Showing posts with label talking. Show all posts
Showing posts with label talking. Show all posts
काठमाडौँ, ३ मंसिर। राष्ट्रपति विद्या भण्डारीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लाजिम्पाट पुगेर भेटेकी छन्।

झापामा रहेका नेता दाहाल छोरोको मृत्युको खबर पाए लगत्तै हेलिकप्टरबाट काठमाडौँ आइपुगेका थिए। घरको स्थिती बुझ्न लाजिम्पाट पुगेका दाहाललाई घरमै पुगेरराष्ट्रपतिले समवेदना व्यक्त गरेकी छन् ।

दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालय पेरिस डाँडामा राखिने भएको छ ।
(रेवतराज पुरी गगन पूर्वक्षेत्रको विशेष गरि झापामा राजनीतिक बृत्तभित्रको जल्दो बल्दो नाम हो । पछिल्लो युवा पुस्ताका बिकाशप्रेमी नेताका रुपमा स्थापित हुदै गएका पुरी निकै हाक्की र निडर स्वभावको राजनीति गर्ने नेता भित्र पर्दछन । २०३६ साल असोजमा झापाको दमकमा जन्मनु भएका पुरीले २०५२ सालबाट नेकपा मसालको सक्रिय कार्यकर्ता भएर राजनीतिमा प्रबेश गर्नुभयो । मानविकी संकायबाट डिम्लोमा सम्मको अध्यययन पुरागर्नु भएका पुरी गणतन्त्र प्राप्तिको आन्दोलनमा ६ पटकसम्म गिरफतार हुनु भयो र लामो समय जेलमा नै ब्यतित गर्नुभयो जबसम्मको उहाँको विवाह समेत २०५६ सालमा इनरुवा हिरातमानै भएको थियो । पहिलो संविधान सभामा इलामबाट जनमोर्चा नेपालको तर्फबाट संविधानसभाको निर्वाचनमा उम्मेद्वार समेत बन्नुभएका पुरी २०६४ सालमा पार्टी एकता भएसंगै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओबादीको सक्रिय कार्यकर्ता बनेर राजनीति गर्नुभयो । हाल नेकपा माओबादी केन्द्रको केन्द्रीय सदस्य समेत रहनु भएका पुरीले आसन्न स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको मेयर पदकालागि आफनो पाटीर्का तर्फबाट उम्मेदवारी दिनुभएको छ । यी र यस्तै विषयसंग सम्बन्धित रहेर  युवा संचार कर्मीले  पुरीसंगको कुराकानी )
१) तपाईको उम्मेद्वारी किन ?

मैले याहाँ उम्मेद्वारी दिनुको मुख्य कारण दमकको बिकाशका निम्ती नै हो । दमकलाई पाँच वर्ष भित्र मुलुक कै आधुनिक सुन्दर, सम्मृद्ध र नमुना नगर निर्माण गर्ने मुखय उद्देश्य मेरो रहेको छ । जसका निम्ती नेकपा माओवादी केन्द्रको तर्फबाट मैले दमक नगरको मेयर पदकालागि उमेद्धार दिएको हु ।

२) तपाईले यो दमकलाई युरोपसंग तुलना हुनेगरि विकाश गर्छू भन्ने विषयले अहिले निकै चर्चा पाएको छ र सामाजिक संजालमा यस विषयमा निकै टिका टिप्पणीहरु पनि भएका छ नि ?

तपाईले राखेको यो प्रश्न अति नै महत्वपुर्र्ण छ । किन कि मैले दमकको प्रसंग युरोपसंग जोडेकै हो । तर यहाँ प्रष्ट हुनुपर्ने कुरा के छ भने मैले दमकलाई विश्वको युरोप बनाउछु भनेको पनि छैन र यो संभावपनि छैन । मैल त केबल यो दमकलाई यूरोपको मापदण्ड अनुसारको नेपालको चै युरोप बनाउछु भनेको हो । जुन संभब पनि छ । र म मैले बोलेको यो कुरालाई यथार्थ वस्तुपरका रुपमानै सवैले देख्न र भोग्न पाउनेगरिको नेपालको युरोप दमकलाई बनाएरै छाडछु ।

