(सन्त किराती स्पस्ट बिचार भएका होटल व्यवसायी हुनुहुन्छ । दमकमा लामो समयदेखि होटल ब्यवसायमा जम्नु भएका किराती हाल होटल ब्यवसायी संघ माई पश्चिम का बरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ । दमक र आसपासका क्षेत्रमा आन्तरिक र वाह्य दुबै प्रकारका पर्यटनको विकास गर्ने लक्ष नराखे यस भविष्यमा होटल ब्यवसाय संचालन गर्न कठीन हुन सक्ने सम्भावना देख्ने किराती प्रयास गरे दमकमा पर्यटन प्रवद्र्धनका अनेकौ संभावनाहरु प्नि देख्नुहुन्छ । प्रस्ततु छ होटल ब्यवसायीहरुद्वारा आयोजित तेस्रो दमक फुड फेस्टिवलका अवसरमा किरांतीसंग उज्वल भविष्यको तर्फबाट किशोर गौतमले गरको कुराकानी )
१. फुड फेस्टिवलको आयोजना गर्नुको उद्देश्य के हो ?
वास्तवमा यो फेस्टिवलले पर्यटन प्रवद्र्धन गरोस् भन्ने हो । जिल्ला बाहिरका मानिस दमकमा आउन र यहाँको आतिथ्य सत्कारका विषयमा जानकारी हासिल गरुन् भनेर पनि हामीले फेस्टिवलको आयोजना गरेका हौ । होटल मानिसको दोस्रो घर हो भनिन्छ र आप्नो दोस्रो घर पनि आफूले सोचे जस्तो होस भन्ने चाहना सबैलाई हुन्छ । दमकमा लगभग १५ सय होटल र सातसय लजहरु छन र सबै होटलहरुका आ–आप्mनै विशेषता रहेका हुन्छन् । कुनै एक होटलको सेवा आप्mनै किसिमले विशेष रहे पनि उपभोक्तालाई त्यो विशेषता मनपर्नु पर्छ भन्ने जरुरि पनि हँुदैन । उपभोक्ताले यति धेरै होटल मध्येबाट आप्mनु रुचि अनुसारको विशेषता भएको होटल खोज्न पनि सम्भव हुँदैन यस कारण हामी सबै होटल ब्यवसायीले एकसाथ आ–आप्ना स्टलहरु बनाएर कुनै खास अवसरमा एकैसाथ भेला भैदिएपछि त उपभोक्तालाई आवश्यक परेकाबेला कुन होटल जाने भन्ने दुविधा पनि नहुने भयो । स्वतन्त्ररुपले कुन होटल जाने भन्ने चिन्ताबाट उपभोक्तालाई मुक्त बनाउन पनि हामीले फुड फेस्टिवलको आयोजना गरेका हौ ।
२. दमक र आसपासका क्षेत्रमा होटल संचालन कति सम्भावना भएको व्यापार हो ?
अति महत्वपूर्ण प्रश्न गर्नुभयो तपाईले । झट्ट हेर्दा होटल व्यवसाय खुबै आम्दानी हुने क्षेत्र जस्तो देखिन्छ, तर वास्तविकता भनें बेग्लै छ । अझ भन्नुपर्दा दमक जस्तो क्षेत्रमा अरु व्यापार ब्यवसाय त फस्टाएकै होलान तर होटल व्यवसाय ओईलाएको छ । सातसय लज भएको दमक क्षेत्रमा दैनिक चारसय जतिमात्र मानिसहरु सुत्नेगरी आउँदछन् । दमक केही मात्रामा एनजीओ र आईएनजीओहरु भएको क्षेत्र भएकाले यस्ता संस्थामा आउने पाहुनाहरु मात्र दमकका लजमा वास बस्दछन् । न्युन मात्रामा पाहुनाहरु आउने शहरमा धेरै लज भएपछि स्वभाविक रुपमा होटल व्यवसाय धराशायी हुने नै हो । दमक आसपास क्षेत्रमा होटल व्यवसाय क्षेत्र आंशिक सम्भावना भएको क्षेत्र हो भन्दा गलत हुँदैन भन्ने मेरो ठम्याई छ ।
३. यो व्यवसायलाई दिगो र नाफामुखी बनाउन होटल व्यवसायस्हरुको भावी योजना चाहिँ के छ नि ?
हामी यस विषयमा चिन्तित भएर सोचिरहेका छौं । होटल व्यवसाय स्थापित बनाउन पर्यटक भित्र्याउनु आवश्यक हुन्छ । कुनै पनि ठाउँमा आन्तरिक होस या बाह्य दुबैखाले पर्यटक आउन कुनै न कुनै कारण चाहिन्छ । हालसम्म दमक र आसपासमा यस किसिमको प्राकृतिक अनुकूलताको स्थिति छैन । तर पनि दमकको विकास र यहा पर्यटन प्रवद्र्धनका लागि चालिएका योजनाहरु भनें आशालाग्दा किसिमका देखेका छौं । संसारकै ठूलो बुद्ध मूर्ति, दमक १९को ईन्द्रेणीताल, दमक १५मा बन्दै गरेको चिल्ड्रेन पार्क जस्ता आयोजनाहरुले दमक आसपासका होटलहरुको व्यवसायलाई टिकाईराख्ने संभावना देखेका छौ । र दमक नगरपालिका का यी प्रशंसनीय काममा होटल व्यवसायीहरुको पनि समर्थन, सहयोग र सहभागिता रहने छ । यो नितिगत रुप मै हामी होटल व्यवसायीले निर्णय पनि गरेका छौ ।
४. दमक आसपासमा धार्मिक पर्यटकीय स्थलहरु प्नि छन धार्मिक पर्यटनमा आउने तीर्थयात्रीहरुलाई दमकमा होल्ड गराउन किन नसक्नु भएको हो ?
हामी यस विषयमा पनि गम्भीर रुपमा चिन्तन गरिरहेका छौं । पाथीभरा, बराहक्षेत्र, सतासीधाम, कनकाई र लारुम्बा आउने श्रद्धालुहरुलाई दमकमा केही समय विताउन रहर जगाउने धर्मिक र पर्यटकीय स्थल निर्माणका विषयमा पनि हामी सोचिरहेका छौं । धार्मिक सांस्कृतिक कुरा केही जटिल पनि हुन्छ तर पनि सर्बसंस्कृति समन्वयात्मकताका आधारमा बनेको सिक्किमको चारधाम हाम्रो धार्मिक पर्यटनको रोलमोडल बन्नेहो भनें त्यो जटिलता पनि समाप्त हुन्छ र दमकमा आन्तरिक र बाह्य पर्यटकको घुईचो नै लाग्दछ भन्ने हामी होटल ब्यवसायीको धारणा हो । तर आप्mना होटल चलाउन कै लागि यसो गर्यो भन्नें गलत अर्थ पनि लाग्न सक्छ । सबैले सकारात्मक रुपले सोचिदिने हो भनें यसो गर्दा होटलव्यवसायी मात्र हैन समग्र दमक नै लाभान्वित हुन्छ । दमको बुद्धपार्कले पनि यो कार्यमा धेरै ठूलो सहयोग हुने छ । यस विषयमा हामी होटल व्यवसायी महासंघमा पनि चर्चा गरिरहेका छौं ।
0 comments:
Post a Comment