दुइ दिन मिठो माया उ लायर गाई
मेरो सारा दुनियाँ भुलाएर गाई
एक्लो जस्तो लाग्थ्यो मालाइ यो सहरमा
बिचारिले गल्ली गल्ली डुलाएर गई
काडा पनि न उम्मृने यो मेरो दिलको
मरुभूमिमा फुल फुलायर गइ
आफैलाइ थाहा थिएन म को हु खोइ
पागलप्रेमी रहेछु खुलायर गइ
त्यो ओठ्मा झुठा मुस्कान बोकी
उ हासेर गइ मलाई रुलाएर गइ
- प्रवीण पाठक
0 comments:
Post a Comment