पाँचौं मिनेटमा ल्योरोइ सानेको गोलमा सिटीले खेलमा अग्रता दिलएको थियो । केभिन डी ब्रुइनाको पासलाई सानेले गोल गरेका थिए । घरेलु समर्थकसामु थियो वालकटले ४० औं मिनेटमा बराबरी गोल गर्दै आर्सनललाई खेलमा फर्कएका थिए । तर, त्यसको दुई मिनेट पछि नै सर्जियो अग्वेरोको गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफको सुरुआतमा आर्सनल पुनः खेलमा फर्कियो । आर्सनलको कर्नरमा डिफेन्सबाट अघि बढेका मुस्ताफिले ५३ औं मिनेटमा बराबरी गोल गरेका थिए । बराबरीपछि पनि अग्वेरोले गोल दुईपटक अवसर पाएका थिए, तर उनी सफल भएनन् ।



0 comments:
Post a Comment