झापाका ग्रामिण बजारहरु साघुरिदै —

झापा/ झापाको माईपश्चीम क्षेत्रमा लाग्दै आएका अधिकांश ग्रामिण बजारको स्तर उक्सिन सकेको छैन । बजारका लागि चाहिने पर्याप्त जग्गाको अभाव, भइरहेको जग्गामा पनि विभिन्न समयमा भएको मानव अतिक्रमण, स्थानीय निकायबाट बजार विकासका लागि पहल कदमी नलिदा बजारको स्तर उक्सिन नसकेको हो । कतिपय यस क्षेत्रको बजारहरुको अस्तीत्वनै संकटमा पर्दै गएको छ । २००५ सालदेखी गौरीगञ्ज ७ मा शुरु भएको बजारका लागि जग्गाको निश्चीत क्षेत्रफलनै कायम नहुदा बजार क्षेत्र साघुरिदै गएको वजारका पुराना बासिन्दा समेत रहनुभएका स्थानीय अगुवा विजयकुमार अग्रवालले बताए । यस्तै जुरोपानी गाविसका कर्मचारी रामप्रसाद दाहालले जुरोपानी गाविसको वडा नं ५ मा १५ सालताका शुरु भएको ग्वालडुब्बा बजारको जग्गा पर्याप्त नहुदा बजारको अस्तित्वनै संकटमा परेको बताउनुभयो । उहाले हाल गाविसले सो बजार स्थानान्तरणको प्रकृया समेत शुरु गरेको जानकारी दिनुभयो । यता ग्वालडुब्बा बजारमा लाग्ने साप्ताहिक हाटमा ब्यापार गर्दै आएका ब्यापारी भने बजार साघुरो भएका कारण ब्यापारमा समस्या आएको बताउछन् । यसैगरि करिब १६ सालताका सुरु भएको शिवगञ्ज बजारमा पनि बजारका लागि पर्याप्त जग्गाको अभाव रहेको छ । त्यस्तै नै चप्रामारी,गौरादह, बैगुनधुरा लगायत जिल्लाका पुराना बजारहरुपनि जग्गा अभाबका कारण समस्या झेलिरहेका छन् ।   

0 comments:

Post a Comment