Showing posts with label International. Show all posts
Showing posts with label International. Show all posts
चैत २८ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले पुछारको सन्डरल्याण्डलाई ३–० ले हरायो । १० खेलाडीमा सीमित भएको
सन्डरल्याण्डलाई हराउने क्रममा युनाइटेडका लागि जाल्टन इब्राहिमोविच, हेनरिक एमखिर्तियान र मार्कस रासफोर्डले एक एक गोल गरे । ३० औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । इब्राहिमोविचको यो प्रिमियर
लिगमा १७ औं गोल हो । उनी सर्वाधिक गोल कर्ताको सूचिमा पाँचौं स्थानमा छन् । चौथो स्थानका चेल्सीका डिएगो कोस्टाले
पनि १७ गोल नै गरेका छन् । ४३ औं मिनेटमा सेबास्टिएन लार्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सन्डरल्याण्ड १० खेलाडीमा सीमित भयो । दोस्रो हाफको सुरुमा नै एमखिर्तियानले युनाइटेडको अग्रता दोब्बर पारे । ८९ औं मिनेटमा रासफोर्डले
गोल गरेपछि जोसे मोरिन्होको टिम युनाइटेड ३–० ले विजयी भयो । जितपछि युनाइटेड आर्सनललाई पछि पार्दै ३० खेलबाट ५७
अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनलको ५४ अंक छ । युनाइटेड चौथो स्थानको म्यानचेस्टर
सिटी भन्दा चार अंकले पछि छ र एक खेल कम खेलेको छ । पराजित भएको पुछारको सन्डरल्याण्डको लिगका सात खेल बाँकी हुँदा मात्रै २० अंक छ ।

 युरोपमा सिजनको अन्त्य नहुँदै स्टार खेलाडी अर्को सिजन कुन क्लबमा जाने चर्चा सुरु हुने गर्दछ । हरेक ट्रान्फर विन्डोमा कुन खेलाडी कुन क्लबमा कति रकममा जान्छन् भन्नेमा संसारभरका फुटबल समर्थकहरुका बीचमा पनि चासो रहने गरेको छ ।

१. ज्लाटन इब्राहिमोभिच

म्यानचेस्टर युनाइटेडका इब्राहिमोभिच अमिरिकी मेजर लिग क्लब एल ए ग्यालेक्सीमा आबद्ध हुने हल्ला चुलिएको छ ।

२. एलेक्सिस स्यान्चेज 

चिलीका फरवार्ड स्यान्चेजले चेल्सी जाने चाहना व्यक्त गरेपनि आर्सेनल आफ्नो स्टार खेलाडीलाई घरेलु प्रतिस्पर्धाबाट टाढै राख्न खोजेको छ ।

३. लियोनाल मेस्सी

मेस्सीले बार्सेलोनासँग अर्को पाँच बर्षको लागि सम्झौता लम्बाउने भएका छन् ।

४. डेभिड डि जिया र एडेन हाजार्ड

रियल म्याड्रिडले प्रिमियर लिगबाट दुई खेलाडी अनुबन्धन गर्ने चाहेको छ । डेली मिररले जनाए अनुसार रियलले म्यानचेस्टर युनाइटेडका गोलकिपर डी जिया र चल्सीका स्टार हाजार्डलाई लिन खोजेको हो ।

५. नेमार

चेल्सी र म्यानचेस्टर युनाइटेड नेमारलाई भित्राउन आतुर देखिएका छन् ।





 इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा बिहीबार राइजिङ पुने सुपरजाइन्टले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । ४५ रनमा पहिटस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।

  जावफमा ब्याटिङ गरेको पुने सुपरजाइन्टले कप्तान स्टेभेन स्मिथको उत्कृष्ट इनिङ्सको मद्दतमा ३ विकेट गुमाउँदै १ बलअघि १ सिय ८७ रन बटुलेको थियो । 
 हाजार्डले २ गोल गरेपछि गए राती म्यानचेस्टर सिटीमाथि २–१ को जित हासिल गर्दै शीर्षस्थानको चेल्सीले प्रिमियर लिगमा ७ अंकको अग्रतालाई कायम राखेको छ ।जितपछि चेल्सीको अंक ७२ पुगेको छ । दोस्रो स्थानको टोटेनह्यामको भन्दा चेल्सीको ७ अंक बढी छ ।

