Showing posts with label recent. Show all posts
Showing posts with label recent. Show all posts
चैत्र १३ दमक  . दमकमा भरखरै भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

 मृत्यु हनेमा भारत डाईनिया सिठी बस्ने अन्दाजी ५० बर्षका सखिलाल मण्डल रहेका छन् ।

दमकको चिया बगान गेट महेन्द्र राजमार्गबाट उत्तर जाने शाखा सडकमा काठका टुना लिएर काठ मिलतर्फ जादै गरेको ना ६ ख २८९३ नं. को ट्रक उत्तर मोडिदै गर्दा दमक बजारमा मजदुरी गरेर सोही दिशातर्फ साईकलमा गइरहेका मण्डलको ट्रकले किचीएर मृत्यु भएको हो ।
४ असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शवबाट संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज समेतले ‘भेजिनल स्वाब’ निर्मलाकै भएको पहिले पुष्टि गरिनुपर्ने माग गरेका छन् ।
निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ । यसबाट प्राप्त डीएनएलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टको डीएनएसँग टेस्ट गर्दा नेगेटिभ रिजल्ट आएपछि उनी साधारण तारेखमा छुटेका छन् ।
यसैगरी विवादमा मुछिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए पनि मेल खाएन ।
बिष्टमाथि घटनाका अन्य प्रमाणहरु नष्ट गरेको आरोप लागेको छ भने किरण र आयुषमाथि स्थानीयबासीले सुरुदेखि नै शंका गर्दै छानविनको माग गरेका थिए । तर, केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको टेष्टमा डिल्लीराज, किरण र आयुषको डीएनए म्याच नभएपछि अनुसन्धान थप जटिल बनेको छ ।
निर्मलाको भेजिनल स्वाबमाथि दुईवटा प्रश्न उठाउन सकिन्छ । पहिलो घटनाका सबै प्रमाण नष्ट गर्ने प्रहरीले राखेको ‘भेजिनल स्वाब’ सक्कली नै हो त ? दोस्रो, सक्कली नै हो भने पनि के यसलाई उचित तवरले संरक्षण गरेर राखिएको थियो ?
वैधता जाँच्न बाबुआमाको माग
निर्मलाकी आमा दुर्गादेवी सबै प्रमाण नष्ट गर्न प्रहरी प्रशासनले ‘भेजिनल स्वाब’ को वैधता जाँच गर्नुपर्ने माग गरिन् । उनले भनिन्, ‘सबै प्रमाण नष्ट गर्ने प्रहरीले यो चाहीँ सही संकलन गर्‍यो भन्न सकिदैन ।’
आफ्नो डीएनएसँग म्याच गराएर छोरीको हो वा होइन भन्ने पुष्टि गर्न सकिने भए त्यसका लागि आफू तयार रहेको उनको भनाई छ । ‘म आफ्नो (डीएनए) टेष्ट गराउन तयार छु’ आमा दुर्गादेवीले भनिन्, ‘मलाई जसरी हुन्छ, सत्य चाहिएको छ, न्याय चाहिएको छ ।’
तर, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती भने भेजिनल स्वाबबाट परिक्षण गरिने डीएनए आमाको डीनएनएसँग नमिल्न पनि सक्ने बताउँछन् । ‘छोराछोरी हो कि होइन भनेर पुष्टि गर्न लिइने डीएनए र भेजिनल स्वाबको डीएनएको सेल अलग हुन्छ,’ उनले भने ।

काठमाडौं । निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।
यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले अनलाइनखबरसँग भने, ‘कार्यालय सहयोगीबाहेक खरिदार पदभन्दा तल अर्को पद छैन । कार्यालय सहयोगी आन्तरिक प्रतिस्पर्धाबाट माथि आउन पाउने व्यवस्था छ । त्यसैले अब खरिदार पद राखिराख्नु परेन ।
उनले संघीय निजामती सेवा ऐनको मस्यौदा कानुन मन्त्रालयमा विचाराधीन रहेको जानकारी दिए ।
अब आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र जेष्ठताको बढुवाको आधारमा १० प्रतिशत खरिदार पदमा पूर्ति गर्ने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ । यसको अर्थ एसएलसी परीक्षा उत्तीर्ण कार्यालय सहयोगीहरु आन्तरिक परीक्षाबाट र बढुवाबाट खरिदार बन्नेछन् । र, खरिदार पदमा रहेका कर्मचारीहरु सेवा निवृत्त भएमा दरबन्दी स्वतः खारेज हुँदै जानेछ ।
यसअघि खरिदारभन्दा तलको मुखिया पद पनि यसैगरी खारेज भएको थियो ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदमा पनि खुल्ला विज्ञापन नगराउने उल्लेख छ ।
सुब्बामा ७० प्रतिशत खुल्ला विज्ञापन
यसैबीच नायबसुब्बा पदमा अबदेखि ७० प्रतिशत खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिने भएको छ । यसअघि सुब्बामा ४० प्रतिशत मात्रै खुल्लाबाट पदपूर्ति हुने गर्दथ्यो । यसैगरी कार्यक्षमताको मूल्यांकनबाट २० प्रतिशत तथा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट ४० प्रतिशत पदपूर्ति गरिन्थ्यो ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा सुब्बा पदको कार्यसम्पादन मूल्यांकन (कासमु) र कार्यक्षमता मूल्यांकनको व्यवस्था हटाइएको छ । मस्यौदामा लेखिएअनुसार अब सुब्बा पदमा ७० प्रतिशत खुल्ला प्रतियोगिताबाट पदपूर्ति हुनेछ ।
यस्तै आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत र जेष्ठताको बढुवाबाट २० प्रतिशत सुब्बा सरकारी सेवामा भर्ना हुनेछन् । Onlinekhabar मा खबर छ ।