३) अहिले मुलुक उर्जा, आर्थिक, रोजागार तथा आन्तरिक उत्पादन जस्ता महत्वपुर्ण कुराहरुमा पर निर्भरता बढदै गइरहेको समयमा तपाईले बोलेको कुरालाई व्यावहारिक रुपमा लागु गर्न कतिको संभब देख्नु भएको छ ?
तपाईले भनेको माथिको कुराहरु अहिलेको बास्तविकता पनि हो । तर स्पष्ट दृष्टिकोण, तिव्र इच्छा शक्ति, कुशल नेतृत्व, विकाश प्रतिको लगाब अनि अनुभबभएको क्षमतावान व्यक्ति यदि यो नगर पालिकाको मेयर पदमा विजयी भयो भनें यस नगरलाई अवश्य पनि युरोपको मापदण्ड अनुसार मुलुकै उत्कृष्ट नगरको रुपमा विकाश गर्न सकिन्छ । किन कि अहिले पनि हामी संग धेरै संभाबनाहरु जिबित नै छ । यहाँका स्थानिय साधन र स्रोतहरुको समुचित उपयोग गर्दैै अहिले विश्वले अगाडी सारेका बिकाशका मापदण्डहरुलाई याहाँ पनि लागु गर्न सकिन्छ । दमकलाई म नेपालको उत्कृष्ट शहरको रुपमा विकाश गर्न सक्नु भन्ने हिम्मत ममा छ जसकालागि म संग निम्न आधारहरु रहेका छन । पहिलो अधार भनेको दमकका आम नगरिकहरुमा विकाशप्रति चासो चिन्ता र लगानी रहेको छ । विकाशका निम्ति दमकका नगरवासीहरु जसरी एकताबद्ध हुन्छन नेपालका अन्य कुनै नगरहरुमा पनि यस्तो उदाहरण पाइदैन । दोस्रो म स्वयमंको उम्मेद्वारीको प्रमुख एजेण्डा भनेकै विकाश निर्माण रहेको छ । नगर बासीहरुमा गगन पुरी विकाश  प्रेमी हो उसले विकाशका ठुला ठुला परियोजनाहरु भित्रयाउन सक्छ, विकाशका निम्ति जहाँ पनि र जो संग पनि मिलेर काम गर्न सक्छ, जसकालागि प्रशस्त बजेटहरु नगरमा भित्रयाउन सक्छ र उ दमकको मात्र नभएर झापाकै विकाश निर्माणकालागि पहुच र क्षमता भएको व्याक्तीहो भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ ।
४) तपाईले दमक नगरको मेयरमा जित्ने आधार चै के छ ?

म बिकाश प्रेमी र युवा उमेद्धार पनि हो । गगन पुरीले मुख्यगरि विकाश निर्माणमा  र नगरको निम्ती हिजो पनि धेरै गरेको छ र भोलीका लागि पनि त्यो आवश्यक छ । म बोलेको कुरा पुरा गर्ने व्याक्तीहु दमक को विकाशमा मात्र हैन मेरो योगदान अन्य धेरै कुराहरुमा रहेको छ । पछिल्लो उदाहरणको रुपमा दमक चिसापानी रवि सडकलाई पनि लिन सकिन्छ । अन्य उमेद्धारहरुको तुलनामा म युवा पनि छु र ममा विकाश निर्माण प्रति तेतिकै इच्छा शक्ति पनि रहेको छ । तसर्थ मलाई विश्वास छ अवश्य पनि स्थानिय निकायको निर्वाचनमा जनताले पार्टी मात्र भन्दा पनि उमेद्धार पनि हेर्ने भएकाले मलाई विश्वास छ पक्का पनि नगरबासिहरुले मालाई माया गर्नु हुने छ ।
५) अन्त्यमा के भन्न चाहनु हुन्छ ?

अन्त्यमा म के भन्न चाहन्छु भने म पहिलो पटक यस नगरको मेयर पदकालागि उमेद्धारी दिएको छु । र मालाई दमक प्रतीको गहिरो माया छ । दमकालाई अन्त कतैबाट पटक पटक हेपिएको छ दविएको छ यो अव फेरी हुन कदापि पनि हुन दिने छैन । दमकको शानलाई नेपालमा मात्र नभएर अन्तराष्टिय स्तरमा पनि परयाउने गरीको कामगर्ने मेरो उदेश्य रहेको छ । र यो मेरो उदेश्य अनुरुपको दमक निर्माणगर्ने सोचलाई पुरा गर्ने मौका नगरबासिहरुले दिनु हुने छ भन्ने आशा साथै अनुरोध पनि गरेको छु ।


 


राजविराज, २२ चैत । सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ ।

स्थानीय विनोद चौधरी (दास)को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन् ।

बम निस्क्रिय पार्नको लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशत्र प्रहरी त्यहाँ पुगेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताउनुभयो ।

यसैबीच बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ । बम फेला परेको ठाउँमा अहिले अवस्था तनावपुर्ण रहेको स्थानीयवासीले बताएका छन् । रासस
नरए अस्ट्रेलियाले नेपाली फुटबलर नवयुग श्रेष्ठ र अनिल गुरुङलाइ सम्मान गरेको छ। आइतबार साझ भएको सो कार्यक्रममा गुरुङ र श्रेष्ठ सहित अरु नेपाली एथलीहरु लाइ पनि सम्मान गिएको थियो।

काठमाडौँ, २० चैत । आफूले मागेको चुनाव चिन्ह नदिएको भन्दै निर्वाचन आयोगको कार्यालय घेर्न पुगेको नयाँशक्ति नेपाललगायत राजनीतिक दलका नेताहरु पक्राउ परेका छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले आयोग परिसरबाट नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेल, सांसद गङ्गा चौधरीलगायतका नेतालाई पक्राउ गरेको हो ।
पक्राउ परेका नेतालाई महानगरिय नगर प्रहरी कार्यालय भुकुटीमण्डपमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजेकाले उहाँहरुलाई पक्राउ गरिएको महानगरिय प्रहरी प्रभाग दरबारमार्गले जनाएको छ ।

पूर्वप्रधानमन्त्री डा भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले आयोग परिसरमा धर्नामा बसेका नेता तथा कार्यकर्तालाई प्रहरीले बिनाकारण पक्राउ गरेको बताउनुभयो । आयोग परिसरमा प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेल हुँदा केही प्रदर्शनकारी र केही प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

