राप्रपाको विस्तार बैठक सम्पन्न

काठमाडौँ/ राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका करिब ६० जिल्लामा विस्तारित बैठक सम्पन्न गरेको छ ।पार्टीको सङ्गठन सुदृढीकरणका लागि देशैभर गर्ने उद्देश्यले यही चैतको ७ गतेदेखि सम्बन्धित जिल्ला कार्य समितिले आफ्नो अनकुलतामा वैठक सुरु गरेको हो ।तीन दिनभित्र देशैभर सम्पन्न गर्ने योजना राखिएको भएपनि पछिल्लो समय निर्वाचन आयोगले पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हटाउनका लागि निर्णय गरेपछि विस्तारित बैठक समेत प्रभावित भएको हो ।देशैभर निर्वाचन आयोगका कार्यालयमा विरोध प्रदर्शनका कार्यक्रममा तथा सो विषयमा स्थानीय जनतालाई सूचना र सन्देश प्रवाहका आवश्यक गृहकार्य गर्न परेकाले पनि केही जिल्लामा बैठक हुन बाँकी रहेको बताइएको छ ।पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार नयाँ संरचनाअनुसार वडा, गाउँ र नगरका विभिन्न एकाइलाई समायोजन गर्ने क्षेत्राधिकार सो बैठकलाई दिइएको थियो ।आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि स्थानीय जनतासँग समन्वय र सहकार्य गर्नका लागि रणनीतिक योजना निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको छ ।

0 comments:

Post a Comment