मनिस भन्नेबित्तिकै राग, द्वेष, मोह र तृष्णाले चारैतिर घेरिएको एउटा प्राणी हो भन्ने बुझनु पर्दछ । यो बन्धनबाट मुक्त नहुञ्जेल मानिस आफैंले आफैंलाई चिन्दैन भने अरुलाई चिन्दछु भन्नु त सरासर झुट हो । सताब्दीऔ“ अगाडिका हाम्रा प्राचीन ग्रन्थहरुले यो कुरा स्पष्ट भनेका छन्– “राग बराबरको आगो अर्को छैन≤ द्वैष बरबरको शत्रु अर्को छैन≤ मोह बराबरको भ्रम अर्को छैन र तृष्णा बराबरको नदी अर्को छैन ।”
‘काग कराउदैमा पिना सुक्दैन’ भनेझैं अहिले पनि त्यही छ । फरक मनिसको अनुहारमा होला तर स्वभाव उही छ≤ उस्तै । बाहिरी आवरणको परिवर्तन हेरेर उभित्र पनि त्यही परिवर्तन छ भन्नु वास्तवमा एउटा ठुलो भ्रमजस्तो लाग्छ । पहिले नभनेका कुरा सायद अहिले छैन । भन्नेले भन्यो, सुन्नेले सुन्यो, भढनेले पढयो तर एकैछिन यता फर्केर चिन्तन–मनन गर्ने फुर्सद कसैलाई कहा“ ? हामी शब्दीऔ“देखि यही राग, द्वेष, मोह र तृष्णामा जेलिएर कसैको प्रशंसा गरिहेका छौ“ वा कसैको निन्दा ? हामीले कहिल्यै निराग्रह भएर सोच्न सकेनौं र सायद परम्परागत धारणाबाट अलिकति पनि मुक्त हुने साहस आफूभित्र जन्माउन सकेनौं । निरन्तर हामीले अरुकै विचार र बाटोलाई आफ्नो गर्यौं । अनि युगौं–युगदेखि फगत शरणर्थी मानसिकतामा उभिएर बा“चेकै हुन्छ । मलाई लाग्छ, यो नभइदिएको भए दुनिया“को रोचक रहस्य उहिल्यै समाप्त भइसक्ने थियो ।
सम्पन्नता र विपन्नताभन्दा महत्वपूर्ण कुरा त जीवन–जगतमा जेलिएको अन्तत≤ रोचक र रहस्य नै हो प्रत्येक भोग्ने जीवनको स्वाद उस्तै लागेपनि अनुभूतिमा फरक–फरक छ । यो भिन्नता नै मलाई लाग्छ प्रत्येक चेतनशील जीवनको बा“च्नुको आफ्नो मौलिकता हो भने यही नै व्यापक, विराट विशाल जगतको तिलस्मी रहस्य पनि हो । यहा“ चेतनास“गै चिन्ता छ, कल्पनासगैं भावुकता छ । बुद्विसगैं तर्क र ज्ञानसगैं बैराग्य बा“चेको छ । प्रत्येक मान्छे देख्नमा जति सहज र साधारण रुपमा देखिन्छ क्रमश उभित्र पस्दै जाने हो भने बल्ल थाहा हुन्छ त्यो साधारण र सहज भेटिने मान्छे कति असहज र असाधारण अवस्थामा बा“चेको हुन्छ भनेर ।
आदिमदेखि अहिलेसम्म मानिस आफ्नै असङ्ख्य इच्छाहरुको दास भएर उभिइरहेको छ । सा“च्चै नै मान्छे आफ्नो महत्वकांक्षहरुका तर¨मा झुण्डिएर बा“च्नको नाउ“मा कति ठुलो विवसतामा छट्पटाइरहेको छ । यो छट्पटी, यो विवसता सृष्टिका हरु प्रणीहरुमा छैन, हामीभित्रै छ । तर यसबारे कहिल्यै हामीले निशंकोच आफ्नो आत्मालाई सोध्यौ ? जीवन चाहे भौतिक सम्पन्नताले भरिपूर्ण होस् अथवा आध्यात्मिक सम्पन्नताले भरिपूर्ण–तैपनि जीवनमा केही न केही विपन्नता बा“की रहन्छ, जीवनको पूर्णता प्राप्तितिर लम्कनु हो ।
स्वच्छ विचार, स्वस्थ्य चिन्तन, पवित्र भावना एवं विवेकका साथसाथै आफ्नो ध्येयसम्म पुग्ने अटुट साहसबिना मानिस असाधारण व्यक्तित्वको धनी हुन सक्दैन । मानिसमा निरन्तर कर्मको आग्रहमा गरिने यावत् कर्म निरन्तर हु“दैन । कर्म गर तर फलको आशा नगर यो गीताको वाणी हाम्रा लागि अहिलेको होइन् । कर्मले मानिसलाई कर्मठ बनाउ“छ । कर्मठ व्यक्तित्व कहिल्यै अरुको दासता स्वीकारेर बा“च्दैन । मानव लक्ष्य वा उदेश्यको कुनै निश्चित उचाई र सिमाना छैन । जनक, राम, कृष्ण,बुद्व, गान्धी, बालागुरु षडानन्द अधिकारी, वि.पी. कोइराला जस्ता महापुरुषहरु पनि पहिले त सबै मनिस नै हुन् । उहा“हरुको सत्कर्म र सत्कर्म र सत्विवेकले नै उहा“हरुलाई समयले असाधारण मानव व्यक्तित्वमा अवतरण गरायो । हामीले कुनैपनि कामलाई पूजाका रुपमा लिनुपर्छ र लक्ष्य ईश्वर हुन्छु भन्ने भावनामा तमन्य हुनुपर्छ । सायद, जीवनको सार्थकता टड्कारो होला । अहिले एउटा साने बालकलाई साध्नुहोस् बाबू तिमी पछि के बन्छौ ? उसको उत्तर हुन्छ डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेण्ट, वकिल, पाइलट आदि–आदि । तर म राम्रो मान्छे बन्छु उसले सायदै भन्दैन । मान्छे बिग्रिएर भित्रभित्रै भत्किए चर्किएर अथवा समष्टिमा अनास्था र अविश्वासभित्र अभिएर जे बनेपनि के हुन्छ ? मानिसको मन सा“चिकै मानिसकै नबनेसम्म के हुन्छ ? सबैभन्दा पहिले त मानिस मानिस नै बन्नुपर्छ त्यसपछि जे बनेपनि हुन्छ कांग्रस, कम्यूनिष्ट, हिन्दु, मुस्लिम, क्रिश्चियन, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, साहित्यकार। कलाकार, न्यायधिस, नेता, मन्त्री.................... जे बनेपनि हुन्छ । आगे हाम्रै मर्जी ।
0 comments:
Post a Comment