दमक । युटुब चर्चामा आएका
बाल गायक अशोक दर्जीको घरको आज शिलान्यास गरिएको छ ।
झापाको दमक नगरपालिका वडा
नम्बर २ स्थित भालुकुडीमा वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा,घर निर्माण आर्थिक संयोजक गायक तथा संगितकार
टंक बुढाथोकी र निमार्ण समितिका अध्यक्ष पूर्ण वाइवाले संयुक्त रुपमा पुजाआजा गरि
घरको शिलान्यास गरेका हुन् । शिलान्यासको क्रममा सापकोटा र वाइबाले इटा राखेका थिए
भने बुढाथोकीले नरिवल फुटाएका थिए ।
यसअघि कार्यक्रममा सम्बोधन गर्दै
प्रमूख अतिथि वडा अध्यक्ष सापकोटाले आँफुले पनि अशोकको घर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता
जनाए । सापकोटाले कार्यक्रमा नगद ५ हजार सहयोग समेत गरे ।
त्यस्तै विर्तामोडको
ग्यालेक्सी फिटनेसले नगद ५० हजार एक सय रुपैया सहयोग गरेको छ । फिटनेसका संचालक
चन्द्र रानासँगै संदिप शेर्मा, प्रेम राजबंशी, चन्द्र लिङ्देन, रोहित गजमेर र भिम लिम्बुको टोलिले आर्थिक संयोजक टंक
बुढाथोकीलाई नगद हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा २ नम्बर वडाका वडा सदस्यहरु
राजु धिमाल, टंक प्रसाद गौतम, दिपक न्यौपाने, कोषाध्यक्ष डिजे रुपक, सचिव जिवन चुडाल, समाजसेवी पदम प्रसाद सापकोटा, संचारकर्मी तथा
स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment