारबरको निधि गुट्का, ४६ हजार मूल्य बराबरको सुर्ती र मदिराजन्य पदार्थ २ सय लिटर बरामद गरेको छ । त्यस्तै मेची भन्सार कार्यालयले ४० हजार बराबरको सुर्ती तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले ४० हजार मूल्य बराबारको सुर्ती, ४१ हजार बराबारको गुड्का तथा २० हजार मुल्य बराबरको मदिरा बरामद गरेको छ । बजारमा देखिएको बिक्रि वितरणलाई अनुमान लगाउने हो भने नेपालमा छिर्ने मध्येको करिब ५ देखि १० प्रतिशत मात्र बरामद भएको जानकारहरु बताउँछन् । सुर्ती तथा मदिराजन्य बस्तुको विक्रि गर्नका लागि अन्तशुल्क लाग्छ । राजस्व कार्यालयको अनुमतिपत्र विना विक्रि वितरण, ओसार पसार, भण्डारण गर्न नमिल्ने मेची भन्सार कार्यालयका प्रमुख भिम अधिकारी बताउनुहुन्छ । सार्वजनिक स्थान, स्वास्थ्य चौकी, विद्यालयको १ सय मिटर हाताभित्र मदिरा तथा सुर्ती जन्य बस्तुहरु विक्रि गर्न नपाईने हो । तर बिद्यालयसँग भित्ता जोडिएका तथा क्याम्पसहरुले नै भाडामा लागाएका कोठाहरुमा यसको खुलेआम विक्रि वितरण भएको पाईन्छ । कतिपय क्याम्पसले भाडामा लागाएका पशल तथा क्याम्पस अगाडि गेटमै खुलेआम रुपमा यसको मोलमोलाई हुदाँ न क्याम्पस प्रशासन बोल्छ न प्रहरी नै । यस्ता प्रतिबन्धित तथा जनताको स्वास्थ्यसँग प्रत्यक्ष असर पार्ने बस्तुहरुको मापदण्ड अनुरुप व्यवस्थापन हुन नसक्नु दुःखद् कुरा हो । नीजि स्वार्थका लागि कानूनलाई नै वेवास्था गर्दै दिर्घकालिन समस्या निम्त्याउने प्रक्रियाको नियन्त्रण कहिले गर्ने हो ? यो सोचनिय बिषय बनेको छ ।

0 comments:

Post a Comment