दमक। आफ्ना सबै स्ट्राईकरहरु चम्किएपछि झापा ११ ले आजबाट शुरु दोश्रो सताक्षी गोल्डकप फुटबलमा बिजयी शुरुवात गरेको छ ।
झापाको
झिलझिलेमा आज भएको उद्घाटन खेलमा पोखरा ११ लाई ५–० को फराकिलो अन्तरले पाखा लगाउदै घरेलु टोली झापाले शुखद शुरुवात गरेको हो ।
झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा पहिलो हाफमा ३–० को अग्रता लिएको झापाले दोश्रो हाफमा २ गोल थप्दै ५–० को शानदार जित निकालेको हो ।
झापाका
लागी स्टार स्ट्राईकर कर्ण लिम्बुले २,बिशाल राई, बिदेशी खेलाडी मार्टिन र खामिर गिल्सन कन्दंवाले समान १–१ गोल गरेका थिए । म्यान अफ द म्याच घोषित झापाका योगेश गुरुङले नगद १० हजार हात पारे ।
प्रतियोगिता अन्तर्गत भोली भारत मध्य प्रदेशको डामण्ड अफ स्पोर्टिङ क्लब र शशस्त्र प्रहरीको एपीएफबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आगामी मंसीर ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
0 comments:
Post a Comment