संविधान कार्यान्वयन र निर्वाचनको माहोल तयार गर्न नेकपा एमालेले झापाको काकंडभिट्टाबाट मेची महाकाली राष्ट्रिय अभियान सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रदेश नम्बर १ संयोजक भीम आचार्यलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेर सनिबार अभियानको उद्घाटन गर्नुभयो ।
संविधान कार्यान्वय, निर्वाचन, समृद्धि र स्वाभिवान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान भन्ने नाराका साथ सुरु भएको अभियानमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, भीम रावल, सचिवहरु, पोलिटव्युरो, स्थाई समिति, केन्द्रिय कमिटीका सदस्य, सांसद लगायतका नेताहरु सहभागी हुनुहुन्छ । अभियान उद्घाटनका क्रममा अध्यक्ष ओलीले संविधान कार्यान्वय र निर्वाचन हुन नदिने प्रयासलाई परास्त गर्दै अभियानले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न मद्धत गर्ने बताउनु भयो ।
यस्तै दमकमा भएको सभामा एमाले अध्यक्ष ओलीले संविधानका बिरुद्धमा चलाईएका भ्रम चिर्न अभियान सफल हुने बताउनु भयो । उहाले राष्ट्रियताका लागि एमालेले कुनै सम्झौता नगर्ने समेत दृढता व्यक्त गर्नु भयो ।
अभियानका क्रममा झापाका काकडभिट्टा, विर्तामोड तथा दमकमा भएका सभामा बरिष्ठ नेता झलनाथ खनाल, संसदीय दलका उपनेता तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ् लगायतका नेताहरुले पनि संवोधन गर्नु भयो । उहाहरुले संविधान अनुसार सरकार गठन र विघटनमा मतदान गर्नेहरुले संविधान मान्दिन भन्नुको औचित्य नरहेको तर्क गर्नु भयो ।
यस्तै अभियानका बारेमा जानकारी दिन शनिबार सांझ दमकमा भएको पत्रकार सम्मेलनमा एमालेका सचिव योगेश भट्टराईले नेपाल एकिकरणको बाकि कार्यभार एमालेले पूरा गर्ने बताउनु भयो । नेपाललाई भावनात्मक रुपमा एकिकरण गर्नैका लागि मेची महाकाली अभियान शुरु गरिएको उहाको भनाई थियो ।
काँकरभिट्टा, बिर्तामोड र दमकमा भएका जनसभामा अन्य पार्टी परित्याग गरी सयौँ नागरिक नेकपा एमालेमा प्रवेश गरेका छन् । यस्तै अभियानकै क्रममा पार्टी भूमिगत रहेका बेला सेल्टर दिने दर्जनौ अभिभावक र ७० वर्ष उमेर पार गरेका सयौँ ज्येष्ठ नागरिकलाई सम्मानित गरियो । १५ दिने मेची–महाकाली अभियान आगामी चैत ५ गते महेन्द्रनगरमा पुगेर समापन हुने एमालेले जनाएको छ । २०२९ साल फागुन २१ गते झापा बिद्रोहका ५ जना नेतालाई जेल सार्ने बहानामा सुखानीमा पुर्याई गोली हानी हत्या गरि दिएको थियो । यस दिनलाई एमालेले हरेक वर्ष सहिद दिवशका रुपमा मनाउने गरेको छ । सोहि दिनको सन्दर्भ पारि एमालेले अभियान शुरु गरेको हो ।
0 comments:
Post a Comment