झापाकै केन्द्रविन्दु मानिएको शिवसताक्षी नगरपालिका अन्तर्गतको दुधे शिवगञ्ज महाभाराको कालापत्रे सडक योजना होर्डिङ बोर्डमा मात्र सीमित भएको छ । शिवसताक्षीको दुध चौकमै रहेको उक्त बोर्डमा यही असार मसान्त देखि काम थाल्ने बताएता पनि हालसम्म बाटोको कामको क पनि शुरु गरेको देखिदैंन । पुर्व पश्चिम राजमार्गको दुधेबाट दक्षिण कुञ्जिबारी झर्ने लगभग १० कि.मी. कालोपत्रे गर्न निर्माणको ठेक्का पाएको गौरा, पार्वता÷ निलगिरी जेभी कन्ट्रक्सन प्रा.लि. काठमाण्डौंले ( महिनाभित्रमा अर्थात जुलाई २३ २०१५ अर्थात (असार ३), २)७२) देखि काम शुरु गरी २२ अप्रिल २०१६ सम्ममा सक्ने भनि दर्शाइएको छ । तर उक्त कम्पनीले ६ महिना बितिसक्दा समेत कालोपत्रे निर्माण शुरु गरेको छैन । नेपाल सरकारको ग्रामीण सडक स्तरोन्नतिका लागि विनियोजित रकमबाट निर्माण हुने सो सडक ¥याप ३ ले ८ करोड ५६ लाख (४ हजार ६ सय ५) रुपैंया ६२ पैसामा उक्त कम्पनीसंग सम्झौता गरेको हो । सडकमा यतिबेला पनि अनगिन्ति खाल्डाखुल्डी छन् । जसका कारण दुई पाङ्ग्रे सवारीदेखी ठुला यातायातका साधनले समेत धेरै सास्ती भोग्नु परेको अवस्था छर्लङ्गै छ । विगतमा सडक विभागले दुधेदेखि झारबारी चौकसम्म त कालेपत्रे गरेको थियो । तरपनि त्यस समयमा बनेको सडक महिनादेखि नै उक्त सडक भत्किन थालेको बताउँछन् स्थानीयहरु । त्यसका साथसाथै नियमित रुपमा मर्मत सम्हार नगर्दा सो सडकको अझ अवस्था दयनीय भएको छ । गत असार १५ गतेका दिन त उक्त सडकखण्डका विभिन्न स्थानहरुमा यातायात व्यवसायीहरुका साथसाथै स्थानीयहरुले सडक स्तरोन्नतिको माग गर्दै धान रोपाँईं नै गरेका थिए । तर उक्त निर्माण कम्पनीले यी यावत समस्याहरुलाई कानमा तेल थापी बसिरहेको आभाष सजिलै गर्न सकिन्छ । सो सडक निर्माणमा यतिका अवधि गुज्रिसक्दा पनि निर्माण कम्पनीले भने चासो नदेखाउँदा स्थानीयबासीहरु आक्रोशित समेत बनेका छन् । सडक निर्माणका निम्ति गत चैत्रमा केही समाचारपत्रहरुमा ठेक्का बोलपत्र आव्हान गरिएको सुचना बाहिर आएसंगसंगै दाता संस्था ¥यापका प्राविधिक र वातावरण सर्भेक्षकहरुले सो सडकखण्डको अनुगमन तथा निर्माणका लागि विभिन्न स्थानहरुमा भेला आयोजना गरी निर्माणका असरका बारेमा स्थानीयसंग छलफल भइरहँदा त्यस भेगका अधिकांश स्थानीयबासीहरुले हर्ष व्यक्त गर्दैे खसी नै काटेर भोज समेत चलाएका थिए । तर करीब १ वर्षमा पनि निर्माण थालनीको कुनै संकेत नदेखेपछि स्थानीय तथा यातायात व्यवसायीहरुले तत्काल सडक निर्माण थालनीका लागि स्थानीय नगरपालिका, जि.वि.स. लगायत सरोकारवाला निकायहरुलाई घच्घचाइ रहँदा न त कुनै सुनुवाइ नै भयो, न त सडक निर्माणको थालनी नै भयो । सो सडकखण्ड छुने मुख्य २ गाविस शिवगञ्ज र सतासीधाम गाविस नगरपालिकामा परिणत भएको २ वर्ष पुग्नै लाग्दा नगरको मुख्य सडकखण्ड नै निर्माण नहुनुमा नगरपालिका घोषणा प्रति नै प्रश्न चिन्ह खडा भएको छ ।
ओलीको सरकार ढाल्ने चेतावनि
On Saturday, February 04, 2017

0 comments:
Post a Comment