नयाँ शक्तिले आफूहरुलाई चुनाव चिन्ह ‘आँखा’ दिनुपर्ने माग गर्दै आएको छ । तर आयोगले भने संसद्मा रहेका दललाई वरियतामा अगाडि राखेर पहिले प्रयोग गर्दै चुनाव चिन्ह दिने र अन्यलाई भने आयोगले नै चुनाव चिन्ह दिने जनाउँदै आएको छ । रासस

बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । उनीहरुको अभियानलाई सघाउन रकम सङ्कलन समेत थालिएको छ ।

झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न लागिएको हो । अगामी वैशाख ३ गते विर्तामोडमा विशेष कार्यक्रमकाबीच दुवैजनालाई नागरिक सम्मानका साथै नगद रु १० लाख प्रदान गर्न लागिएको समारोह समितिका संयोजक विनोद बस्नेतले जानकारी दिनुभयो ।

वीरता जेसीजको अगुवाइमा बर्सेनि एक झापाली नागरिकलाई उत्कृष्ट घोषित गर्दै सम्मान गर्दै आएको सो संस्थाका अध्यक्ष सञ्जु भारतीले बताउनुभयो । सन् १९८१ मा स्थापित वीरता जेसीजले २०५२ सालबाट उत्कृष्ट नागरिक सम्मानको परम्परा सुरु गरेको हो ।

“समाज परिवर्तनका लागि विशेष योगदान पु¥याउने व्यक्तिको छनोट गरी सम्मान गर्दै आएका छौँ,”वीरता जेसीजका अध्यक्ष भारतीले भन्नुभयो । रासस


 २० चैत । दक्षिणी कोलम्बियामा गएको पहिरोका कारण कम्तीमा २०६ जनाको मृत्युभएको छ भने अरु कैयौँ घाइते र बेपत्ता भएका छन् ।

पेरु र इक्वेडरबाट केही महिनाअघि मात्रै आएका बाढीपिडित पनि पहिरोमा परेका छन् ।

दक्षिणी कोलम्बियाको मोकोआ भन्ने ठाउँमा गएको पहिरोले हजाराँै घर, पुल, सवारी साधन तथा रुखहरु ढलाएको तथा बगाएको छ ।

पछिल्लो विवरणअनुसार कम्तीमा २०६ जनाको मृत्यु २०२ जना घाइते र २२० जना बेपत्ता भएको कोलम्बियन रेडक्रसका प्रमुखले एएफपीलाई आइतबार जानकारी दिनुभयो ।

कोलम्बियाका राष्ट्रपति जोन म्यानुअल सान्तोषले उद्धारकर्तालाई भेटेर अझ सक्रियताका साथ उद्धार तथा खोजीकार्यमा सक्रिय हुन निर्देशन दिनुभएको छ ।

उहाँले घटना भएको क्षेत्रमा संकटकालको घोषणा गर्दै मृतकप्रति श्रद्धान्जलि र पीडितप्रति सहानुभूती व्यक्त गर्नुभएको छ ।

स्थानीय पुटुमायोका गभर्नर सोरेल अरोकाले “अकल्पनीय दुःखदायी घटना” भएको बताउनुभएको छ ।

उहाँले स्थानीय एक रेडियोसँग भन्नुभएको छ, “सयाँै व्यक्तिलाई हामीले अहिले फेला पार्न सकिरहेका छैनौँ, सँगसँगै भएका सबै छुट्टिएका छन् ।”

राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइका निर्देशक कार्लोस इभान र्माक्वीजले मोकोआ नदीमा पानी बढेर पहिरो आएको बताउनुभयो । विशाल हिम पहिरोका कारण मोकोआ नदीमा ठुलो बाढी आएको उहाँको भनाइ छ ।

राष्ट्रपति सान्तोषले त्यो नदिमा केही पहिनादेखि बेला बेलामा यस्तो बाढी आउने गरेको र नदी वरीपरी बसोबास गर्नेलाई सतर्क रहन भनिएपनि गएराति अनपेक्षित बाढी आएको बताउनुभयो ।

उहाँले यस दुःख घडीमा पीडित सबैलाई सरकारले पर्याप्त सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । “हामी सबै बाढीपहिरो पीडितको साथमा छौं, हामी तपाइहरुको लागि प्राथना गरिरहेका छौं” उहाँले भन्नुभयो ।

उक्त नगरमा बिजुली, पानी, फोन लगायतका सेवा अवरुद्ध भएका छन् भने झन्डै ८० प्रतिशत सडक क्षेत्रमा आवतजावत गर्न नसकिने अवस्था रहेको र पुलहरु पहिरोले बगाएको बताइएको छ ।

निरन्तरको खराब मौसम र भत्किएका संरचनाका कारण खोज तथा उद्धारकार्यमा कठिनाई भइरहेको उद्धारकर्मीले बताएका छन् ।

कोलम्बियामा बेलाबेलामा यस्ता बाढीपहिरोका कारण सयौको मृत्यु हुने गरेको छ । सन् २०११ यता यस पटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको अधिकारीले जनाएका छन् ।

