किशोर गौतम , सडकको विच भागमै खाल्डो परेपछि तिव्र गतिमा गुड्ने सवारीहरु दुर्घटनाहरु पर्ने गरेका छन् । यस्ता खाल्डा खुल्डीहरु इटहरी चौकका विभिन्न सडकहरुमा रहेका छन् ।
इटहरीको टेग्राँखोला माथिको पुलमा बनेको खाल्डाहरु उच्च जोखिममा रहेका छन् । साँघुरो पुल र त्यसमा पनि खाल्डामा पानी भएपछि दैनिक जसो दुर्घटना हुने गरेको छ । यो पुलमा मोटरसाईकल लड्ने, बसले पछाडीबाट ठक्कर दिने त सामान्य जस्तै भएको छ । अर्को तर्फ साघुँरो पुलमा ट्राफिक जामले सवारी अवागमनै समस्या हुने गरेको छ । यस्तै कोशी राजमार्ग अन्र्तगतको इटहरीको धरान रोडको विच भागमै ठुलो खाल्डो परेको छ । विच भागमै खाल्डो परेको र बर्षाको पानीले खाल्डो भरिएर नदेखिँने हुँदा तिव्र गतिमा आएका मोटरसाईकल, साना सवारीहरु दुर्घटनामा पर्ने गरेका छन् । मोटरसाईकल, सिटि सफारी लगायतका साना सवारीहरु कुदाउन समस्या हुने गरेको सिटी सफारी चालक जितेन्द्र चौधरीले बताए । खाल्डो जोगाउने हुँदा पछाडीको सवारीले ठोक्देला कि भन्ने डर हुने धरानबाट इटहरी आउँदै गरेको केशव कार्कीको भनाई छ ।
अर्को तर्फ खाल्डो देखेर ठुला सवारीहरुले तर्काउने हुँदा सँगै गुडिरहेका अन्य सवारीसँग ठक्किने जोखिम रहेको विराटनगर धरान रुटमा बस सञ्चालन गर्ने दिनेश श्रेष्ठले बताए ।
तिव्र गतिमा गुडेका सवारीहरु खाल्डामा पर्दा सवारी टुटफुट हुने, सवारीको पत्ति भाँचिने जस्ता समस्या हुने गरेको उनको भनाई छ । योसँगै खाल्डाखुल्डी बचाउने हुँदा तिव्र गतिमा ब्रेक लगाउँदा यात्रुहरुले टाउको ठोक्किने, लड्ने जस्ता समस्याले यात्रुहरुले पनि दुःख पाउने गरेको श्रेष्ठ बताउँछन् ।
यस्ता ठुल्ठुला खाल्डाहरु इटहरीको पूर्व बस स्ट्याण्ड, विराटनगर बस स्ट्याण्डमा पनि रहेका छन् । मानिसहरु चढाउने र ओराल्ने ठाउँमा खाल्डाको पानी भरिएर समस्या हुने गरेको छ । यात्रुहरु पानी तर्किदै चढ्ने र अर्लने गर्न बाध्य छन् । सडक यात्राको लागि पहिलो आवश्यक स्थल भएपनि सरोकारवाला पक्षले यस विषयमा चासो दिन सकेको छैन । सडकको निर्माण र स्तरोन्नति गर्नु सरकारी पक्षले चासो नदिएको सवारीचालकहरु बताउँछन् ।
तर इटहरी उपमहानगरपालिका क्षेत्र भित्र रहेको भएपनि खाल्डो पुर्ने र सडक स्तरोउन्नति गर्ने आफ्नो जिम्मेवारी नभएको सरकारी कार्यालयका कर्मचारीहरु बताउँछन् । सडकको सुरक्षा गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालयको भएको उनीहरुको भनाई छ । इटहरी उपमहानगरपालिका बरिष्ठ इन्जिनियर अर्जुन दाहाल यो उपमहानगरको जिम्मेवारी नभएको बताउँछन् । तर सडकको मर्मतका लागि सडक डिभिजन कार्यालयलाई पत्राचार गरिसकेको इन्जिनियर दाहालले जानकारी दिए । सडकको थप क्षति हुन नदिन र दुर्घटना न्यूनिकरणका लागि गिटी तथा माटो हालेर खाल्डा पुर्ने इन्जिनियर दाहालले बताए ।
यता आफ्नो जिम्मेवारी भएपनि सडक डिभिजन कार्यालय आर्थिक बर्ष सकिएको भन्दै कानमा तेल हालेर बसेको छ । प्रत्येक बर्ष सडकको सुरक्षाको लागि स्तर उन्न्ती गर्दै विग्रिएका र भत्किएका ठाउँमा कालो पत्रे गर्ने बजेट सडक डिभिजन कार्यालय र इटहरी उपमहानगरपालिका दुवै निकायमा विनियोजित हुन्छ । तर ती कार्यालयका कर्मचारीले समयमै चासो नदिँदा बर्षेनी कमजोर सडककै कारण सवारी दुर्घटनामा धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । नेपालमा हुने सवारी दुर्घटनाहरुको प्रमुखको कारण कमजोर सडकको अवस्था नै रहेको देखिन्छ । तसर्थ सडकको समयमै मर्मत तथा स्तरोन्नती गर्दै अकालमै ज्यान गुमाउनुपर्ने अवस्थालाई रोक्न सम्बन्धित निकायले चासो देखाउन आवश्यक छ ।
पूर्वपश्चिम राजमार्ग र सहायक राजमार्गको समयमै गर्नुपर्ने सडक स्तरोन्नति नगरिँदा सवारी दुर्घटनाको उच्च जोखिम हुन थालेको छ ।
0 comments:
Post a Comment