लखनपुरमा प्रथम राष्ट्रिय बाल मेलाको उद्घाटन


सुजता निङ्गलेकु /  माग २५ दमक -  झापाको लखनपुरमा आजदेखि प्रथम राष्ट्रिय बाल महोत्सव सुरु भएको छ । उज्यालो बाल क्लब लखनपुर र २४ वटा बाल क्लबको साझेदारीमा सुरु भएको सो कार्यक्रमलाई प्रमुख अथिति  शिक्षामन्त्री धनी राम पौडेलले विद्यार्थीहरु द्धारा निर्मित रकेट उडाई कार्यक्रमको समुद्घाटन गरेका थिए । 
२५ गते देखि सुरु भएको सो कार्यक्रम २९ गते समापन हुने बताइएको छ । बालबालिकाले देउशी भैलो खेलेर जम्मा गरेको रकमले आयोजना गरेको सो  कार्यक्रमक पूर्वको सम्पूर्ण बालबालीकाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ज्ञान–विज्ञान सम्बन्धी, विभिन्न  कलात्मक हस्तकला, संस्कृति झल्कने कलात्मक बस्तुहरु साथै पाक कला सम्बन्धी स्टल राखिएको थियो भने बालबालिकालाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल सामाग्रीहरु पनि थिए । कार्यक्रममा राखिएको विभिन्न स्टलले बालबालिकाका लागि खुल्ला पाठशालाको रुपमा रहेको देखिन्थ्यो भने कार्यक्रममा विभिन्न सास्ंकृतिक कार्यक्रम तथा बाल गायन प्रतियोगिता, बाल स्वास्थ्य शिविर, बाल चित्रकला प्रतियोगिता लगायतका विभिन्न कर्यक्रम रहेको थियो । सो कार्यक्रमा  प्रमुख जिल्ला अधिकारी उत्तम कुमार खत्री, केन्द्रीय बाल कल्याण समिति कार्यकारी निर्देशक पारस धिताल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।



0 comments:

Post a Comment