धनगढी।  कैलालीको देवकलीयामा बोक्सी आरोपमा युवतीहरुलाई यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाइ जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एकलाख जरिवाना गर्ने फैसला गरेको छ ।
 जिल्ला न्यायाधीश पर्शुराम भट्टराइको एकल इजलासले रामबहादुर चौधरीलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको जिल्ला अदालत कैलालीले जानकारी दिएको छ । चौधरीका सहयोगी किस्मती चौधरीलाइ एक वर्ष कैद र ५० हजार जरिवाना गर्ने फैसला गरेको छ ।
यसैगरी युवतीहरुलाई यातना दिने घटनामा सहयोगी स्मारिका चौधरीलाइ ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भएको पनि जिल्ला अदालत कैलालीले जानकारी दिएको छ । भोलेबाबाका सहयोगीको आरोपमा पक्राउ परेका अन्य तिनजनालाइ भने अदालतले सफाइ दिएको छ ।
सफाइ पाउनेमा चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीले सफाइ पाएका हुन ।
गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन कैलालीको घोडाघोडी नगरपालिका ५ देवकलियाकी राधा चौधरीलाइ बोक्सीकाे आरोपमा यातना दिइएको थियो । रामबहादुर चौधरीले बोक्सी आरोपमा आफ्नै घर अगाडि सयौं स्थानीयलाई जम्मा गरेर राधालाई चरम यातना दिएका थिए ।www.kantipurdaily.com

दमक । युटुब चर्चामा आएका बाल गायक अशोक दर्जीको घरको आज शिलान्यास गरिएको छ । 
झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित भालुकुडीमा वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा,घर निर्माण आर्थिक संयोजक गायक तथा संगितकार टंक बुढाथोकी र निमार्ण समितिका अध्यक्ष पूर्ण वाइवाले संयुक्त रुपमा पुजाआजा गरि घरको शिलान्यास गरेका हुन् । शिलान्यासको क्रममा सापकोटा र वाइबाले इटा राखेका थिए भने बुढाथोकीले नरिवल फुटाएका थिए ।

 शिलान्यासपछि बोल्दै आर्थिक संयोजक बुढाथोकीले शुरुमा कतिपयले घर बन्दैन भन्ने गर्नु हुन्थ्यो अब घर बन्ने छ भन्दै सहयोगिहरुलाई धन्यवाद समेत दिए ।
 यसअघि कार्यक्रममा सम्बोधन गर्दै प्रमूख अतिथि वडा अध्यक्ष सापकोटाले आँफुले पनि अशोकको घर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । सापकोटाले कार्यक्रमा नगद ५ हजार सहयोग समेत गरे ।


त्यस्तै विर्तामोडको ग्यालेक्सी फिटनेसले नगद ५० हजार एक सय रुपैया सहयोग गरेको छ । फिटनेसका संचालक चन्द्र रानासँगै संदिप शेर्मा, प्रेम राजबंशी, चन्द्र लिङ्देन, रोहित गजमेर र भिम लिम्बुको टोलिले आर्थिक संयोजक टंक बुढाथोकीलाई नगद हस्तान्तरण गरेको थियो । 
कार्यक्रममा २ नम्बर वडाका वडा सदस्यहरु राजु धिमाल, टंक प्रसाद गौतम, दिपक न्यौपाने, कोषाध्यक्ष डिजे रुपक, सचिव जिवन चुडाल, समाजसेवी पदम प्रसाद सापकोटा, संचारकर्मी तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

मोरङ । जिल्ला अदालत मोरङले ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीकोे बयान शुक्रबारसम्म सक्ने तयारी गरेको छ ।
जिल्ला न्यायाधिस नारायण प्रसाद शर्माको ६ नं. इजलाशमा जारी बयान शुरु गरिएको बयान सकिएलगत्तै थुनछेक बहस सुरु हुनेछ । बयानका क्रममा सोधिएको प्रश्न भन्दा अनावश्यक उत्तर दिँदा बयान लम्बिएको छ ।
प्रहरी हिरासतमा समेत आफ्नो सुरक्षा नभएको भन्दै मानवअधिकारवादीको निगरानीमा राख्न गोरेले कानुन व्यवसायी मार्फत निवेदन दिएपछि अदालतको आदेश अनुसार उनलाई कडा सुरक्षा बीच ल्याउने, लैजाने र राख्ने व्यवस्था गरिएको छ ।
भिडियाे हेर्नुहाेस
अमेरिकामा एउटा यस्तो गाडी बनाइएको छ जसलार्इ जामले कुनै असर पार्दैन । त्यो गाडी जामबाट मुक्त भएर अगाडि बढ्न सक्दछ । यस्तो कारमा एक विशेष खालको हाइड्रोलिक सिस्टम जडान गरिएको छ । 