गत नोभेम्बरमा दक्षिणी पश्चिमी क्षेत्रमा पर्ने इल टम्बोमा आएको पहिरोमा परी नौ जनाको मृत्यु भएको थियो । त्यसैगरी एक महिना अगाडि आएको अर्को पहिरोका कारण १० जनाको ज्यान गएको थियो ।

जलबायु परिवर्तनका कारण यस्ता अनपेक्षित र अकल्पनीय प्राकृतिक प्रकोपका घटना हुने गरेको संयुक्त राष्ट्रसङ्घीय निकायका अधिकारीले बताएका छन् । रासस





नेकपा एमालेले आयोजना गरेको मेची महाकाली जनजागरण अभियानको तेश्रो दिन सप्तरीको राजविराजमा दुःखद् घटना घट्यो । मधेसी मोर्चाले एमालेको आमसभामा अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भयो । प्रहरीले गोलि चलाउदा अहिलेसम्म ५ जनाको मृत्यु भईसकेको छ । यहि सेरोफेरोमा रहेर  सुदिप अधिकारीले मधेसी मोर्चा घटक दल सद्भावना पार्टीका महासचिव मनिसकुमार सुमनसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ सोहि कुराकानी—
१) सप्तरी घटनालाई कसरी लिनुभएको छ ?
 यो एउटा सुनियोजित र प्रायोजित घटना थियो । मधेसी मोर्चाको पूर्वनिर्धारित कार्यक्रमलाई बेवास्था गर्ने एमालेको अटेरीपनाले यो घटना घट्यो । यो एकदमै खेदजनक छ । यदि यो देशमा सरकार भन्ने चिज छ भने उसले हामीलाई नश्लबादी सोचकै कारण छानी छानी गोलि बर्साएको छ । यो घटनाले यहि देखाएको छ । मधेसीहरुलाई छानी छानी गोली हानिएको छ ।

२)  तपाईहरु किन एमालेसँग भिड्न खोज्नुहुन्छ ?
हामी एमालेसँग भिड्न खोजेका होईनौ । तर एमाले चाहि हामीसँग भिड्न आएको हो । हामीले पटक पटक एमालेका शिर्ष नेताहरुलाई तपाईहरुको अभियान पछि सार्नुस हाम्रो बन्दको कार्यक्रम सफल पार्न सहयोग गर्नुस भनेर अनुरोध गरेका हौं । तर उहाहरुको अहमताका अगाडी के लाग्छ । अब तपाई आफै भन्नुस् हामी एमालेसँग भिड्न गएका हौं कि एमाले हामीसँग भिड्न आयो ।

३)  एमालेसँग तपाईहरुको किन यत्रो रिस ?

एमालेसँग हाम्रो कुनै रिसराग छैन । हामीलाई त ति एमाले भन्ने पार्टीको नेतृत्व गर्ने र शिर्ष नेताहरु प्रति गुनाशो छ । हाम्रा सहिदहरु आपका बोटबाट झरेका आप हुन्, तिमिहरु धोती लाउछौ त्यै भएर धोती प्रदेश माग्यौ, तिमिहरु कालो छौ त्यै भएर संबिधान दिनसलाई कालो दिनका रुपमा मनायौं । यि र यस्ता अभिब्याक्ती दिदै हिड्ने उनीहरुको त्यो अपाच्य बचनले हामीलाई र सबै मधेसी जनतालाई पिरोलेको छ । त्यै भएर मधेसी जनता उनीहरुसँग आक्रोशित छन् । हामी त अझै भन्छौ एमालेजनलाई अभियान अगाडी नबढाउनुस् । अब झडप हुदा मधेसी समुदायका हैन एमालेका कार्यकर्ता ढल्नेछन् । यो ख्याल गर्नुस् ।

४)  पहिला यै संबिधान जलाउनुभयो अहिले यहि संबिधान संशोधनको मागमा हुनुहुन्छ किन ?
हामीले पूर्ण रुपमा यो संबिधान स्विकारेका छैनौ । त्यैपनि हित हुने गरि हामीले संशोधनको माग गरेका हौं ।
५ )  सरकारमा जानलाई अब चाहि हतार भएको हो तपाईहरुलाई ?
बिल्कुल हैन । तपाई रेकर्ड राख्नुस हामीमा अहिले सत्तामोह छैन । अर्को जनादेश बिना हामी सरकारमा जादैनौ । हाम्रा पहिलाका नेताज्यूहरुले मन्त्री पद खान उचालेको खुट्टाका कारण हामी अहिलेसम्म प्रताडित छौ । हेपिएका छौ । त्यसैले यस्तो हामीबाट हुनै सक्दैन ।

६ )  मोर्चा घटक दलका एकजना नेताले कांग्रेसको नेतृत्वमा सरकार भए हामी सरकारमा जान्छौ भनेका छन् नी ?
यो हुनै सक्दैन । कसले के भन्यो भन्ने भन्दापनि मैले अघि नै पनि भनिसके अर्को जनादेश पछि मात्रै आवस्यक परे हामी सरकारमा जान्छौ ।

