किशोर गौतम,झापा नेपालीमा एउटा भनाई नै पनि छ माल पाएर चाल नपाएपछि के गर्नु भन्ने । ठ्याक्कै त्यस्तै भएको छ झापाको दक्षिणी सिमावर्ती खजुरगाछी गाबिसमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि । भएका उपकरण पनि प्रयोग बिहिन छन् । बर्षौ देखि प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीमा एक्स रे मेसिन र ईसिजी अर्थात मुटुको गति नाप्ने यन्त्र प्रयोग बिहिन भएका हुन् । तर त्यसतर्फ कसैले वास्था नगरेको पाईएको छ । मेसिन ल्याएको अहिले ६ बर्ष बित्न लाग्यो तर मेसिन चलाउने छा“टक“ट देखिदैन । प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त मेडिकल अधिकृत रामबृक्ष चौधरी दक्ष जनशक्तिको अभाबका कारण यि उपकरणहरु प्रयोगमा ल्याउन नसकिएको बताउछन् । ६ बर्ष देखि ति उपकरणहरु थन्क्याईएका छन् भने बिरामीका लागि भनेर ल्याईएका ति उपकरणहरु अहिले माकुरोलाई जालो लगाउने गतिलो स्थान बन्न पुगेको छ । झापाको दक्षिणी गाबिस जुरोपानी, अजुरगाछी गौरिगञ्ज, कोरोबारी लगायतका गाबिसका स्थानीयहरुले अहिले सम्म सहज रुपमा सेवा लिन नपाएको ब्यापक गुनाशो गरेका छन् । केन्द्रका निमित्त मेडिकल अधिकृत चौधरीका अनुसार ६ बर्ष अघि मेडिकल अफिसर रबिन्द्र वास्कोटाको पाला ल्याईएका उपकरणहरु अहिले सम्म एक पटक पनि प्रयोगमा आएका छैनन् । स्वास्थ्य केन्द्रलाई खजुरगाछी गाबिसको आर्थिक सहयोगमा दुई लाख रुपैयामा एक्सरे मेसिन खरिद गरिएको थियो । त्यसै गरि स्वास्थ्य सेवा बिभागबाट एउटा ईसिजी मेसिन पनि ल्याईएको हो । तर माल पाएर चाल नपाएपछि कसको के पो लाग्छ र रु स्थानीयहरुले स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीपनि नबस्ने गरेको गुनाशोको बिषयमा केन्द्रका निमित्त मेडिकल अफिसर रामबृक्ष चौधरीलाई जिज्ञाशा राख्दा १३ जनाको दरबन्दी रहेको केन्द्रमा अहिले ३ जना काजमा गएको बताईएको छ । प्राथमिक स्वास्थ्य केन्द्र संचालक समिति समेत छ । गाबिस सचिब अध्यक्ष रहने संचालक समितिको बैठक पनि बस्न सकेको छैन । यस बिषयमा गाबिस सचिबस“ग बुझ्दा चाडै बैठक बसेर उपकरणमा प्रयोगमा ल्याउन पहल थालिने बताईएको छ ।
sahi lekh
ReplyDelete