१०  मिनेटमा हजार्डले पहिलो गोल गरि चेल्सीलाइ अग्रता दिलाए पनि सिटीका अगुरेओ ले २५औ मिनेटमा खेल बराबरीमा पुर्याएका थिए।३५औ पेनाल्टीमा आफ्नो प्रहारलाई विलि काबारेलो रोकेपछि त्यहि रिबाउन्डमा हाजार्डले गोल गरेका थिए ।
राजीव गान्धी मैदानमा पहिला ब्याटिङ गरेको सनराइजर्सले युवराज सिहंको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा निर्धारित २० ओभरमा २ सय ७ रन बनाएको थियो ।
जवाफमा आरसिबीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७२ रनमात्र बनाउन सक्यो । आरसिबीलाई रोक्ने क्रममा सनराइजर्सका रसिद खान, भुवनेश्वर कुमार र आशिष नेहराले समान २ तथा दीपक होड्डा र विपुल शर्माले समान १ विकेट लिए ।
तीब्रगतिमा रन जोड्ने क्रममा युवराज सिंहले २७ बलमा ६२ रन बनाएका थिए । म्यान अफ दी म्याच बनेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । टोलीका लागि मोसिस हेरिक्वेसले ५२ र ओपनर शिखर धवनले ४० रन जाडे । मोसिसले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
दीपक होड्डा र बेन कटिङ समान १६ रनमा अविजित रहँदा अर्का ओपनर डिभिड वार्नरले १४ रन बनाए । आरसिबीका टेमाल मिल्स, अंकित चौधरी, युजभेन्दर चाहाला र स्टुआर्ट बिन्नीले समान १ विकेट लिए ।
जवाफमा २ सय ५ रनको लक्ष्य पछ्याएको आरसिबीका लागि ओपनर क्रिस गेलले सर्वाधिक ३२ रन बनाए । त्यस्तै केदार जादवले ३१,ट्राभिस हेडले ३०, मन्दीप सिंहले २४,स्टुआर्टले ११ रन बनाए भने अन्य खेलाडीले दोहारो आकडामा रन जोड्न सकेनन् ।
स्पेन (एजेन्सी) – रियल मड्रिडका भरपर्दा रक्षक पेपेको स्पेनिस क्लबसँगको सम्झौता अन्तिम बर्ष हो । यो सिजनको अन्त्यसँगै पेपे चिनियाँ क्लब हेबेई चाइना फोर्चुन जाने लगभग पक्का भएपनि युरोपका चर्चित क्लबमध्ये पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटीले उनलाई लिने संकेत देखिएका छन् ।



सेन्ट पिटर्सबर्ग (रसिया), २१ चैत । रसियाको आतङ्कवाद विरोधी राष्ट्रिय समितिले सेन्ट पिटर्सबर्गमा भएको विस्फोटपछि यातायात क्षेत्रमा देशभर सुरक्षा व्यवस्था कडा पारिएको बताएको छ ।

रसियाली समाचार संस्था तास र इन्टरफ्याक्सका अनुसार सोमबार स्थानीय समयअनुसार दिउँसो ३ बजेर ४० मिनेट जाँदा रेलभित्र विस्फोट गराइएको थियो ।

रसियाली सुरक्षाकर्मीले एक विष्पोट नभएको विष्पोटक पदार्थसमेत सेन्ट पिटर्सवर्गकै अर्को एक रेल स्टेसनमा भेटिएको दावी गरेको छ ।


विस्फोटन लगत्तै राजधानी मस्कोलगायतका स्थानमा सुरक्षा सतर्कता थप बढाइएको छ ।

रसियाली सिनेटर भिक्टर अजेरोवले इन्टरफ्याक्ससँगको प्रतिक्रियामा झट्ट हेर्दा घटना आतङ्कवादी आक्रमण जस्तो देखिन्छ । यसबारे अनुसन्धानपछि विस्तृत विवरण बाहिर आउने नै छ, उहाँले थप्नुभयो ।

स्थानीय सामाजिक सञ्जालमा राखिएका भिडियो दृश्यमा घटनापछि रेल यात्रुहरु हतासमा ढोकाबाट बाहिरिँदै गरेका देखाइएको स्थानीय टेलिभिजनले समेत प्रसारण गरेका छन् ।

रसियाली रेल प्रशासनले घटनापछि उत्तरी रसियाका सहरहरुमा रहेका रेलस्टेसनहरु अस्थायीरुपमा बन्द गरी स्टेसन खाली पार्ने क्रम जारी छ ।