७ )  प्रष्ट रुपमा भन्दिनुस् न मधेसी मोर्चाले खोजेको चाहि के हो खास ?
      कुरा प्रस्टै छ नि हामीले खोजेका हाम्रो अधिकार । हामीले खोजेको राज्यका हरेक अंगमा समान प्रतिनिधित्व । हामीले खाजेको समान व्यवहार । हामीले खोजेको नश्लबादी सोच र चिन्तनको अन्त्य ।



(सन्त किराती स्पस्ट बिचार भएका होटल व्यवसायी हुनुहुन्छ । दमकमा लामो समयदेखि होटल ब्यवसायमा जम्नु भएका किराती हाल होटल ब्यवसायी संघ माई पश्चिम का बरिष्ठ उपाध्यक्ष  पनि हुनुहुन्छ । दमक र आसपासका क्षेत्रमा आन्तरिक र वाह्य दुबै प्रकारका  पर्यटनको विकास गर्ने लक्ष नराखे यस भविष्यमा होटल ब्यवसाय संचालन  गर्न कठीन हुन सक्ने सम्भावना देख्ने किराती प्रयास गरे दमकमा पर्यटन प्रवद्र्धनका अनेकौ संभावनाहरु प्नि देख्नुहुन्छ । प्रस्ततु छ होटल ब्यवसायीहरुद्वारा आयोजित तेस्रो दमक फुड फेस्टिवलका अवसरमा  किरांतीसंग उज्वल भविष्यको तर्फबाट किशोर गौतमले गरको   कुराकानी )

१. फुड फेस्टिवलको आयोजना गर्नुको उद्देश्य के हो ?

वास्तवमा यो फेस्टिवलले पर्यटन प्रवद्र्धन गरोस् भन्ने हो । जिल्ला बाहिरका मानिस दमकमा आउन र यहाँको आतिथ्य सत्कारका विषयमा जानकारी हासिल गरुन् भनेर पनि हामीले फेस्टिवलको आयोजना गरेका हौ । होटल  मानिसको दोस्रो घर हो भनिन्छ र आप्नो दोस्रो घर पनि आफूले सोचे जस्तो होस भन्ने चाहना सबैलाई हुन्छ । दमकमा लगभग १५ सय होटल र सातसय लजहरु छन र सबै होटलहरुका आ–आप्mनै विशेषता रहेका हुन्छन् । कुनै एक होटलको सेवा आप्mनै किसिमले विशेष रहे पनि उपभोक्तालाई त्यो विशेषता मनपर्नु पर्छ भन्ने जरुरि पनि हँुदैन । उपभोक्ताले यति धेरै होटल मध्येबाट आप्mनु रुचि अनुसारको विशेषता भएको होटल खोज्न पनि सम्भव हुँदैन यस कारण हामी सबै होटल ब्यवसायीले एकसाथ आ–आप्ना स्टलहरु बनाएर कुनै खास अवसरमा एकैसाथ भेला भैदिएपछि त उपभोक्तालाई आवश्यक परेकाबेला कुन होटल जाने भन्ने दुविधा पनि नहुने भयो । स्वतन्त्ररुपले कुन होटल जाने भन्ने चिन्ताबाट उपभोक्तालाई मुक्त बनाउन पनि हामीले फुड फेस्टिवलको आयोजना गरेका हौ ।

२. दमक र आसपासका क्षेत्रमा होटल संचालन कति सम्भावना भएको व्यापार हो ? 

अति महत्वपूर्ण प्रश्न गर्नुभयो तपाईले । झट्ट हेर्दा होटल व्यवसाय खुबै आम्दानी हुने क्षेत्र जस्तो देखिन्छ, तर वास्तविकता भनें बेग्लै छ ।  अझ भन्नुपर्दा दमक जस्तो क्षेत्रमा अरु व्यापार ब्यवसाय त फस्टाएकै  होलान तर होटल व्यवसाय ओईलाएको छ । सातसय लज भएको दमक क्षेत्रमा दैनिक चारसय जतिमात्र मानिसहरु सुत्नेगरी आउँदछन् । दमक केही मात्रामा एनजीओ र आईएनजीओहरु भएको क्षेत्र भएकाले यस्ता संस्थामा आउने पाहुनाहरु मात्र दमकका लजमा वास बस्दछन् । न्युन मात्रामा पाहुनाहरु आउने शहरमा धेरै लज भएपछि स्वभाविक रुपमा होटल व्यवसाय धराशायी हुने नै हो । दमक आसपास क्षेत्रमा होटल व्यवसाय क्षेत्र आंशिक सम्भावना भएको क्षेत्र हो भन्दा गलत हुँदैन भन्ने मेरो ठम्याई छ ।

 ३. यो व्यवसायलाई दिगो र नाफामुखी बनाउन होटल व्यवसायस्हरुको भावी योजना चाहिँ के छ  नि ? 