उक्त सिस्टमकै कारण कारको पांग्रा बाहेक अन्य भाग जमिनबाट निकै माथि उठ्छ र जमिनमा रहेका पांग्राले साँघुरो बाटोबाट समेत कारलाई अगाडि बढाउँदछ । जसका कारण उक्त कार अन्य कारभन्दा निकै माथि रहँदै गुड्न सक्दछ ।
बाँकी भिडियोमा हेर्नुहोस् 

मोरङमा वामपन्थीको क्लीन स्वीप टार्दै मिनेन्द्र रिजाल विजयी भइका छन । भर्खरै सम्पन्न मतगणनाबाट १८ सय मत अन्तरसहित उनी विजयी भएका हुन् ।
रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत ल्याएका छन् ।
६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नं. १, ३ र ६ मा एमालेले जितेको छ भने क्षेत्र नं. ४ मा माओवादी केन्द्रले जितेको छ । परिणाम आउन बाँकी रहेको क्षेत्र नं. ५ मा माओवादीका शिवकुमार मण्डलले अग्रता लिइरहेका छन् ।

कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि,अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।
अस्टमि गुरुङको केशलाई लिएर आइले रबि लामिछाने आबुदाबि पुगेका छन् । मुकुन्द नाम गरेका एक व्यक्तिले रबि लामिछानेले गरेको कामको बिरुद्धमा उत्रिएका छन्त ।
 रबि लामिछाने एक पत्रकार हो पत्रकारले दोषीलाई कार्बाही गर्ने हैन कार्बाही गर्नका लागि प्रहरी छन् भन्दै रबि लामिछाने प्रति बिरोधि भएका छन् ।
मुकुन्देको यो कुरालाई लिएर जनता अहिले मुकुन्दे बिरुद्ध उत्रिएका छन् ।एक युवतीले मुकुन्देलाइ यसरि ठिक पारेकी छिन् साथै भिडियो सेयर गरि मुकुन्दे भए ठाउमा पुगोस भन्ने उनको भनाइ छ

भिडियो हेर्नुहोस्
दमक । झापाको दमकमा रहेको दमक रनले आयोजना गरेको दोस्रो दमक रन मिनी म्याराथनको उपाधी पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फ नेपाल आर्मीका विश्वरुपा बुढाले जितेका छन् । आज बिहान सम्पन्न दौडमा पुरुषतर्फ नेपाल आर्मीका कृष्ण बस्नेत द्वितीय तथा आर्मीकै लालबहादुर थापा तृतीय हुनुभयो । 

१५ किलोमीटर दूरी उनीहरुले क्रमशः ४४ मिनेट ०३ सेकेण्ड, ४४ मिनेट १२ सेकेण्ड र ४४ मिनेट ४७ सेकेण्डमा पार गरे । महिलातर्फ विश्वरुपाले ५३ मिनेट ०३ सेकेण्ड, द्वितीय भएकी सशस्त्र प्रहरीकी कान्छिमाया कोजुले ५३ मिनेट ०५ सेकेण्ड र तृतीय भएकी आर्मीकै सुनमाया बुढाले ५३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरे ।
स्वास्थ्य नगर बनाउने सोचका साथ हरेक वर्ष दमक रनले यस्तो कार्यक्रम गर्ने गरेको दमक रनका कार्यवाहक अध्यक्ष तथा म्याराथुन संयोजक दिवस राईले जानकारी दिनुभएको छ ।दौडमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैया“ प्राप्त गरे । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ४० हजार, २५ हजार र १५ हजार रुपैया“ प्राप्त गरे ।
दमक रनले विभिन्न उमेर समूह अनुसार दौडको आयोजना गरेको थियो । ७ देखि १२ बर्ष उमेर समूहतर्फ रोदन राई र लक्ष्मी भुजेल प्रथम, प्रसन राई र सम्झना राई द्वितीय तथा अनिश खड्का र दीया श्रेष्ठ तृतीय भए । उनीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ पुरस्कार प्राप्त गरे । यो उमेर समूहका धावकहरुले ५ किलोमीटर दौडिएका थिए ।
१३ देखि १६ बर्ष उमेर समूहका धावकहरुले पनि १५ किलोमीटर दौडिएका थिए । सो विधातर्फ सुनिल थापा र हुमी बुढामगर प्रथम, लक्ष्मण अधिकारी र मञ्जु राई द्वितीय तथा नन्दू राई र सिर्जना तृतीय भए । उनीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैया“ पुरस्कार जिते ।३५ देखि ४५ बर्ष उमेर समूहको भेट्रानतर्फ पुरुष मात्र सहभागी भए । उक्त विधामा धर्म महर्जन प्रथम, दामोदर बुढामगर द्वितीय र श्याम राई तृतीय भए । उनीहरुले पनि क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ पुरस्कार पाए ।
४६ बर्षमाथिको सुपर भेट्रानमा निर्मल राई र रिता राई प्रथम, पूर्व राष्ट्रिय धावक बुद्धबीर लामा र मनमाया लिम्बू द्वितीय तथा मोहन कुमार सुब्बा र रिता लिम्बू तृतीय भए । उनीहरुले पनि समान क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया“ प्राप्त गरे । 
१० मंसिर, राजविराज । स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थित जनसमुदायलाई (कोठली बाहर मतदान करु) मतपत्रको कोठा बाहिर मतदान गर भन्ने सिके राउतको पर्जाको वितरण गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

