सनातन हिन्दु धर्मका मुख्य चार जगद्गुरुहरु मध्ये विशिष्टाद्वैत दर्शनका व्याख्याता जगद्गुरु रामानुजाचार्यको जन्म भएको एक हजार बर्षको अवसरमा श्रीवैष्णव परिषद् नेपाले आयोजना गरेको सहस्राव्दी महोत्सव तथा धर्मजगरण रथयात्रा चैत्र ३ गते दमक आई पुग्ने भएको छ । नेपाल भारत भुटान ,अमेरिका अष्ट्रेलिया , क्यानाडा लगायतका देशहरुबाट आएका करीव ५ सय यात्रीहरु सहभागी भएको सो रथमा ११ औ शताव्दीका महान सन्त तथा धर्मदर्शनका वैज्ञानिक व्याख्याता जगद्गुरु रामानुजाचार्यको मूर्ती राखिएको छ । चैत्र १ गतेदेखि २०७४ बैशाख ५ गतेसम्म चल्ने सो यात्राले देशका विभिन्न ठाउमा सहभागिता जनाउने छ । यात्रा अवधिभरी धर्म दर्शन, योग, आयुर्वेद, ज्योतिष र जीवन विज्ञानसंग सम्बन्धित विभिन्न विषयमा विज्ञहरुबाट विभिन्न माध्यमले जानकारी गराईने छ । बैशाख १ देखि ५ गतेसम्म विशेष यज्ञ गरेर चितवनको देवघाटधाममा जगद्गुरु रामानुजाचार्यको ५४ फिट उचाई भएको मूर्ती स्थापना गरिने र रथयात्रा समापन गरिने कुरा श्री वैष्णव परिषदका महासचिव सुदर्शन नेपालले जानकारी दिए ।
0 comments:
Post a Comment