रसियाली समाचार संस्थाले रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले घटनाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएको बताउनुभयो । पुटिनले सेन्ट पिटर्सबर्गमा सोमबार नै पुगी घटनाबारे जानकारी लिनुहुने अपेक्षा गरिएको छ ।

उहाँले सोमबार नै बेलारुसका राष्ट्रपतिसँग घटनाबारे छलफल गर्नुहुनेछ ।

यसैबीच राष्ट्रपति पुटिनले विस्फोटबारे पहिलो प्रतिक्रिया दिँदै रसियाली अधिकारीले घटना आतङ्कवादी आक्रमण थियो वा अन्य कुनै समस्या हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको बताउनुभयो ।

कानुनी तथा गुप्तचर अधिकारीले आफ्नो सम्पूर्ण प्रयासलाई घटनाबारे सत्यतथ्य पत्ता लगाउन लगाएका र छिट्टै यस विषयमा थप जानकारी आउने उहाँको भनाई थियो । रासस/एपी
सेन्ट पिटर्सवर्ग (रसिया), २१ चैत । रसियाको दोस्रो ठूलो शहर सेन्ट पिटर्सवर्गमा सोमवार मेट्रो सिस्टममा भएको विष्पोटमा कम्तिमा १० जनाको मृत्यु भएका आपतकालीन सेवा प्रदायक रसियाली प्रशासनिक निकायले रसियाली सञ्चारमाध्यमलाई बताएको छ ।

प्रारम्भिक सूचना अनुसार घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ भने घछनामा ५० जनाभन्दा बढी मानिस घाइते बनेका छन् ।

सेन्ट पेटर्सवर्ग महानगर स्रोतले दिएको प्रारम्भिक भनाईमा रेलको एउटा डव्वामा शङ्कास्पद वस्तु देखिएको र सोही विस्पोट भएको हुनसक्ने बताइएको छ ।

घटनाबारे थप विवरण समाचार सङकलन गर्ने वेलासम्म उपलब्ध हुन नसकेको स्थानीय सञ्चारमाध्ययमले जनाएका छन् । रासस÷एएफपी

पाँचौं मिनेटमा ल्योरोइ सानेको गोलमा सिटीले खेलमा अग्रता दिलएको थियो । केभिन डी ब्रुइनाको पासलाई सानेले गोल गरेका थिए । घरेलु समर्थकसामु थियो वालकटले ४० औं मिनेटमा बराबरी गोल गर्दै आर्सनललाई खेलमा फर्कएका थिए । तर, त्यसको दुई मिनेट पछि नै सर्जियो अग्वेरोको गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए ।