सप्तरीमा २०७ मतदानस्थल अतिसंवेदनशील
स्वच्छ एवं भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरी जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार सप्तरी जिल्लामा कुल २९५ मतदानस्थलमध्ये २०७ वटा मतदानस्थल अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए ।
यही मंसिर २१ गते दोस्रो चरणमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पाण्डयेले बताए ।
झापा । जिल्लाको मेचीनगर–१० मा त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएका ६७ वर्षीया प्रेमप्रसाद पोखरेल ९फलाहारी०लाई राजनीतिक दलले दिने गरेको आश्वासनप्रति कहिल्यै विश्वास लाग्दैन । उहाँ पटक–पटक निर्वाचनमा सहभागी हुनुभयो तर यो दललाई मतदान गरे वा गर्छु भनेर भन्नुभएन । राज्य पुनः संरचनापछि यसपटक फलाहारीले झापाको निर्वाचन क्षेत्र १ का उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ । यसपटक पनि कुन उम्मेदवारलाई मतदान गर्छु भन्ने यकिन नगरी सकेको र मतपत्र समातेपछि मात्र निर्णय लिने उहाँले राससलाई बताउनुभयो ।

यस क्षेत्रमा एक लाख छ हजार मतदाता छन् । ती मतदातामध्ये विभिन्न राजनीतिक दलमा प्रतिबद्ध चालिस प्रतिशत पनि छैनन् यहाँका जानकारको भनाइ छ । त्यसले गर्दा यस क्षेत्रसहित झापाका प्रतिनिधि तथा प्रदेशसभाका कुन उम्मेदवारले बाजी मार्छ, त्यो थाहा पाउन निर्वाचनको नतिजा नै पर्खनुपर्ने देखिन्छ । विसं २०६४ को संविधानसभाको पहिलो निर्वाचनको स्मरण गर्दै बुद्ध शान्ति गाउँपालिकाका हरि न्यौपानेले भन्नुभयो, “माओवादीको संगठन नै नहुँदा पनि अत्यधिक बहुमतले यो क्षेत्रमा जितेको थियो । त्यसैगरी स्थानीय तहमा झापाका धेरै स्थानमा नेकपा ९एमाले०ले जित्दा पनि यो गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मा¥यो ।”

तीस वर्षीय युवा न्यौपानेले थप विस्तार गर्दै भन्नुभयो, “वाम गठबन्धन होस् या लोकतान्त्रिक गठबन्धन निर्वाचनको नतिजा नआईकन कुनै अनुमान लाउन सक्ने अवस्था छैन ।” उहाँले आफू स्वतन्त्र नागरिक भएकाले आर्थिक समृद्धिलाई ध्यान दिएर जनताको मर्का बुझ्ने उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो । प्रतिनिधिसभाका लागि पाँच र प्रदेशसभाका लागि १५० ले उम्मेदवारी दिएका छन् । उनीहरुले आफ्नो राजनीतिक दलको चुनावी घोषणापत्र तथा सम्बद्ध पार्टीले लिएको नीति तथा सिद्धान्तका आधारमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।

नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, विवेकशील, नेपाल जनता पार्टीसहित स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ती राजनीतिक दलले आफ्नै नारा तथा चुनावी एजेण्डा बनाएका छन् । प्रथम चरणमा ३२ लाख २८ हजार ८७९ मतदाताले मतदान गर्दैैछन् । त्यसमध्ये झापाका पाँच लाख ८५ हजार २३६ मतदाताले ६९२ मतदान केन्द्र तथा २८३ मतदानस्थलमा गएर मतदान गर्दैछन् । यहाँको आठ लाखभन्दा बढी जनसङ्ख्या रहेको यस जिल्लामा दुई लाख २७ हजार जनसङ्ख्या मतदाता परिचयपत्र छैन ।

यो जिल्लाको भौगोलिक तथा ऐतिहासिकस्थलमा मुलुककै सबैभन्दा होचो स्थान केचनाकलन, जमुनखाडी सिमसार क्षेत्र, दोमुखा, शहीद स्मारक पार्क, कलवलगुडी, कञ्चनगढ, वर्ने चिया बगानलाई लिइन्छ । यही मंसिर २१ गते हुने निर्वाचनमा राजनीतिक दलले यिनै ऐतिहासिक तथा पर्यटकीय स्थललाई देखाएर निर्वाचनमा भोट माग्ने र यहाँको मुख्य पेशा कृषि भएकाले यस पेशालाई आधुनिकीकरण गर्ने बताएका छन् । राजनीतिक दलका नेताले भौतिक पूर्वाधार तथा औद्योगिक विकासलाई पनि जोडतोडका साथ जनतासमक्ष पेश गरेका छन् ।

