मोरङ, १४ माघ / आज नेपाल नर्सिङ दिवस । सबैतिर नर्सिङ दिवसका अवसरमा बिभिन्न कार्यक्रममा नर्सहरु रमाईरहदा शैलेजा आचार्य पोलिटेक्नीकल कलेजमा अध्ययनरत नर्सिङका विद्यार्थीहरु भने आन्दोलित बने । कलेजका सहायक प्रिन्सीपल सुनिता राउतले विद्यार्थीहरुमाथि हातपात गरेको आरोप लगाउदै शैलेजा आचार्य पोलिटेक्नीकल कलेजमा अध्ययनरत नर्सिङका विद्यार्थीहरु आज देखि आन्दोलनमा होमिएका छन् । दुव्र्यवहार गर्ने सहायक प्रिन्सीपल सुनिता राउतले विद्यार्थीहरु संग माफि माग्नु पर्ने, आउँदा दिनहरुमा विद्यार्थीहरु माथि दुब्र्यवहार र हात पात गर्न नहुने जस्ता मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारी रहने विद्यार्थीहरुको भनाई छ । सो कलेजका प्रचार्य सन्त अधिकारीले भने आफुलाईं सो विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ । अधिकारीले यो बिषयका बारेमा छानविन गरि विद्यार्थीको माग चाडै संबोधन गर्ने बताउनुभएको छ । यसैबिच विद्यार्थीहरुले आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन ।
0 comments:
Post a Comment