मोरङ, १२ माघ / मोरङको कर्सियामा अपरित ब्यक्तीहरुको एक समुहको गोली प्रहारबाट एकजना गम्भीर घाइेते भएका छन् । कर्सिया– कद्माहा सडक खण्डमा रंगेली ११ का ३५ बर्षिय घनश्याम बहरदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । जीवन विकास लघु वित्त संस्थामा काम गर्ने रंगेली–११ का बहरदार रकम संकलन गरेर संस्था तर्फ आउदै गर्दा गोली प्रहार भएको हो । गोली प्रहार हुनुको कारण खुलेको छैन । दायाँ तिघ्रामा दुईवटा गोली लागेका बहरको अहिले बिराटनगरमा रहेको बिरटनगर अस्पतालमा उपचार भईरहेका छ । घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाको अनुसन्धान भईरहेकोले पक्राउ परेका ब्यक्तीको नाम प्रहरीले सार्बजनिक गरेको छैन । यस अघि पनि बिराटनगरको रानीमा अज्ञात समुहले एकजना मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार भएको थियो । सो घटनामा पनि यसै समुहको संलग्नता रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । पछिल्ला दिनमा मोरङमा गोली प्रहारका घटनामा बृद्धी हु्दै जान थालेको छ ।
0 comments:
Post a Comment