हामी यस विषयमा चिन्तित भएर सोचिरहेका छौं । होटल व्यवसाय स्थापित बनाउन पर्यटक भित्र्याउनु आवश्यक हुन्छ । कुनै पनि ठाउँमा आन्तरिक होस या बाह्य दुबैखाले पर्यटक आउन कुनै न कुनै कारण चाहिन्छ । हालसम्म दमक र आसपासमा यस किसिमको प्राकृतिक अनुकूलताको स्थिति छैन । तर पनि दमकको विकास र यहा पर्यटन प्रवद्र्धनका लागि चालिएका योजनाहरु भनें आशालाग्दा किसिमका देखेका छौं ।  संसारकै ठूलो बुद्ध मूर्ति, दमक १९को ईन्द्रेणीताल, दमक १५मा बन्दै गरेको चिल्ड्रेन पार्क जस्ता आयोजनाहरुले दमक आसपासका होटलहरुको व्यवसायलाई टिकाईराख्ने संभावना देखेका छौ । र दमक नगरपालिका का यी प्रशंसनीय काममा होटल व्यवसायीहरुको पनि समर्थन, सहयोग  र सहभागिता रहने छ । यो नितिगत रुप मै हामी होटल व्यवसायीले  निर्णय पनि गरेका छौ ।

४. दमक आसपासमा धार्मिक पर्यटकीय स्थलहरु प्नि छन धार्मिक पर्यटनमा आउने तीर्थयात्रीहरुलाई दमकमा होल्ड गराउन किन नसक्नु भएको हो ?

हामी यस विषयमा पनि गम्भीर रुपमा चिन्तन गरिरहेका छौं । पाथीभरा, बराहक्षेत्र, सतासीधाम, कनकाई र लारुम्बा आउने श्रद्धालुहरुलाई दमकमा केही समय विताउन रहर जगाउने धर्मिक  र पर्यटकीय स्थल निर्माणका विषयमा पनि हामी सोचिरहेका छौं । धार्मिक  सांस्कृतिक कुरा केही जटिल पनि हुन्छ तर पनि सर्बसंस्कृति समन्वयात्मकताका आधारमा बनेको सिक्किमको चारधाम हाम्रो धार्मिक पर्यटनको रोलमोडल बन्नेहो भनें त्यो जटिलता पनि समाप्त हुन्छ  र दमकमा आन्तरिक र बाह्य पर्यटकको घुईचो नै लाग्दछ भन्ने हामी होटल ब्यवसायीको धारणा हो । तर आप्mना होटल चलाउन कै लागि यसो गर्यो भन्नें गलत अर्थ पनि लाग्न सक्छ ।  सबैले सकारात्मक रुपले सोचिदिने हो भनें  यसो गर्दा  होटलव्यवसायी मात्र हैन समग्र दमक नै लाभान्वित हुन्छ । दमको बुद्धपार्कले पनि यो कार्यमा धेरै ठूलो सहयोग हुने छ । यस विषयमा हामी होटल व्यवसायी महासंघमा पनि चर्चा गरिरहेका छौं ।


१. सञ्चार जगतमा काम गर्न सुरु कहिलेबाट गर्नुभयो ?

म आजभन्दा करीब २० बर्ष अघि जुन बेला स्नातकोत्तर अध्ययन गर्दै थिएँ, त्यहीबेलादेखि भारतका केही पत्रिकाहरुमा लेख्न थालें । पछि नेपाल आएर केही कलेजहरुमा अध्यापन गर्दै मेची अञ्चलको पहिलो रेडियो कञ्चनजंघा एफ एममा काम गर्ने मौका पाएँ । सानैदेखि रेडियोमा बोल्ने खुब रहर थियो । त्यही रहरले पनि होला मलाई रेडियोमै रमाउने मौका पाएँ । त्यसपछि दमकको पाथिभरा एफ एमसंगै विभिन्न स्थानीय अखबारहरुमा पनि काम गरें । अहिले रेडियो, छापा तथा अनलाइन माध्यमहरुमा काम गर्छु । 

२. पत्रकारितालाई तपाईंले के मान्नु भएको छ ? 

पत्रकारिता मेरो जीवनको अंग जस्तै भएको छ । त्यस्मा पनि भनौं, शरीरकै अंग जस्तो भएको छ । जुन विना मानिस अपांग हुन्छ । त्यस्तै भएको छ । जतिबेला पनि समाचारकै विषयमा दिमाग चलिरहन्छ । यो एउटा आदर्शको पेशा हो । त्यस्मा पनि लेखिन्जेलको पेशा हो । लेख्न छोडेपछि यो पेशा सकिन्छ । त्यसैले लेखिरहन पनि जहिले पनि सक्रिय हुन जरुरी छ । प्रविधिको विकाससंगै पत्रकारिताले काँचुली फेरिरहेको छ । अब कुनै एउटा माध्यमको मात्र रहेन यो पेशा । व्यवसायिक बन्नका लागि पनि जति प्रविधिको विकास हुँदै गइरहेको छ, त्यति नै पत्रकारले आफूलाई प्रविधिमैत्री बनाउन जरुरी छ । यो पेशा समाज बदल्ने पेशा हो । आवाजविहीनहरुको आवाज उठाउने पेशा हो । 

३. सञ्चारकर्मीको हैसियतलाई जनमानसमा सफल अनि स्वच्छ बनाउन हामीले के गर्नुपर्छ ?