यहाँ मुख्य बसोबास रहेको सतार, धिमाल, मेचे, मुण्डा, राजवंशी, जनगाई तथा झापा जिल्लामा मात्रै बस्ने ‘किसान’ जनजातिका नाममा पनि यहाँका उम्मेदवारले आफ्ना राजनीतिक भाषण तथा चुनावी पर्चामा राख्दै आएका छन् । राजनीतिक दलका नेताले जेजस्ता भाषण दिए पनि यहाँका जनताले स्वतन्त्र एवम् मुलुकको नेतृत्व गर्ने क्षमतावान् नेतालाई मत दिएर विजयी बनाउने सुरमा देखिएका छन् । संगठितभन्दा पनि सक्षम नेतृत्वको खोजीमा रहेको मेचीनगर बस्दै आएका ७६ वर्षीय प्रेमबहादुर कटुवाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भोट दिनुपर्छ, आफ्नै पार्टीको उम्मेदवारलाई भोट दिनुपर्छ भन्ने छैन ।”

उहाँका अनुसार सुकुम्बासीका लागि व्यवस्थित बसोबास, कल्भर्ट, पुल, पक्की बाटो, शिक्षा, स्वास्थ्य झापा जिल्लाका जनताको खास माग होइन । यहाँका जनता खासगरी उच्च शिक्षा र जटिल रोगको निदानका लागि सीमा पार नै जाने गरेका छन् । इलाम र मोरङ जिल्ला तथा यस जिल्लाका १७ वटा स्थानीय निकाय भारतसँग जोडिएका छन् । त्यसैले यहाँका वासिन्दा शिक्षा र स्वास्थ्य सीमा भारततिर भर पर्दै आएका छन् । आफूले लामो समयदेखि लागेको पार्टीका नाम नलिईकन कटुवाले पुनः भने, “मेरो पार्टी त छँदै छ नि, भोट त काम गर्नेलाई पो दिने हो ।” उहाँजस्तै यहाँका नवयुवाको आवाज पनि यसपटक नयाँ अनुहारलाई नेतृत्वमा पु¥याउने रहेको छ । राजनीतिक आबद्धता र मतदान फरक विषय हो, सोही आधारमा मतदान हुने उनीहरु बताउँछन् ।purbrlinews
एन्ड्रोइड स्मार्टफोनका लागि युट्युबले पिन्च टू जूम नामक नयाँ फिचर ल्याएको छ । यो फिचरको सहयोगले स्मार्टफोनको पूरै स्त्रिmनभर भिडियो देखिने छ, अर्थात् किनारामा देखिने कालो धर्सो अब हेर्नुपर्ने छैन । यो नयाँ फिचरले १८ः९ स्क्रिनवाला स्मार्टफोनमा समेत काम गर्ने बताइएको छ ।
यसअघि यो फिचर केवल पिक्सेल टू एक्सएल प्रयोगकर्ताका लागि उपलब्ध थियो । जुन १२।४ भर्सनसँगै प्रयोग गर्न सकिन्थ्यो । अब यो एन्ड्रोइडको १२.४४ भर्सनका प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ ।
पिन्च टू जूम फिचर विना सामसुङ ग्यालेक्सी एस एट, एलजी भी ३०, सामसुङ ग्यालेक्सी नोट एटका प्रयोगकर्ताले युट्युब भिडियो पूरा स्क्रिनभर हेर्न पाउँदैनथे । यो महिना आइओएसका लागि यु ट्युब अपडेट गरिएको थियो र यसमा आइफोन एक्सका लागि फूल स्क्रिन भ्युइंग सपोर्टको विकल्प दिइएको थियो । एजेन्सीबाट
एजेन्सीऊर्जाशील हुनुको एउटै उत्तम उपाय खुसी हुनु हो। खुसी मानिस निकै ऊर्जाशील हुन्छन् र जिन्दगीमा धेरै सफलतासमेत हात पार्छन्। नि:सन्देह हामी सबै खुसी हुन चाहन्छौँ। तर खुसी कसरी रहने त?

