- Home
- slider
- बर्षौ देखी पुलको आश, किन भईरहेको छ उपहास ?
बर्षौ देखी पुलको आश, किन भईरहेको छ उपहास ?
झापा – झापाको भद्रपुरमा मेचीपुल निर्माण सुरुवातको इतिहास निक्कै रोचक छ । तत्कालिन सरकारले २००८ सालमा १६ वटा नगर पञ्चायत घोषणा गरेसँगै यो स्थानमा पुल निमार्णको चर्चा सुरु भएको जानकारहरु बताउँछन् । नगर पञ्चायत घोषणाकै क्रममा भद्रपुर नगर पञ्चायतमा परिणत भएपछि त्यहाँका व्यापारी, व्यवसायीले पुलको निर्माण गर्नुपर्ने आवाज उठाए । वि.सं २०२८ सालमा तत्कालिन युवराज वीरेन्द्रलाई स्थानीयवासीले पुल निर्माणका लागि दिएको २२ लाख ८० हजार बेपत्ता भएपछि स्थानीयको पुल निर्माणको प्रयास बालुवामा पानी हाले सरह भएको थियो । २०२५ सालमा स्थानीयहरु जिल्ला पञ्चायतको तत्वाधानमा मेची पुल निर्माण समिती गठन गरेर औपचारिक रुपमै पुल निर्माणको प्रयासमा लागे । समितीले संकलन गरेको रकम हिनामिना हुने भन्दै इलाम आएका तत्कालिन युवराज वीरेन्द्रले वोलावट गरेको खबर आएपछि संकलित रकम बुझाइएको जानकारहरु वताउँछन् । मेची पुल निर्मााण नभएकै कारण २००८ सालमा स्थापित भद्रपुर नगरपालिका क्षेत्रमा भौतिक संरचना भएपनि अद्यौगिक तथा व्यापारिक थलोको रुपमा बिकास हुन सकेको छैन । कुनै बेला औद्योगिक शहरको रुपमा स्थापित भद्रपुर यतिबेला सुनसान गाउँ जस्तै बनेको छ । पूर्वमा यसै नगरपालिका भित्र रहेको आन्तरिक विमानस्थलले यो नगरपालिकाभित्र यात्रुको चहलपहल गर्ने माध्यम बनेको थियो । नेपालको मेची अञ्चल, भारतको पश्चिम बंगाल, दाजिलिङ्ग, सिक्कम र भुटान सम्मपनि आवतआवत गर्न यो क्षेत्रको प्रयोग हुन्थ्यो । तर पछिल्लो समय भारतको पश्चिम बंगालमा रहेको बागडुग्राबाट राजधानी काठमाडौ र भारतका विभिन्न स्थानमा सिधा उडान भर्न थालेपछि यसको विकासमा पुनः प्रश्न चिन्ह खडा भएको छ । यो पुल निमार्णको चर्चा चलेको लामो समय वितिसक्दा पनि निमार्ण कार्य अझै अधुरो रहनुमा सवैभन्दा वढी सरकार दोशी रहेको स्थानीयको आरोप छ । सरकारी वजेट सहि ठाउँमा सदुपयोग नहुने पुरानो रोग र ठेकेदार कम्पनीको कमिसनमुखि कामले गर्दा पुल अलपत्र पर्यो लामो समयसम्मपनि । थुप्रै पटक पुल निमार्णका लागि केन्द्र देखि स्थानीय तहसम्मवाट रकम नछुट्याएकोे होइन तर, त्यो रकम अन्यत्र खर्च हुने दुर्दशाका कारण स्थानीयले अझै मेची नदीमा पुल पाउँन सकेका छैनन । तर, अहिले निमार्ण कम्पनी भने यो कुरा मान्न तयार देखिदैन । यो पुलको निर्माण अवस्थामा दिबंगत पूर्व प्रधानमन्त्री सुशिल कोइराला देखी विभिन्न दलका नेता, तथा सांसदहरुले अवलोकन गरेका छन् । तर, समस्या अझै जहाको त्यही छ ।
0 comments:
Post a Comment