पत्रकारिता पवित्र पेशा हो, हुनुपर्छ । तर त्यो पवित्रता कहाँ छ भनेर खोज्नुपर्ने बेला आएको जस्तो लाग्छ मलाई । म आफैंलाई प्रश्न गर्न मन लाग्छ अचेल कि मैले त्यो पवित्रतालाई कतै अपवित्र बनाइरहेको त छुइन ? यो मेरो मात्र होइन, पेशागत मर्यादामा बस्नेहरु सबैले यस्ता प्रश्न गर्न थालेका छन् । मानिसहरुको सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोणमा किन नकारात्मकता आइरहेको छ ? त्यो केलाउन जरुरी भएको छ । धेरैले भन्छन्, ‘पत्रकारहरु आर्थिक प्रलोभनमा पर्छन्’ । यस्मा पत्रकारहरु मात्र होइन, मिडियाका सञ्चालक तथा पत्रकारलाई प्रलोभन देखाउनेहरु पनि दोषी छन् । यस्ता नकारात्मक सन्देश फैलाउने किसिमका कामबाट पत्रकारहरु अलग रहन सके पत्रकारको मर्यादा बढेर जाने देख्छु । 

४. पत्रकारिता भित्र राजनीतिक हाबी छ, यसको निवारण कसरी हुन्छ  ?

राजनीति भनेको देशको मूल नीति हो । राजनीति विना पत्रकारिता संभव छैन । आम सञ्चारका माध्यमहरुमा राजनीतिका विषयलाई नै मुख्य विषयका रुपमा प्रस्तुत गरिने चलन हामीकहाँ छ । तर, यो होइन कि राजनीतिक दलको झण्डा मुनी बसेर पत्रकारिता गर्नु । पत्रकार सबैको हो । सबै राजनीतिक दल, संघसंस्था तथा सर्वसाधारण जनताको हुनुपर्छ, साझा व्यक्ति । विचार आफ्नो ठाउँमा छ । भोट कुनै दलका उम्मेद्वारलाई हालौंला । तर, समाचारका विषयमा हाम्रो भूमिका सन्तुलित हुन जरुरी छ । समाचारमा दल विशेषको झुकाव देखिनु हुँदैन । 

५. पत्रकारलाई कार्यक्रममा गएवापत खाम दिने परिपाटी ठिक कि बेठिक ?

यो बेठिक हो । तर, हामीकहाँ आमसञ्चारका माध्यम यति धेरै छन् कि तिनले आफ्ना कामदारलाई व्यवस्थित गर्न सकेकै छैनन् । भरसक निशूल्क काम लगाउन पाए हुन्थ्यो भनेजस्तो गर्छन् । अनि पत्रकारको ध्यान खाम तिर जान्छ । उसले पनि पेट पाल्न पर्छ । आमसञ्चार माध्यमका व्यवस्थापन पक्षले नै यो विषयलाई सोच्न जरुरी छ । पैसा दिन सके राख्ने नत्र किन पेशाको मर्यादा विगार्ने ? समाचार लेखेर व्यवसायिक बन्ने हो, नत्र पैसा कमाउनका लागि अन्य पेशा पनि छन् नि ।

६. अबका दिनमा पत्रकारले के के गर्नुपर्छ ?

सबभन्दा पहिला आफू मर्यादा बस्नुपर्छ । समाचारका विषयहरुमा ध्यान दिनुपर्छ । नयाँ नयाँ खोजका विषयलाई समाचारका विषय बनाउनुपर्छ । त्यसपछि मात्र नयाँ विषय जनतालाई दिन सकिन्छ । अबका दिनमा पत्रकार छापालाई मात्र, रेडियोलाई मात्र, टेलिभिजनलाई मात्र हुँदैन । जमाना मल्टिमिडियाको छ । अनलाइन माध्यमको छ । अनलाइनमा सबै कुरा अटाउनुपर्ने हुन्छ । मानिसले सूचना छिटो प्रवाह चाहन्छ । त्यसैले अब एउटै पत्रकार सबै कुरामा पोख्त हुन जरुरी छ । 

७. सञ्चार जगतको विकासको लागि राज्यबाट कस्तो नीति बन्न आवश्यक छ ?

विगतका नीतिसंग वर्तमानको नीति तुलना गर्ने हो धेरै उदार नीति राज्यले बनाएको छ । सूचनाको हक, पत्रकारहरुको पारीश्रमिक लगायतका नीति नराम्रा छैनन् । तर, अहिले पनि छापा तथा विद्युतीय सञ्चारमाध्यमलाई अनुदान लगायतका विषयमा नीति विभेदकारी छ । धेरै उदार नीति पनि राम्रो हुन्न । अराजकता ल्याउँछ । नीति उदार चाहिन्छ तर, कानूनको खिल्ली उढाउने किसिमको क्रियाकलापलाई प्रोत्साहन गर्ने होइन । संख्यामत बृद्धिलाई निरुत्साहित गर्दै गुणात्मक बृद्धिका लागि सरकारी नीति चाहिन्छ ।

८. आम सञ्चार माध्यमलाई राज्यले दिएको सुविधाबारे के भन्नुहुन्छ ?

आमसञ्चारका माध्यम स्वतन्त्र ढंगले चल्नुपर्छ भन्ने आम मान्यता छ । यदि स्वतन्त्र हुन् भने राज्यको सुविधाले राज्य परस्त बनाउँछ । त्यस्ले स्वतन्त्रतालाई परास्त गर्छ । सञ्चारमाध्यम आफैं बलियो हुनुपर्छ । सरकारी सुविधाले मात्र सञ्चार माध्यम बलियो हुन्छ भन्ने मानसिकता त्याग्नुपर्छ ।

९. अन्तमा तपाईंलाई आदर्शको रुपमा लिने तपाईंका शुभचिन्तक तथा सञ्चारकर्मी सहयात्रीहरुलाई के भन्न चाहनुहुन्छ ?