दोस्रो हाफको सुरुआतमा आर्सनल पुनः खेलमा फर्कियो । आर्सनलको कर्नरमा डिफेन्सबाट अघि बढेका मुस्ताफिले ५३ औं मिनेटमा बराबरी गोल गरेका थिए । बराबरीपछि पनि अग्वेरोले गोल दुईपटक अवसर पाएका थिए, तर उनी सफल भएनन् ।
नरए अस्ट्रेलियाले नेपाली फुटबलर नवयुग श्रेष्ठ र अनिल गुरुङलाइ सम्मान गरेको छ। आइतबार साझ भएको सो कार्यक्रममा गुरुङ र श्रेष्ठ सहित अरु नेपाली एथलीहरु लाइ पनि सम्मान गिएको थियो।
 गए रातीको त्यो खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–१ ले हराएको छ ।
शीर्षस्थानको रियल मड्रिडको जित र लियोन मेस्सी विना दबाबका बची बार्सिलोनाले फराकिलो जितका लागि उपाधि दौडलाई यथावत राखेको छ । ४४ औं मिनेटमा लुइस स्वारेजको टोलीका लागि गोलको खाता खोलेका थिए । त्यसअघि दुई पटक स्वारेजलाई गोल गर्नबाट ग्रानाडाका गोलकिपर गुइलर्मो ओचाआले असफल बनाएका थिए ।
जेरेमी बोगाले ५० औं मिनेटमा बराबरी गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । तर ६४ औं मिनेटमा २३ बर्षिय स्ट्राइकर पाको फ्रान्सिस्को अल्कासरले गोल गर्दै बार्सिलोनालाई पुन अग्रता दिलाए । खेलको अन्त्यतिर ग्रानाडा १० खेलाडीमा सिमित भएको थियो ।
८२ औं मिनेटमा हेनरी अग्बोले दोस्रो पहेलो कार्डको सामना गर्दै मैदान छोडेपछि ग्रानाडा १० खेलाडीमा सिमित भएको थियो । त्यसको एक मिनेटपछि नै इभान राकाटिकले बार्साका लागि गोल गरे ।
इन्जुरी समयको पहिलो मिनेटमा नेमारले गोल गर्दै टोलीको जितलाई फराकिलो पारे । सन् २०१३ मा बार्सिलोनासँग आवद्ध नेमारको १ सय ७७ औं खेलमा त्यो एक सयौं गोल थियो ।
 संयुक्त राष्ट्रसङ्घ, १९ चैत  —  विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठन डब्लु.एच.ओ. ले जनाएको छ ।संयुक्त राष्ट्र सङ्घीय निकायले विश्व स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।डब्लुएचओका महानिर्देशक मार्गरेट चानले भन्नुभयो, “यो तथ्याङ्कले मानसिक स्वास्थ्यका बारेमा सबै देशहरुले पुनःविचार गर्नुपर्ने अवस्था देखाएको छ, सबै देशहरु फेरि जाग्नुपर्ने भएको छ, मानसिक स्वास्थ्यको क्षेत्रमा तत्कालै केही न केही गर्नै पर्ने भएको छ ।
”गत सन् २००५ देखि २०१५ सम्ममा १८ प्रतिशतभन्दा बढीले मानसिक रोगीको सङ्ख्यामा वृद्धि भएको छ ।त्यसैले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा पनि मानसिक स्वास्थ्यसम्बन्धी राखिएको छ । यही अप्रिल ७ तारिखका दिन विश्वभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।मानसिक रोगीलाई सहयोग गर्न र मानसिक रोगीको सङ्ख्या बढ्न नदिनेतर्फ विज्ञहरुले जोड दिएका छन् ।मानसिक समस्या भएकाका लागि सहयोगको आवश्यकता छ, स्वस्थ्य र उपलब्धिमूलक जीवनका लागि यससम्बन्धी चेतनामूलक तथा निरोधात्मक उपायहरु अपनाउनुपर्ने भएको छ ।मानसिक समस्या आत्महत्याको मुख्य कारणको रुपमा देखिएको छ । मानसिक समस्याकै कारण बर्सेनि हजारौँ मान्छेको ज्यान जाने गरेको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी पनि बढाउन आवश्यक देखिएको छ ।कतिपयदेशमा यस क्षेत्रमा लगानी छुट्याइएकै छैन भने कतिपय देशमा निकै थोरै मात्रै लगानी गरिएको छ ।मानसिक स्वास्थ्यको समस्या भएका झण्डै पचास प्रतिशतले यससम्बन्धी कुनैपनि उपचार गर्दैनन् ।सरकारले स्वास्थ्य क्षेत्रका लागि छुट्याएको झन्डै औसतमा तीन प्रतिशत बजेट मात्रै मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । रासस÷सिन्ह्वा
 

 २० चैत । दक्षिणी कोलम्बियामा गएको पहिरोका कारण कम्तीमा २०६ जनाको मृत्युभएको छ भने अरु कैयौँ घाइते र बेपत्ता भएका छन् ।

पेरु र इक्वेडरबाट केही महिनाअघि मात्रै आएका बाढीपिडित पनि पहिरोमा परेका छन् ।

दक्षिणी कोलम्बियाको मोकोआ भन्ने ठाउँमा गएको पहिरोले हजाराँै घर, पुल, सवारी साधन तथा रुखहरु ढलाएको तथा बगाएको छ ।

पछिल्लो विवरणअनुसार कम्तीमा २०६ जनाको मृत्यु २०२ जना घाइते र २२० जना बेपत्ता भएको कोलम्बियन रेडक्रसका प्रमुखले एएफपीलाई आइतबार जानकारी दिनुभयो ।

कोलम्बियाका राष्ट्रपति जोन म्यानुअल सान्तोषले उद्धारकर्तालाई भेटेर अझ सक्रियताका साथ उद्धार तथा खोजीकार्यमा सक्रिय हुन निर्देशन दिनुभएको छ ।

