झापा, २१ माघ/ आयोजक टोली रमपम झापा–११ फुटबल क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापाले हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पाखा लगाउँदै
फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलअवधिभर झापाका सामु हिमालयन शेर्पा निरीह देखियो । खेलको पहिलो हाफमा झापाले १–० को अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा झापाका स्ट्रइकर कर्ण लिम्बूले गोलको खाता खोलेका हुन् ।
दोस्रो हाफमा झापाले थप ३ गोल गर्यो । कर्णले नै व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २–० को अग्रता दिलाए । खेलको ७९औँ मिनेटमा डी–बक्सभित्र बुद्ध चेम्जोङले मिलाइदिएको पासलाई सदुपयोग गर्दै कर्णले बललाई जाली चुमाएका हुन् । झापाका लागि तेस्रो गोल बुद्ध चेम्जोङले गरे । खेलको ८७औँ मिनेटमा दिलेन लोक्तामको पासमा उनले झापालाई ३–० को अग्रता दिलाएका हुन् । ९०औँ मिनेटमा झापाका खमिर गिल्सन कन्दङ्बाले गोल गर्दै टिमलाई ४–० को जीत सुनिश्चत गरे । यसअघि खेलको छैठौँ मिनेटमा झापाका कप्तान नगेन्द्रमणि लिम्बूले गोल लाइनको नजिकैबाट पुस गरेको बल बाहिरिएको थियो ।
0 comments:
Post a Comment