पत्रकारिता जस्तो आदर्श र मर्यादित पेशालाई धमिल्याउने प्रयास हामी कसैबाट हुनुहुँदैन । व्यवसायिकताको विकासले मात्र हामीलाई दक्ष बनाउँछ । त्यस्का लागि अध्ययन जरुरी छ । देश विदेशमा प्रविधिका विकासबारे जान्न जरुरी हुन्छ । जनताको कुरा लेखौं । प्रलोभनमा नपरौं । दुरुपयोग गर्ने कोशिस गर्नेलाई परास्त गर्न जरुरी छ । निडर पत्रकारिता आजको आवश्यक्ता हो ।

(अनलाईन युवाका लागि  सुजता निङ्गलेकु)

(नुवाकोटमा  स्थायी घर भएका बुबा नवराज लामिछाने र आमा जानुका लामिछानेका कोखबाट जन्मिएका सन्देश लामिछाने हाल नेपाल टेलिभिजनबाट प्रसारित हाँस्य टेलिश्रृङ्खला खासखुसमा बटारे कान्छा अथवा म अगाडी बढ्न चाहान्छु संग को भलाकुसारी )

हाल के मा व्यस्त हुनुहुन्छ ?

नेपालीबाट प्रशारण भईरहेको हा
स्य टेलीश्रृंखला९खासखुस०,मण्डला थिएटर तिरै व्यस्त छु, सानोतिनो व्यपार पनि गर्छु ।

तपाईलाई कलाकारिता क्षेत्रको प्रेरणाको श्रोत कसलाई मान्नुहुन्छ रु

–म पे्ररणाको स्रोत मेरै आफ्नै बुबालाई मान्दछु किनकि उहाँले उहाँले जहिलेपनि घरमा जहिलेपनि हँसाईरहनुहुन्थ्यो । यसैको प्रभाव परेर मैलेपनि घरमा पनि गाँउ घरमा साँस्कृतिक कार्यक्रमहरुमा सहभागी भई नाटक जात्रा देखाउन थाले । यसैले गर्दा म मेरा पे्ररणाका श्रोत्र मेरा बुबालाई मान्छु  ।

तपाईलाई सन्देश लामिछानेबाट म अगाडी बढ्न चाहान्छु भन्दा कस्तो अनुभूति हुन्छ ?

–सन्देश लामिछने भन्ने रियल हो भने म अगाडी बढ्न चाहान्छु भन्ने एउटा पात्र हो । यसले मलाई सबैले माया गरिदिनुहुनु भएको छ । यसमा म आफुले आफुलाई भाग्यमानी ठान्दछु ।

तपाईले म अगाडी बढ्न चाहान्छुमा बटारे कान्छा भन्ने नाम कसले दियो ?

–म अगाडी बढ्न चाहान्छु चैँ मैले नै राखेको हो तर बटारे कान्छा चाँहि केदार दाई ९माग्ने बुढा० ले राखिदिनु भएको हो ।

आगामी दिनहरुमा हामीले तपाईलाई कुन क्षेत्रमा पाउन सकिन्छ त ?

–म तन मन धन लागाएर यस क्षेत्रमा लागि परेको छु र लागिरहने छु र यहाँहरुले मलाई सँधै यहि
क्षेत्रमा नै पाउनुहुनेछ । 

तपाई अभिनय गर्नभएको पहिलो फिल्म अथवा टेलिफिल्म कुन हो रु

–मैले  सुरुमा तितो सत्यबाट अभिनय यात्रा सुरु गरेको हँु ।

तपाईको जीवनमा घटेको तर रमाईलो घटना ?

–एकचोटी म पशुपतिमा दर्शन गर्न आएको थिए र दर्शन गरेर आउँदा त जुत्ता नै थिएन म त्यस  दिन खालि खुट्टा आएको थिए । । त्यसबेला शिवशक्ति थियो कुनैपनि पसल खुलेका थिएनन् त्यसैले म खालीखुट्टै घरसम्म आएको थिए । अहिलेपनि कहिलेकाँहि सम्झन्छु त्यस दिनलाई ।

कमिडी नै गर्छु र यसैमा आवद्ध हुन्छु भनेर को बाट र कसरी प्रभावित हुनुभयो ?

–एउटा जात्रामा गएको थिए त्यहाँ एकजना क्षितिज थापा मगर भन्ने दाई हुनुहुन्छ उहाँले धेरै हँसाउनुभयो र हँसाइपछि धेरैले उहाँसंग अंगालोमारी बदाइ दिए र फोटो खिचे यो देखेर मलाई लाग्यो कि हँसायो भने त सबैले राम्रो गर्दा रहेछन, सबैले चिन्दा रहेछन् भनेर मैले पनि यसो गरे कसो होला भन्ने लागेर उहाँबाट प्रभावित भई यस क्षेत्रमा लागे ।


(उमेश खड्को सहयोगमा अनलाईन युवा)