तिमी हृदय ढुकढुकी बनेर आयौ।
तो काया थियो, की ।
तो छाया थियो ,की ।
तो माया थियोे , की ।
उमेर, बैश
मन,
तन,
धन,
के थियो , कोनी
थाहै छैन ।
आज म पनि
डाँडा माथि को बुढो घाम डुबिरहेको छु ।
तिमी पनि उसैगरि डुबिरहेको छौ ।
सत्य हो ।
तिम्रो र मेरो बाटो पनि फरक छन।
र फरक ढंगमा नै
तिमी ,
मेरो स्मृतिको डाँडाको गुम्बामा
शान्त यादको दियो बनेर जलिरहेको छौ ।
तेसैले होला ,
म तिम्रो अन्तरको ईश्वर लाई
आघात प्रेम गरीरहेको छु ।
सायद
यै ईश्वरीय प्रेम नै
आज
मेरो जिबनको सुन्दर अमर प्रेम दिवस बनेको छ ।
बिरु स्वमी
0 comments:
Post a Comment