अन्तर्राष्ट्रिय स्तरको गोल्डकप सुरु
धरान, २१ माघ ः मोफसलकै सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय स्तरको गोल्डकप
बुढासु्ब्बा गोल्डपको १९ औं संस्कर आगामी फागुन ५ गतेदेखि हुने भएको
छ ।
आयोजक धरान फुटबल क्लबले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी
प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरमा फागुन ५देखि १४ गतेसम्म
सञ्चालन हुने प्रतियोगितामा सम्भावित १२ टिमले सहभागिता जनाउने अनुमान
गरिए पनि १० टिम भने आउने पक्का रहेको आयोजक क्लबका अध्यक्ष एवम् एन्फा
उपाध्यक्ष किशोर राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
बाइट.......
प्रतियोगितामा थ्रिस्टार क्लब काठमाण्डौ , रुपन्देही ११, विभागी टिम सशस्त्र
प्रहरीको एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, आयोजक धरान फुटबल
्क्लब रातो र निलो, सहरा क्लब पोखराका साथै भुटानको भुटान राष्ट्रिय टिम,
धनमुन्दी क्लब, बंगलादेश, सिलोड भारतको टिम, हङहङ नेप्लिज टिम लगायतले
सहभागिता जनाउने अध्यक्ष राईले जानकारी दिनुभयो । प्रतियोगितामा गत बर्ष
अर्थात १८ औं संस्करको विजेता मनाङ मस्र्याङ्दी क्लबले भने सहभागिता नजाउने
भएको छ ।
६५ लाख६७ हजार अनुमानित बजेट लाग्ने प्रतियोगितामा प्रथम हुने टिमलाई ५
लाख, दोस्रो हुनेलाई २ लाख ५० हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्रदान
गरिने भएको छ । गतबर्षभन्दा पुरस्कारको राशी बढाएको आयोजले जानकारी
दिएको छ । गत बर्ष ४ लाख पाएको विजेता टिमले यसपटक १ लाख बढाएर ५ लाख
र २ लाख पाएको उपविजेताले यसपटक ५० हजार बढाएर २ लाख ५० हजार बनाइएको
अध्यक्ष राईले जानकारी दिनुभयो ।
यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित खेलाडीलाई १ लाख ८० हजार बराबरको
यमाहा मोटरसाइकल, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट गोल रक्षकलाई ,
उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई
१५ हजारका दरले प्रदान गरिने भएको छ ।
प्रत्योगितालाई समयमै सफलतापूर्वक सञ्चालन गर्न क्लवका पदाधिकारीहरु संयोजक
रहेको ९ वटा उपसभिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ
0 comments:
Post a Comment