सुजाता निङ्ग्लेकु (दमक) - इलामको चुलाचुली २ हात्तिलेदा स्थित श्री शिवज्योती आधारभूत विधालयमा आज 21 औ बार्सिक उत्सबको अवसरमा खनमाय (नरबहादुर लाम्गादे स्मृति अक्षकोष) संचालिन गरिएको छ ।
फगुन ३ गते बिधालयको वार्षिक उत्सब सम्पन हुने भनिएको बिभिद प्राविधिक कठिनाइको कारण सम्पन्न गर्न नसकिएकोले आज २४ गेतेको दिन सम्पन्न गरेको बिधालय श्रोताले बताए ।
कार्यक्रममा प्रमुख अथिती बिधालय निरीक्षक सुर्य प्रसाद न्यौपानेले कार्यक्रमको समुदघाटन गर्नुभएको थियो भने स्वागत मन्तव्य सोही बिधालयका शिक्षिका बिन्दु बिस्वकर्माले राख्नु भएको थियो ।
,रु ५० हजार रकम रहेको अक्षकोष खनमाया र नरबहादुर लाम्गादेको सम्झना स्वरुप उनको परिवारले स्थापना गरिदिएका हुन । सधारन कृषिक परिवार रहेको सो दम्पतिको ६ सन्तान रहेको र छरछिमेकमा अति मिलनसार र सामजिक भावना रहेको सो दम्पतिको नाम र सम्झना अ्मर रहन र लगनशील मिहेनती बिद्यर्थिका लागि केही थप उर्जा प्रदान गर्नका लागि छात्रावृती हस्तान्तरण गरिएको थियो । छात्रावृत्रि पाउने बिद्यार्थीहरुमा सुस्मा तामाङ्ग शिव ज्योती आधारभूत बिधालयकि हाल जनता मा बि मा कक्षा ६ मा अध्यनरत , मिलन धिमाल सोही बिधालयका कक्षा ३ मा अधयनरत र रन्जना कुरुङ्ग्फुङ्ग सोही बिधालयमा कक्षा ५ मा अध्यनरत यी तीन बिद्यार्थीलाई कापी,पेन्सिल, जस्ता स्टेसनरिका समान र किताब बोक्ने झोला हस्तान्तरण गरिएको थियो । बिद्यार्थीको छात्रावृतृ हस्तान्तरण सङ्ग्सङ्गै पुर्ब प्रधानध्यापक छबिलाल पौडेल, शुसिला देबि शर्मा तथा पुर्व बिद्यालय ब्यवस्थाप्क अध्यक्ष प्रसाद सिङ्ग लावोती, डिल्लीराम चापागाइ,रमा कुरुङ्ग्फाङ्ग, बलिभद्र कोईराला लगायतका ब्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो । बिधालय व्यवस्थान समितिका अध्यक्ष महेन्द्रा रिजालको अध्यक्षतामा समपन्न सो कार्यक्रम खजुरगाछिका सचिब नारायण प्रसाद चदराले कार्याक्रम संचालन गरेका थिए ।
0 comments:
Post a Comment