यी ७ तरिका जिन्दगीलाई खुसी राख्न काफी छन्।
मुस्कान
मुस्कानले मानिसलाई खुसी बनाउँछ। सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित पनि गर्छ। मिचिगन विश्वविद्यालयको अध्ययन अनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ। बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ। मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ। 'मुस्कानले हामीलाई आनन्द महसुस गराउँछ। हाम्रो सोच्ने शक्तिमा वृद्धि गराउँछ,' मनोविद् जोन इटल भन्छन्। जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ।
व्यायाम
व्यायाम तनाव कम गर्ने उत्तम उपाय हो। व्यस्त मानिसहरुलाई धेरै व्यायाम गर्ने फुर्सद कहाँ? जम्मा ७ मिनेट समय व्यायामलाई छुट्याएमा तनावलाई भगाएर खुसी रहन सकिन्छ। यसको परीक्षणका लागि वितृष्णाका रोगीलाई दुई तरिकाले उपचार गराइयो। एउटालाई औषधि दिएर, अर्कोलाई व्यायाम गराएर र एकलाई दुवै विधिले। परिणाम आश्चर्यजनक देखियो। 'सहभागीमध्ये व्यायाम गर्नेहरुमा वितृष्णा निकै कम थियो,' साउन एकरले द एडभान्टेज अफ ह्याप्पीनेस पुस्तकमा उल्लेख गरेका छन्।
व्यायामले मानिसलाई आनन्दित बनाउँछ। स्मरण शक्ति बढाउँछ। स्वास्थ्य मनोविज्ञान सम्बन्धी अध्ययनले दैनिक व्यायाम गर्ने मानिसहरुको शारीरिक अवस्थामा कुनै परिवर्तन नआउँदा पनि उनीहरु असाध्यै खुसी र तनावरहित हुने देखाएको छ। 
मस्त सुताइ
मस्त निदाउने मानिस बढी खुसी हुने गरेको देखिएको छ। मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुने विज्ञ अस्ले मेरिम्यान बताउँछन्। कम सुत्ने मानिसमा नकारात्मक भावना बढी हुने अनुसन्धानले देखाएको छ। उनीहरुमा रिसाउने र झर्किने स्वभाव बढी हुने गरेको पाइएको छ।
परिवार र साथीसँग रमाउने
घरपरिवार र साथीभाइसँग समय बढी बिताउने मानिस धेरै खुसी हुने गरेका छन्। 'साथीभाइ, इष्टमित्रसँगको जमघटबाट प्राप्त हुने खुसी निकै पृथक् खालको छ, जब हामी जमघट गर्छौं  सबै पीडा भुलेर बडो आनन्द महसुस हुन थाल्छ,' विज्ञ डेनियल भन्छन्।
साथीभाइसँग समय बढी बिताउँदा सामाजिक सम्बन्ध बलियो बन्छ। आपतविपतमा सहजै सहयोग पाइन्छ र दु:खी हुनुपर्ने अवस्था आउँदैन। 'सामाजिक सम्बन्ध बलियो भएको मानिसले सबैको साथ र सहयोग पाउँछ। उसले एक्लो महसुस गर्नुपर्ने अवस्था नआएपछि खुसी स्वत: प्राप्त हुन्छ,' डेनियल थप्छन्।
यात्रा
अमेरिकन मेट्रोलोजिस्ट एशोसिएसनले प्रदूषित वातावरणका कारण बढ्दै गएको तापमानले पनि मानिसमा बढी वितृष्णा हुने गरेको बताएको छ। स्वच्छ हावामा घुम्दा सकरात्मक ऊर्जा प्राप्त हुन्छ। भ्रमणले पनि खुसी प्राप्ति हुने सान एकरले आफ्नो पुस्तक 'द एडभान्टेज अफ ह्याप्पिनेस'मा उल्लेख गरेका छन्। स्वच्छ हावामा घुम्न निस्कँदा आनन्द महसुस हुने भएकाले खुसी प्राप्त हुने उनको भनाइ छ। 'स्वच्छ हावामा २० मिनेट मात्रै घुम्दा पनि सकरात्मक ऊर्जा प्राप्त हुन्छ,' एकर आफ्नो पुस्तकमा लेख्छन्।
अरुलाई सहयोग
अरुलाई सहयोग गर्दा पनि खुसी प्राप्त हुन्छ। सहयोग गर्दा खुसी प्राप्त हुने वा नहुने पत्ता लगाउनका लागि १ सय ५० मानिसमा अध्ययन गरिएको थियो। 'कन्सर्ट, घडी, जुत्ता लगायतका वस्तुमा खर्च गर्ने मानिस र सामाजिक काममा दान गर्नेहरुमा अध्ययन गर्दा सामाजिक काममा खर्च गर्ने मानिस आफ्नो रकमको हिस्साले अरुले सहयोग पाएकोमा औधी खुसी थिए,' द एड्भान्टेज अफ ह्याप्पिनेस पुस्तकमा उल्लेख छ।
ध्यान
ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। मानिसलाई शान्त बनाउँछ। ध्यानले सकारात्मक ऊर्जासमेत बढाउने भएकाले ध्यान गर्ने मानिसहरु समेत खुसी हुन्छन्। 'ध्यानले दिमाग स्वच्छ हुन्छ र तनाव पनि घटाउँछ,' साउन एकर पुस्तक द एडभान्टेज अफ ह्याप्पिनेसमा लेख्छन्।
हामी राजनीतिमा दिन आएका हौं, लिन होइन
यो सानो कुरा हो तर पनि हामी तीनै जनाले निर्वाचनमा विजयी भएको खण्डमा आफूले पाउने तलब काठमाडौं क्षेत्र नम्बर १ का संघसंस्था र परोपकारी गतिविधिमैं खर्च गर्ने निर्णय गरेका छौं।
यो पोस्टर र प्रदेशसभाका उमेदवारको परिचय काठमाडौं क्षेत्र नं १ का सबै मतदाता कहाँ पुगोस् भन्ने चाहान्छु। क्षेत्र नं १ मा तपाईंका आफन्त या साथीभाइ कोही छन् भने यो सन्देशलाई श्यर गरिदिन हुन हार्दिक आग्रह गर्दछु।
समिक्षा बास्कोटा: अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेपछि ‘डिन्स फेलो’ मनोनित भई केही समय त्यहीँ काम गरेर आफ्नै देशमा केही गर्ने चाहानाले सन् २०१० मा नेपाल फर्किएकी बास्कोटाले केही समय एउटा बैंकको कानुनी शाखामा काम गरिन्। तर त्यहीँमात्र आफूलाई सिमित राख्न नचाहेपछि उनले आफ्नै ल र्फम दर्ता गर्नुका साथै विभिन्न शैक्षिक संस्थाहरूमा शिक्षण तथा प्राज्ञिक कार्यमा संलग्न भइन्। त्यसैबीच उनले आफ्नो बुवाले साडे तीन दशकअघि शुरू गरेको चिया तथा अन्य कृषिजन्य वस्तुको उत्पादन तथा बजारीकरणमा लागिन्। संभवत: बाल्यकाल पारिवारिक राजनीतिक पृष्टभूमिकै वरीपरी ग्रुजिएको हुनाले उनको पनि राजनीतिमा विशेष लगाव छ र उनी राष्ट्रलाई बृहत्तररूपमा योगदान पुर्याउने सबैभन्दा सशक्त माध्यम इमानदार राजनीति हो भन्नेमा विश्वस्त छिन्।
पुरूषोत्तम ढुंगेल: विद्यार्थीकालदेखि नै राजनीति शुरू गरेका ढुंगेल २०३६ सालपछि लगातार दुई कार्यकाल नेपाल विद्यार्थी संघ, धनुषाका जिल्ला सभापति थिए। धनुषाबाट काठमाडौं आएपछि २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका उनी २०६२/६३ सालको जनआन्दोलनताका वडा नम्बर ३४ (हाल ३१) मा नेपाली काँग्रेसको जनआन्दोलन परिचालन कमिटीका संयोजक थिए। तर पुरानो राजनीतिबाट दिक्क भएका ढुंगेलले वैकल्पिक राजनीतिको रूपमा विवेकशील साझा पार्टी अगाडि आएपछि आशावादी हुँदै आफ्नो आवद्दता परिवर्तन गरेका थिए। राजनीतिबाट लिने होइन, दिनु पर्छ भन्ने उनको विश्वास रहेको छ। रबिन्द्र मिश्रको facebook बाट

