खोइ कर्मचारी भन्सारमा ?

 

गौरिगञ्ज, झापा
झापाको पश्चिम दक्षिणी गाविस खजुरगाछीमा रहेको छोटी भन्सार कार्यालयमा कर्मचारी नबस्दा राजश्व संकलन कार्य प्रभावित हुने गरेको पाइएको छ ।
       भारतको विहार राज्य अन्र्तगत किशनगञ्ज जिल्लाको फुलवरिया फत्तेपुर नाकासंँग जोडिएको खजुरगाछी क्षेत्रबाट भित्रने सामग्रीको भन्सार काट्ने जिम्मेवारी पाएका कर्मचारी कार्यालयमा नबस्दा राजश्व संकलन प्रभावित हुने गरेको हो । मेची भन्सार कार्यालय काँकरभिट्टा मातहतमा रहेको आठमौजा छोटी भन्सार कार्यालयमा खटाइने कर्मचारी कम लाभ हुने कारण त्यहाँ बस्न नचाहँदा राजश्व संकलन पूर्ण रुपमा प्रभावित हुने गरेको छ । राजश्व गस्तीका लागि शसस्त्र प्रहरी सीमा सुरक्षा वल झापाले प्रहरी निरीक्षकको नेतृत्वमा कमाण्ड खटाएपनि भन्सार बुझ्ने कर्मचारी नहँदा मासिक पाँच हजार रुपैया पनि राजश्व संकलन हुन नसकेको विवरण भन्सार पुस्तिकाले पुष्टि गर्ने गरेको छ । सो भन्सरमा एक जना कार्यालय सहयोगी बाहेक अन्य कुनै पनि कर्मचारी बस्ने गरेका छैनन । १५ दिनको पालो पालो गरेर कार्यालय सहयोगी बस्ने गरेका भए पनि माथिल्लो स्तरका कुनै पनि कर्मचारी कार्यालयमा आउने गरेका छैनन । यस वारे स्थानीय व्यापारीहरुले पटक पटक मेची भन्सार कार्यालयमा जानकारी गराएको भएपनि सुनुवाइ हुन सकेको छैन । पछिल्लो समय भन्सारमा कर्मचारी नआउँदा भारतीय बजारबाट आउने व्यापारिक सामग्रीहरु विना राजश्व छोड्नु पर्ने बाध्यता राजश्व गस्ती टोलीलाई आइ लागेको छ । स्थानीय व्यापारीहरुका अनुसार नियमित कर्मचारी भन्सारमा बस्ने हो भने मासिक २ लाख हाराहारिमा राजश्व संकलन हुने छ । तर ठूलो परिणाममा व्यापारिक मालसामन नआउने हुँदा अन्य छोटी भन्सारको तुलनामा कम आम्दानी हुने कारण आठमौजा छोटी भन्सार कार्यालयमा भन्सार कर्मचारी आउन नमान्ने गरेको स्वयम कर्मचारी स्वीकार गर्दछन् । यता मेची भन्सार काँकरभिट्टाका भन्सार प्रमुख भिम अधिकारी भने कामको चाप कम भएको कारण नियमित रुपमा सो भन्सार कार्यालयमा कर्मचारी नबसेको स्वीकार गर्दै आवश्यकता पर्दा तुरुन्त कर्मचारी परिचालन गरिने गरेको बताउँछन् ।

0 comments:

Post a Comment