सर्वसाधारणबीच कुन पार्टीबाट कस्ले टिकट पाउँछ रु बलियो उम्मेदवार को हो रु जस्ता परिचर्चा हुने गरेको छ । फेसबुक, ट्वीटरजस्ता सञ्जालमा सम्भावित उम्मेदवारको नाम उल्लेख गर्दै जनमत सङ्कलन गर्न थालिएको छ । एमाले, काँगे्रस, राप्रपा गुटउपगुट मिलाउन आन्तरिक गृहकार्यमै व्यस्त छन् । यी पार्टीले उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । एमाले जिल्ला कमिटीको बैठक तीन दिनयता लगातार बसिरहेको छ ।
स्थानीय तहअनुसार पार्टी सङ्गठन निर्माण गरिसकेको माओवादी केन्द्रले नौवटै स्थानका प्रमुख÷उपप्रमुख पदका लागि उम्मेदवार छनोट प्रक्रिया प्रारम्भ गरिसकेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक कृष्ण जिसीका अनुसार नगर प्रमुखमा रत्न गाहा र उपप्रमुखमा हरिमाया शर्मालाई भिडाउने निर्णय गरिसकेको छ । उनले बाँकी गाउँ-नगरपालिकामा एक हप्ताभित्र उम्मेदवारको टुङ्गो लगाइसक्ने जानकारी दिनुभयो ।
सुर्खेतका अन्य गाउँ-नगरपालिकाभन्दा वीरेन्द्रनगरको नेतृत्व कस्ले हत्याउने भन्नेमा बढी चासो छ । वीरेन्द्रनगर प्रदेश–६ को केन्द्रका रुपमा समेत चिनिन्छ । विगतका दुवै स्थानीय निर्वाचनमा प्रमुख÷उपप्रमुख पदमा एमाले विजयी भएको थियो ।
माओवादी केन्द्रको तुलनामा काँगे्रस–एमालेमा टिकटका आकांक्षी बढी छन् । यी दुई ठूला पार्टीलाई एकातिर आन्तरिक गुट–उपगुट र अर्कोतिर आकांक्षी बढी भएकाले व्यवस्थापन गर्न सकस भइरहेको छ ।
उम्मेदवारी घोषणा
पार्टीबाट टिकट नपाउने सम्भावना देखेपछि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । वीरेन्द्रनगरको प्रमुख पदका आकांक्षी काँगे्रस निकट नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष गेहेन्द्रप्रसाद दाहालले सोमबार रफत सञ्चार क्लबमार्फत आफ्नो उम्मेदवारी घोषणा गनुभयो ।
नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्षसमेत रहेका दाहालले चुनावमा उम्मेदवारी दिनैका लागि प्रधानाध्यापकबाट राजीनामा दिएको बताउनुभयो ।
दाहालको उम्मेदवारी घोषणापछि वीरेन्द्रनगरमा चुनावी चर्चाले औपचारिक स्थान पाएको छ । चुनाव केन्द्रित सुरक्षाका काम, कारबाही तीव्ररुपमा अगाडि बढेको प्रहरीले जानाएको छ । रासस
0 comments:
Post a Comment