काठमाडौं,  । गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ‘भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् ।
मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् । गीतमा आठ बर्षीया दीक्षा ठकुरीको मनोरञ्जक नृत्य समेत छ ।
स्वर, शब्द तथा संगीत मानस राजको रहेको यस गीतको भिडियोलाई सबिन कार्की ’बिस्ट’ले तयार पारेका छन् ।
सबिनको लोभलाग्दो नृत्यसँगै उनि आँफैले निर्देशन तथा सम्पादन समेत गरेका छन् ।
प्रयोग गर्न रुचाउने सबिनले यस भिडियोमा पनि कथा तथा उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । यस गीतका एरेन्जर उदय राज पौडेल हुन् ।
धादिङकी आठ बर्षिया दीक्षाले यसै भिडियोबाट नृत्यसँगै अभिनय सुरु गरेकी हुन् । उनले यसअघि केहि गीतका कभर भिडियोमा नृत्य गरेकी थिइन् । भिडियो रिलिजसँगै दीक्षाको प्रतिभाको तारिफ गरिएको छ ।
गीतका गायक, रचनाकार तथा संगीतकार मानस राजले लेखेको ’पिरतीको छाता ओढाउँला’ बोलको चलचित्र ’रेशम फिलिली’को गीत निकै चर्चित बनेको थियो ।
त्यस्तै, चलचित्र ’डायरी’को चर्चित ’माया माया’मा मानसको शब्द तथा संगीत थियो ।
मानसले रचना गरेका पचास बढि गीतहरुमा मोहन भुसाल, सनुप पौडेल, हेमन्त राना, काली प्रसाद बास्कोटा, अल्मोडा राना लगायतले स्वर दिईसकेका छन् । मानसले रंगमञ्चमा दश वटा नाटकमा अभिनय समेत गरेका छन् ।

बृद्ध हुनु प्राकृतिक नियम हो । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने ? युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ । यसका लागि फलफुलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफुलले तपाईको छालामा चमक ल्याउछन् ।
 
सुन्तला : सुन्तलामा पर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले वृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ । सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका विबिरा, धर्सा हटाउँछ र अनुहारमा चमक आउँछ ।
स्याउ : स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सीले छालालाई चम्किलो बनाउन मद्दत गर्छ । त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।
मेवा : पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छन ै। मेवाले तौल घटाउन र मुटुको रक्षासमेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियाँले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाइदिन्छ ।
खरबुजा : खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरबुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
अनार : अनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ । यसले रेड ब्लड कर्पुस्केल्स (आरबीसी) हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिज हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।

