
निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ । यसबाट प्राप्त डीएनएलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टको डीएनएसँग टेस्ट गर्दा नेगेटिभ रिजल्ट आएपछि उनी साधारण तारेखमा छुटेका छन् ।
यसैगरी विवादमा मुछिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए पनि मेल खाएन ।
बिष्टमाथि घटनाका अन्य प्रमाणहरु नष्ट गरेको आरोप लागेको छ भने किरण र आयुषमाथि स्थानीयबासीले सुरुदेखि नै शंका गर्दै छानविनको माग गरेका थिए । तर, केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको टेष्टमा डिल्लीराज, किरण र आयुषको डीएनए म्याच नभएपछि अनुसन्धान थप जटिल बनेको छ ।
निर्मलाको भेजिनल स्वाबमाथि दुईवटा प्रश्न उठाउन सकिन्छ । पहिलो घटनाका सबै प्रमाण नष्ट गर्ने प्रहरीले राखेको ‘भेजिनल स्वाब’ सक्कली नै हो त ? दोस्रो, सक्कली नै हो भने पनि के यसलाई उचित तवरले संरक्षण गरेर राखिएको थियो ?
वैधता जाँच्न बाबुआमाको माग
निर्मलाकी आमा दुर्गादेवी सबै प्रमाण नष्ट गर्न प्रहरी प्रशासनले ‘भेजिनल स्वाब’ को वैधता जाँच गर्नुपर्ने माग गरिन् । उनले भनिन्, ‘सबै प्रमाण नष्ट गर्ने प्रहरीले यो चाहीँ सही संकलन गर्यो भन्न सकिदैन ।’
आफ्नो डीएनएसँग म्याच गराएर छोरीको हो वा होइन भन्ने पुष्टि गर्न सकिने भए त्यसका लागि आफू तयार रहेको उनको भनाई छ । ‘म आफ्नो (डीएनए) टेष्ट गराउन तयार छु’ आमा दुर्गादेवीले भनिन्, ‘मलाई जसरी हुन्छ, सत्य चाहिएको छ, न्याय चाहिएको छ ।’
तर, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती भने भेजिनल स्वाबबाट परिक्षण गरिने डीएनए आमाको डीनएनएसँग नमिल्न पनि सक्ने बताउँछन् । ‘छोराछोरी हो कि होइन भनेर पुष्टि गर्न लिइने डीएनए र भेजिनल स्वाबको डीएनएको सेल अलग हुन्छ,’ उनले भने ।
0 comments:
Post a Comment