एप्पलले यस वर्षको सेप्टेम्बरमा आइफोना एट लञ्च गर्नेछ । यसै वर्ष आइफोनले १० वर्षमा प्रवेश गरेको थियो । यस्तो अवस्थामा अबको नयाँ आइफोन सबैभन्दा उच्च प्रविधिको हुने अनुमान गरिएको छ । यसै कारण यसको विशेषताको विषयमा टेक मार्केटमा हलचल मच्चिएको छ । एप्पलले आफ्नो नयाँ फोनलाई तार बिना नै चार्ज गर्नका लागि एक चीनियाँ कम्पनीसँग सम्झौता गरिरहेको बताइएको छ ।
डिजीटाइम्सको रिपोर्ट अनुसार एप्पलले ताइवानस्थित लाइट–अन सेमिकन्डक्टर फर्मसँग सम्झौता गरेको छ । यो कम्पनीले आइफोन एटका लागि छिटो ‘फास्ट चार्जिङ पार्टस्’ तयार गर्नेछ । यसको चार्जिङ विशेषता यस्तो उच्च प्रविधिको हुनेछ कि यो निकै टाढाबाट पनि चार्ज हुन सक्छ । यद्यपी, यो काम कसरी गरिन्छ वा कति टाढाबाट फोन चार्ज गर्न सकिन्छ भन्ने विषयमा थप जानकारी प्राप्त छैन । योभन्दा पहिले पनि मिडियामा आइफोन एट तार बिना नै चार्ज हन्छ भन्ने खबर सार्वजनिक भएको थियो ।
थ्रीडी टच र टच आइडी थप विशेष हुनेछन्ः
केजीआई एनालिष्ट मिंग– चीन कुओले आइफोनले एट थ्रीडी टच र टच आइडीलाई पहिले भने उत्कृष्ट बनाउने अपेक्षा राखेका छन् । एप्पलले यसमा फिल्म सेन्सरका साथै अत्यधिक संवेदनशील थ्रीडी टचको विशेषता उपलब्ध गराउन सक्छ । यसमा ‘wraparound’ OLED डिस्प्ले स्क्रिन हुनेछ ।
दुईवटा सिम राख्न मिल्ने ?
फोर्ब्सको रिपोर्ट अनुसार एप्पलले चीनको इन्टलेक्चुअल प्रोपर्टी अफिसमा डुअल सिम कार्ड फिचरको लागि लाइसेन्सको माग गरिरहेको छ । यस्तै एक निवेदन अमेरिकाबाट पनि स्विकृत भएको खबर सार्वजनिक भएको थियो । एप्पलले हार्ड एण्ड सिरिजको फोनमा आफ्नो एक भिन्न स्ट्यान्डर्ड मेन्टेन गरेको छ । अहिलेसम्म एप्पलले जतिपनि फोन लञ्च गरेको छ ती सबै एउटा सिम राख्ने फोन हो । तर अब प्रयोगकर्ताको आवश्यकता देखेर कम्पनीले यो कदम उठाएको हुनसक्छ ।
यस्ता हुनसक्छन् आइफोनका एटका अन्य विशेषताः
– कर्भड वा एज टु एज डिस्प्ले
– टच आइडीलाई हटाएर फोनको स्क्रिन ठूलो बनाइने
– आइफोन एट ४.७ इन्च र ५.५ इन्चमा उपलब्ध हुनेछन् ।
– डुअल क्यामरा
– A11प्रोसेसर
– वाटरप्रुफ र डस्टप्रुफ
0 comments:
Post a Comment