सुजता निङ्गलेकु, दमक, २/ प्रणय दिवश वा प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे अंग्रेजी महिनाको १४ फ्रेब्रवरीमा विश्वभर मनाइन्छ । युवायुव
तीले आफुले मन पराएका केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने मायाका भावनालाई एक अर्कामा साटासाट गर्ने दिनको रुपमा विशेषत युवा पुस्ताले मनाउने गर्दछन् ।
तेस्रो सताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डे को इतिहासलाई पुनः फर्केर हेर्दा १४ फ्रेव्रवरी अर्थात भ्यालेन्टाइन डे इतिहास र प्रेमका लागि प्राण उत्सर्ग गर्ने एक सैनिक जवान सगँ सम्बन्धीत छ ।
कसरी सुरुवात भयो त प्रेम दिवश अर्थात भ्यालेन्टाइन डे ?
तत्कालीन रोमन सम्राट् क्लाउडियस द्धितियले युवा प्रेम र विवाहले शैनिक कार्यमा लागेकाहरु माया मोह र पारिवारीक बन्धनले शैनिक सेवामा एउटा कमजोरी भावनाले प्रभाव पार्ने भएकाले विवाह, प्रेमलाई प्रतिवन्द लगाएका थिए । तर सम्राटका प्रतिबन्धित निर्णलाई भ्यालेन्टान भन्ने एक सैनिकले धर्मविरुद्ध भएको भन्थे । भ्यालेन्टाको बुझाई थियो अनुशासन को दायारमा रहेर गरेको प्रेम र एक अर्का प्रतिको आकर्षणमा भगवन पनि खुशी हुन्छन् । त्यसैले उनले सम्राट् क्लाउडियसका आज्ञाको अवज्ञा गर्दै उनले लेकेर प्रेम गर्ने जोडीलाई सार्वजनिक स्थललमा नै विवाह गराईदीए । उनलाई राजाको आज्ञा विपरीत गरेको आरोपमा भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । भ्यालेन्टाइन आफै पनि जेलरकी छोरीसगंको प्रेममा रहेको र जेलरकी छोरी जेलमा भेट्न आइरहन्थिन् । भ्यालेन्टाइनलाई सन् २६१ को फ्रेब्रअरी १४ तारीकका दिन मृत्युदण्ड दिएका थिए । झुण्डाउन अघि भ्यालेन्टाइनले From your valentine भनि हस्ताक्षर गरी एउटा नेट ति महिलालाई दिए । यहि इतिहासको सत्यताले नै यो दिन आफ्नो प्रेमि प्रमिकालाई ग्रिटिङ कार्ड, पोष्ट कार्डहरुमा मायाका केहि शब्दहरु कोरेर दिने प्रचलन रहिआएको छ । जुन दिन भ्यालेन्टाइनलाई मुत्यु दण्डको सजाय दिएर उनको मृत्यु भयो त्यही दिनबाट प्रेम दिवश, प्रणय दिवश अर्थात भ्यालेन्टाइन डे विश्वव्यापि नै मनाउन सुरुवात भयो ।
रोम सभ्यताबाट सुरुवात भए ता पनि विश्वव्यापी रुपमा मान्यता पाएको भ्यालेन्टाइन डे पाश्चात्य संस्कारमा मात्र सिमित नभई नेपाली मन मष्तीस्कमा पनि छाउन थालेको छ । माया गर्ने मानिसको लागि कुनै दिन, बार र महिनाले मान्यता राख्दैन् । माया भावना देखि नै उत्पन्न हुने महशुस हो । यदि मायामा विश्वास छ भने यो दिन तपाई हाम्रो लागि पनि स्पेशल रहन जान्छ ।
भ्यालेन्टानइन डे अर्थात प्रणय दिवशले झापाको दमकलाई पनि छोएको देखिन्छ । पछिल्लो समय देखि यो पर्वलाई एउटा विकृतिको रुपमा नेपालमा भित्रिएको छ । १४ फ्रेब्ररी अर्थात यो दिन मायामा बलिदान दिने एक सैनिक भ्यालेन्टाइनको स्मृतिमा मनाइने दिन विशेषत मायाको प्रतिकको एउटा भावपूर्ण दिनको रुपमा लिइने दिनलाई आजको युवा पुस्ताले विकृतिको रुपमा भित्राएको पाइन्छ । नेपाली समाज र संस्कारमा अगिल्लो पुस्ताहरुलाई भ्यालेन्टाइन डे के हो ? भन्ने बारेमा थाहा पनि थिएन । अगिल्लो पुस्ताले मायालाई विश्वास र एक अर्काको जिउने आधारको रुपमा मान्ने गर्दथे भने आज भोलीको युवा पिडीँले मायालाई फेशन र देखावटीको रुपमा सहजै लिहिरहेका छन् ।
मावाइलको सेल्फी र फेसवुकको स्टाटसमा सिमित सम्बन्धलाई मायाको नाम दिने युवापिडीहरुले पछिल्लो पिँडीहरुबाट संस्कार र संस्कृतिको ज्ञान लिनुपर्नेमा पश्चिमी संस्कारलाई बढी प्राथमिकता दिएर द्रुत्त गतिमा अघिबढाएको नेपाली समाजमा र युवा पुस्तामा पाएको छ । पश्चिमी संस्कारबाट भित्रिएको सात दिने विकृति मुलुक दिनहरुले के युवा पुस्तामा सकारात्मक सोच ल्याउलान त ? हक डे, किस डे, चक्लेट डे, प्रपोज डे लगायतका विकृति र विसंगती मुलक खर्चालु दिनहरुलाई कसरी सकारात्मक लिन सकिएला र ? महगाँ–महगाँ कार्ड , गिफ्टहरु किन्ने युवायुवतीहरुको भिड दमक बजारमा पनि देखिन्छ । चक्लेट, फुलको गुच्छा, ग्रेटिङ कार्ड लगायतका गिफ्ट आइटमहरु किन्ने भिड् विशेषत कलेज, स्कुल पढ्ने युवायुवतीहरु रहेको पाइन्छ । एउटा सानो फुलको गुच्छाको लागि पनि भारती मुलुकको मुख ताक्नु पर्ने बाध्यता देखिने नेपाली बजारले नेपाल आफैबाट उत्पादीत समान बेच्न सकिराखेको अवस्था छैन । नेपाली समाजमा बाहिरी मुलुकबाट भित्रिने सम्पूर्ण समानले पनि स्पष्ट हुन्छ कि बाहिरी मुलुकबाट आएको संस्कार र संस्कृतिले कतिको दिगो र महत्वपूर्णभूमिका खेल्दछ भन्ने कुरामा उदाहारणीय भूमिका खेल्दछ ।
0 comments:
Post a Comment