२ मंसिर–यस वर्षको विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड २०१७)को उपाधि भारतकी मानुषी चिल्लरले जितेकी छन् । विश्वभरका ११७ देशबाट आएका प्रतिनिधिलाई पछि पार्दै चिल्लरले मिस वर्ल्डको उपाधि जितेकी हुन् ।
अन्तिम ५ पुग्न सफल भएकी चिल्लरले अन्तिम राउण्डमा सोधीएको प्रश्नमा सबैभन्दा उत्कृष्ट जवाफ दिएपछि मिस वर्ल्डको उपाधि जितेकी हुन् ।
चीनमा आयोजना भएको प्रतियोतिअन्तर्गत फस्ट रनरअपको उपाधि मेक्सिकोकी सुन्दरी एन्ड्रेया मेजाले जितिन् । यस्तै, सेकेन्ड रनरअपको उपाधि वेलायतकी स्टेफेनिया हिलले जितेकी छन् ।
नेपालकी सुन्दरी निकिता चन्दक भने समग्रमा उत्कृष्ट ४० मा पर्न सफल भइन् । चन्दक पपलुर विधाअन्तर्गत भने उत्कृष्ट १० मा परेकी थिइन् ।
मिस वर्ल्ड बनेकी मानुषीको जन्म भारतीय राज्य हरियाणामा सन् १९९७ मे महिनाको १४ तारिखमा भएको हो ।
मेडिकल विधामा अध्ययन गरिरहेकी मनुषी मिस वर्ल्ड बन्ने छैटाैं भारतीय सुन्दरी हुन् । यसअगाडि  सन् १९६६ मा रिता फारिया,  १९९४ मा ऐश्वर्या राय, १९९७ मा डायना हेडन, १९९९ मा युक्ता मुखी र २००० मा प्रियंका चोपडा  विश्व सुन्दरी भएका थिए । 

अन्ततः सरकारले नै एनालग प्रविधधिका केबल टेलिभिजनको प्रशारण बन्द गर्न थालेकाे छ । डिजिटल सिस्टमको टेलिभिजन सेवा सुरु गर्ने समयसीमा नाघेपछि सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौंबाट एनालग टेलिभिजन सेवा बन्द गर्न सुरु गरेको हो । महानगरपालिका हुँदै उपमहानगरपालिका र नगरपालिकाहरुसम्म याे अभियान सञ्चालन हुने जनाइएकाे छ ।
सरकारले बुधबार ८ वटा एनालगमा चलिरहेका केबल टेलिभिजनको हेड-इन (कन्ट्रोल रुम) को ज्याक सिल गरेको सूचना तथा सञ्चार मन्त्रालयकी सह-प्रवक्ता संगीता ओझाले जानकारी दिइन् । योसँगै राजधानीका ८ वटा केेबल टेलिभिजन बन्द भएका छन् ।
बन्द हुनेमा सुबिसुको एनालग केबल टेलिभिजनका साथमा सोनिङ, जाउलाखेल, काठमाडौं, स्काई, स्पेशटाइम, सिईसी र टिपीलिंक केबलको एनालग सेवा रहेका छन् । उनले अबकाे केही दिनमै राजधानीमा एनालग टेलिभिजन सबै बन्द हुने र अनुगमन निरन्तर रहने बताइन् ।
नगरपालिकाहरु पनि अब एनालग टेलिभिजन बन्द गर्ने क्रम तीव्र पार्ने मन्त्रालयले जनाएको छ । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुनेछ ।
एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो ।
एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताका दृष्टिकोणबाट धेरै कसरत गर्नुपर्दैन । यो व्यवस्थाअनुसार अब हरेक टेलिभिजनका लागि १५ सयदेखि ३ हजार मूल्यका छुट्टै सेट-टप बक्स लगाउनुपर्छ ।
तर, अब सेट-टप बक्सको सेवा शुल्क भने फरक-फरक लाग्छ । यो सेट-टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिनेछ ।
केबल टीभी अपरेटरले भने आफ्नो हेड-इनमा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । त्यसका लागि केबल अपरेटरसँग अब दुईवटा विकल्प छन् ।
पहिलो विकल्प डिजिटलाइज्ड सेवा प्रदायक मल्टी सर्भिस अपरेटरसँग सहकार्य गरेर उसैसँग आधारित भएर सेवा दिने विकल्प हो । अर्को भने आफैं हेड इनलाई डिजिटलाइज्ड गरेर सेवा थाल्ने हो ।
डिजिटल प्रविधिमा रुपान्तरणका लागि सबै टेलिभिजनमा सेट-टप बक्स जोडिनेछ । अब ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट-टप बक्स जोड्नुपर्नेछ । अब हरेक टेलिभिजनमा सेट-टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुट्टै शुल्क तिनुपर्नेछ ।
यसबाट अपरेटरहरुको बिजनेश पनि राम्रो हुनेछ । ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवाबापत थोरै बढी आर्थिक भार उठाउनुपर्नेछ ।livingwithict.com बाट
काठमाडौँ, ३ मंसिर। राष्ट्रपति विद्या भण्डारीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लाजिम्पाट पुगेर भेटेकी छन्।

झापामा रहेका नेता दाहाल छोरोको मृत्युको खबर पाए लगत्तै हेलिकप्टरबाट काठमाडौँ आइपुगेका थिए। घरको स्थिती बुझ्न लाजिम्पाट पुगेका दाहाललाई घरमै पुगेरराष्ट्रपतिले समवेदना व्यक्त गरेकी छन् ।

दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालय पेरिस डाँडामा राखिने भएको छ ।