(नुवाकोटमा स्थायी घर भएका बुबा नवराज लामिछाने र आमा जानुका लामिछानेका कोखबाट जन्मिएका सन्देश लामिछाने हाल नेपाल टेलिभिजनबाट प्रसारित हाँस्य टेलिश्रृङ्खला खासखुसमा बटारे कान्छा अथवा म अगाडी बढ्न चाहान्छु संग को भलाकुसारी )
हाल के मा व्यस्त हुनुहुन्छ ?
नेपालीबाट प्रशारण भईरहेको हास्य टेलीश्रृंखला९खासखुस०,मण्डला थिएटर तिरै व्यस्त छु, सानोतिनो व्यपार पनि गर्छु ।
तपाईलाई कलाकारिता क्षेत्रको प्रेरणाको श्रोत कसलाई मान्नुहुन्छ रु
–म पे्ररणाको स्रोत मेरै आफ्नै बुबालाई मान्दछु किनकि उहाँले उहाँले जहिलेपनि घरमा जहिलेपनि हँसाईरहनुहुन्थ्यो । यसैको प्रभाव परेर मैलेपनि घरमा पनि गाँउ घरमा साँस्कृतिक कार्यक्रमहरुमा सहभागी भई नाटक जात्रा देखाउन थाले । यसैले गर्दा म मेरा पे्ररणाका श्रोत्र मेरा बुबालाई मान्छु ।तपाईलाई सन्देश लामिछानेबाट म अगाडी बढ्न चाहान्छु भन्दा कस्तो अनुभूति हुन्छ ?
–सन्देश लामिछने भन्ने रियल हो भने म अगाडी बढ्न चाहान्छु भन्ने एउटा पात्र हो । यसले मलाई सबैले माया गरिदिनुहुनु भएको छ । यसमा म आफुले आफुलाई भाग्यमानी ठान्दछु ।तपाईले म अगाडी बढ्न चाहान्छुमा बटारे कान्छा भन्ने नाम कसले दियो ?
–म अगाडी बढ्न चाहान्छु चैँ मैले नै राखेको हो तर बटारे कान्छा चाँहि केदार दाई ९माग्ने बुढा० ले राखिदिनु भएको हो ।आगामी दिनहरुमा हामीले तपाईलाई कुन क्षेत्रमा पाउन सकिन्छ त ?
–म तन मन धन लागाएर यस क्षेत्रमा लागि परेको छु र लागिरहने छु र यहाँहरुले मलाई सँधै यहिक्षेत्रमा नै पाउनुहुनेछ ।
तपाई अभिनय गर्नभएको पहिलो फिल्म अथवा टेलिफिल्म कुन हो रु
–मैले सुरुमा तितो सत्यबाट अभिनय यात्रा सुरु गरेको हँु ।तपाईको जीवनमा घटेको तर रमाईलो घटना ?
–एकचोटी म पशुपतिमा दर्शन गर्न आएको थिए र दर्शन गरेर आउँदा त जुत्ता नै थिएन म त्यस दिन खालि खुट्टा आएको थिए । । त्यसबेला शिवशक्ति थियो कुनैपनि पसल खुलेका थिएनन् त्यसैले म खालीखुट्टै घरसम्म आएको थिए । अहिलेपनि कहिलेकाँहि सम्झन्छु त्यस दिनलाई ।कमिडी नै गर्छु र यसैमा आवद्ध हुन्छु भनेर को बाट र कसरी प्रभावित हुनुभयो ?
–एउटा जात्रामा गएको थिए त्यहाँ एकजना क्षितिज थापा मगर भन्ने दाई हुनुहुन्छ उहाँले धेरै हँसाउनुभयो र हँसाइपछि धेरैले उहाँसंग अंगालोमारी बदाइ दिए र फोटो खिचे यो देखेर मलाई लाग्यो कि हँसायो भने त सबैले राम्रो गर्दा रहेछन, सबैले चिन्दा रहेछन् भनेर मैले पनि यसो गरे कसो होला भन्ने लागेर उहाँबाट प्रभावित भई यस क्षेत्रमा लागे ।(उमेश खड्को सहयोगमा अनलाईन युवा)
0 comments:
Post a Comment