उहाँले घटना भएको क्षेत्रमा संकटकालको घोषणा गर्दै मृतकप्रति श्रद्धान्जलि र पीडितप्रति सहानुभूती व्यक्त गर्नुभएको छ ।

स्थानीय पुटुमायोका गभर्नर सोरेल अरोकाले “अकल्पनीय दुःखदायी घटना” भएको बताउनुभएको छ ।

उहाँले स्थानीय एक रेडियोसँग भन्नुभएको छ, “सयाँै व्यक्तिलाई हामीले अहिले फेला पार्न सकिरहेका छैनौँ, सँगसँगै भएका सबै छुट्टिएका छन् ।”

राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइका निर्देशक कार्लोस इभान र्माक्वीजले मोकोआ नदीमा पानी बढेर पहिरो आएको बताउनुभयो । विशाल हिम पहिरोका कारण मोकोआ नदीमा ठुलो बाढी आएको उहाँको भनाइ छ ।

राष्ट्रपति सान्तोषले त्यो नदिमा केही पहिनादेखि बेला बेलामा यस्तो बाढी आउने गरेको र नदी वरीपरी बसोबास गर्नेलाई सतर्क रहन भनिएपनि गएराति अनपेक्षित बाढी आएको बताउनुभयो ।

उहाँले यस दुःख घडीमा पीडित सबैलाई सरकारले पर्याप्त सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । “हामी सबै बाढीपहिरो पीडितको साथमा छौं, हामी तपाइहरुको लागि प्राथना गरिरहेका छौं” उहाँले भन्नुभयो ।

उक्त नगरमा बिजुली, पानी, फोन लगायतका सेवा अवरुद्ध भएका छन् भने झन्डै ८० प्रतिशत सडक क्षेत्रमा आवतजावत गर्न नसकिने अवस्था रहेको र पुलहरु पहिरोले बगाएको बताइएको छ ।

निरन्तरको खराब मौसम र भत्किएका संरचनाका कारण खोज तथा उद्धारकार्यमा कठिनाई भइरहेको उद्धारकर्मीले बताएका छन् ।

कोलम्बियामा बेलाबेलामा यस्ता बाढीपहिरोका कारण सयौको मृत्यु हुने गरेको छ । सन् २०११ यता यस पटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको अधिकारीले जनाएका छन् ।

गत नोभेम्बरमा दक्षिणी पश्चिमी क्षेत्रमा पर्ने इल टम्बोमा आएको पहिरोमा परी नौ जनाको मृत्यु भएको थियो । त्यसैगरी एक महिना अगाडि आएको अर्को पहिरोका कारण १० जनाको ज्यान गएको थियो ।

जलबायु परिवर्तनका कारण यस्ता अनपेक्षित र अकल्पनीय प्राकृतिक प्रकोपका घटना हुने गरेको संयुक्त राष्ट्रसङ्घीय निकायका अधिकारीले बताएका छन् । रासस




काठमाडौँ-बङगालको खाडीबाट आएको जलवास्पयुक्त हावाका कारण बदलीभएको मौसम अझै केही दिन जारी रहने विज्ञहरुले बताएका छन् ।

उक्त जलवास्पयुक्त हावाको साथै पश्चिम बङ्गाल, भारतको बिहार र नेपालको पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको विकास भएका कारण मौसम बदलीसँगै विभिन्न भेगमा वर्षा गराएको मौसमविद् वरुण पौडेलले राससलाई जानकारी दिनुभयो ।

“यो केही दिन रहन्छ, काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य भेगमा दिउँसो र साँझपख हल्का वर्षात हुने सम्भावना छ, पश्चिमी भेगमा कुनै समस्या छैन,”–उहाँले भन्नुभयो ।

यसअघि पश्चिमी वायु र स्थानीय वायुको समिश्रणले साता दिन बढी मौसम बदलीसँगै देशका पूर्वी र मध्य भेगका विभिन्न स्थानमा वर्षा भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम १६ डिग्रिसेल्सियस रहेको छ । रासस
इंगलैंडमा बसोबास गर्ने ८ बर्से नेपाली बालक सौरप साम्पाङ्ग इन्ग्लिश क्लब अर्सेनलको उ-८ टिमबाट खेल्ने भएका छन् । एकेडेमीका प्रमुख रिचार्डले  भने," जब सौरपले एकेडेमी पास गर्नेछन तब उनले अर्सेनलको मेन टिमबाट खेल्ने छन् । उनले भने हामी सौरपको सफलतामा धेरै खुसी छौ।"





