स्वास्थका लागि मर्निङवाक होस न पुर्याए बेफाईदा हुने


  आध्यात्मिक संचारकर्मी चक्रपाणि गौतम दैनिक विहान ३ः४५ वजे उठेर १ घण्टा १५ मिनेट पैदल हिड््छन्् । गौतम संगै मर्नि¨ वाकमा निस्कने दमक १३ का ६५ वर्षीय तेजु खतिवडाको पनि प्रातः भ्रमण को नियमिततामा कुनैे दिन पनि ब्रेक लाग्दैन। दुवै जनाको भनाई छ, दिनभरी स्वस्थ र मस्त रहन बिहानको एक डेढ घण्टा गरेको मर्निङ वाकले धेरै सहयोग गर्दछ । हुन त दमकमा बिहानै उठेर पैदल हिड््ने गौतम र खतिवडा मात्र हैन  विहानीको हावाको आनन्द लिन दमकका धेरै मानिसहरु बिहानै सडकमा निस्कने गर्दछन्् ।  चिकित्सकहरका अनुसार  मर्निङ वाक स्वस्थ रहने सवैभन्दा राम्रो उपाय पनि हो । सवै प्रकारका रोगीहरु लाई विहानीको भ्रमणले फाईदा हुने कुरा योग तथा आर्युवेद चिकित्सक गंगा ढकाल बताउनु हुन्छ । दिनभरी तरोताजा र स्वस्थ रहनका दैनिक कम्तिमा  ३० मिनट  पैदल हिडनु पर्ने दमक अस्पतालका डाक्टर रेवन्त  थापा का अनुसार  आजभोली बदलिएको जीवनशैली र शारिरक श्रमको अभावले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव परि रहेको छ । एकै ठाउमा धेरै समय बसेर काम गर्नु , बिभिन्न प्रकारका जंक फुडको प्रयोग गर्नु , धेरै मसलाहरु प्रयोग गरेका चिजबीजहरु अत्याधिक मात्रामा खानु । पर्याप्त पानी नपिउनु , र शरीरलाई हानी पुग्ने गरि मदिरा सेवन गर्नु , समयमा नसुत्नु जस्ता कारणले उच्च रक्तचाप , मुटुको समस्या , युरिक एसिड जस्ता समस्याहरु हुने गरेका छन । यस किसिमको जीबनशैलीले मेटाबोलिक सिन्ड्रम सिर्जना गर्द छ र यसको परिणाम मोटोपन र मोटोपनका कारण मुटुरोग , दमरोग , सुगर र प्रेसर जस्ता समस्याले सताउछन । यी सबै रोगबाट बच्न दैनिक ३० मिनेट मर्निङ वाक गर्नु उत्तम हुन्छ ।, सामान्यतया ४० ईन्च भन्दा मोटा पुरुष र ३५ ईन्च भन्दा मोटा महिलाले त अनिबार्य मर्निङ वाक गर्नु पर्ने डाक्टर थापा बताउनु हुन्छ । विगत १० बर्षदेखि नियमित रुपमा दैनिक २ किलोमिटर पैदल हिडने गरेका दमक का कर्ण भट्टराई आफूलाई प्रेसरको रोग रहेको र बिहानै हिडेकै भरमा स्वस्थ महसुस गर्ने गरेको बताउनु हुन्छ ।  बिहान ४ः४० बजे दमक सेतुमारी रोडमा मर्निङवाक गर्दै गरेकी सविना प्रधान पनि मोटोपन का कारण आफू दैनिक १ घण्टा जति पैदल हिडने गरेको बताउछिन ।
    दमकका सबै ठांउमा  दैनिक  मर्निङ वाक गर्ने मानिसहरु भेटिए पनि अति व्यस्त सडकमा पैदल हिडनु सुरक्षा र स्वास्थ्यका दृष्टिकोण उपयुक्त नहुने कुरा योग तथा आयुर्बेद चिकित्सक गंगा ढकाल बताउछन ।  दमक क्षेत्रमा बिहानै घुमफिर गरेको स्वास्थ्यलाभ लिन चाहनेहरुको संख्या  उल्लेख्य मात्रामा रहेपनि अधिकांश व्यक्तिहरु दमक पाडाजुगी मार्गमा बढी हिडने गरेका पाईन्छन । यो सडक खन्डमा अत्याधिक मात्रामा सवारीसाधन चल्ने भएका कारण बिहानीको हावा पनि स्वस्थ नहुने ठानेर मर्निङ वाक का लागि आफूले बैकल्पिक बाटो खोजेको लखनपुर १ निवासी श्याम अधिकारी बताउनु हुन्छ ।   
मर्निक वाक स्वस्थ्य रहने अचुक उपाय भए पनि बाक्लो शहर र सवारी साधनको चाप भएका ठा“उमा सवारी साधनले उडाएको धुलोका कारण प्रदुषित भएको सडकमा हिडडुल गर्दा भने स्वस्थ झनै खराब हुने भएकाले धेरै सवारी साधन नगुड््ने र धुलो मैलो नउडेको ठा“उमा मर्नि¨ वाक गर्नु राम्रो हुने कुरा बताउछन्् ।


   

0 comments:

Post a Comment