२०१७/१९/३
प्रेमियर लिगमा आज भएको खेलमा मिडलब्रोउघज लाइ हराउदै मंचेस्टर इउनाइटेड चड्यो पाचौ स्थानमा ।
खेल सुरु भएको ३०औ मिनेटमा फेल्लानीको हेडरमा अग्रता लिएको मंचेस्टरले ६२ मिनेट दोस्रो गोल लिंगार्ड र ९०+३ मा भेलेनसिया ले गरेका थिए।गेस्तेदेले ७७ औ मिनेटमा गोल गरि स्कोर २-१ बनाए पनि मिडलब्रोउघज लाइ जित दिलाउन सकेनन ।

 दमक १३ मा संचालन भईरहेको शिखा बचत तथा ऋण सहकारी संस्थाले बुधबारदेखि नयां ब्यवस्थापन सहित नयां स्थानबाट कारोबार सुरु गरेको छ । २०६९ सालमा स्थापना भएको सो सहकारीले दमक ११ पशुपति मन्दिर अगाडि सुविधासम्पन्न भवनमा कार्यालय बनाई बुधबारदेखि नै कारोबार सुरु गरेको हो ।  कार्यालय उद्घाटनको अवसरमा १ सय पचास भन्दा बढीको नया खाता संचालन भएसंगै हाल सो संस्थामा ५० लाख बराबरको शेयर पूजी ,९० लाख बराबर लगानी र ६० लाख बराबर बचत कारोबार रहेको संस्थाका ब्यवस्थापक नबिन भट्टराईले जानकारी दिए । नया कार्यालयको उद्घाटन संस्थाका अध्यक्ष प्रितम सुब्बा लिङ्देनले गर्नु भएको थियो ।
राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकारी आदेशले नब्बे दिनसम्म अमेरिका प्रवेशमा रोक लगाएपछि ती मानिसहरु अलपत्र परेका थिए।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक आलोचना र विरोधप्रदर्शनका माझ आफूले मुसलमान बहुल रहेको सात देशका मानिसहरुको अमेरिका प्रवेशमाथि लगाएको अस्थायी प्रतिबन्धको बचाउ गरेका छन्।ट्रम्पले एउटा विज्ञप्ति जारी गर्दै आफूले मुसलमानको प्रवेशमाथि प्रतिबन्ध लगाएको भनेर सञ्चारमाध्यमले गलत रुपमा समाचार प्रसारण गरेको आरोप लगाएका छन्।अमेरिकाका १६ राज्यका महान्यायाधिवक्ताहरुले ट्रम्पले लगाएको प्रतिबन्ध गैरअमेरिकी र गैरकानुनी भएको भन्दै त्यसको निन्दा गरेका छन्।ट्रम्पको कार्यकारी आदेश लागू भए लगत्तैदेखि विमानस्थलहरुमा प्रदर्शनकारीहरुले र्याली निकालेका छन् भने बोस्टन, न्यूयोर्क अनि वासिङ्टनमा ह्वाइट हाउस नजिकै हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन्।धेरै संघीय न्यायाधीशहरुले भिसा लिइसकेकाहरुलाई देश फिर्ता गर्ने निर्णयमाथि अस्थायी रुपमा रोक लगाएका छन्।ट्रम्पको निर्णयबारे उनका चिफ अफ स्टाफ राइन्स प्रीबसले स्पष्ट रुपमा नरम हुँदै उक्त प्रतिबन्ध ग्रीन कार्ड अर्थात स्थायी अनुमति लिएर अमेरिकामा बस्दै आएकाहरुका लागि लागू नहुने बताएका छन्।यसैबीच संसदको माथिल्लो सदन सिनेटका डेमोक्रेटिक नेता चक सुमरले भने, ूप्रतिबन्ध लगाउने निर्णयले हामीलाई कम मानवीय, कम सुरक्षित र कम अमेरिकी बनाउँछ। हामी राष्ट्रपतिसमक्ष आफ्नो कार्यकारी आदेश उल्ट्याउन माग गर्छौं।ू
द अमेरिकन सिभिल लिबर्टीज युनियन (एसीएलयु)ले शुक्रबारको ट्रम्पको आदेशको प्रतिक्रियामा मुद्दा दायर गरेको थियो ।