मन्दिर पुनःनिर्माणका लागि श्रीमद्भावगत पुराण


सुजता निङ्गलेकु
दमक,  २६ माघ–   इलाममा मात्र नभई पूर्वको विभिन्न स्थानमा धार्मिक, सांस्कृतिक क्षेत्रमा आन्तरीक पर्यट्रन प्रर्वद्धन गर्ने उद्देश्य सहित इलामको फुएतप्पा गा.वि.स. ४ अवस्थीत जुरीथुम्की शिवालय मन्दिरमा श्रीमद्भावगत ज्ञान महायज्ञ पुराण आयोजना गरेका छन् ।
 बुधबार झापाको दमकमा पुराण आयोजक समिति इलामबाट आएका आयोजक टोलीले आयोजना गरेको पत्रकार–भेटघाटमा जानकारी गराएको हो ।
आगामी फागुन २८ गते देखि चैत्र ५ गते सम्म हुने महायज्ञ पुराणमा पण्डित लोमष उपाध्याय (घिमिरे) र पण्डित गणेश साण्डिल्य काफलेले पुराणमा कथा वाचन गर्ने भएका छन ।  पुराणबाट रु दश लाख नगद र अन्य जिन्सि सामाग्रीहरु संकलन गर्ने लक्ष्य राखिएको र पुराण समपन्न गर्न विभिन्न ११ वटा उपसमितिहरु गठन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढाका बहादुर मगरले बताए । गोरुको जस्तो जस्तो जरो उठेको डाँडा र जुरो जस्तो थुम्को उठेको परापूर्वकाल देखि जुरोथुम्को नामले परिचित रहेको सो ठाँउबाट इलाम लगायत पाँचथरका विभिन्न ठाँउहरुलाई अवलोकन गर्न सकिने पुराण समितिका संयोजक चन्द्र कृष्ण सुवेदीले बताए ।  २०२९ सालमा स्थापना भएको जुरीथुम्की मन्दिर २०४५ सालको भुकम्पले जिर्ण भएको मन्दिरलाई स्थानिय बासिन्दा र  स्थानिय निकायको पहलमा पुर्ण निर्माण गरेर व्यवस्थापन गरे पनि २०७२ सालको महाविनासकारी भुकम्पले मन्दिरलाई पुनः क्ष्यति पुर्याएको पुराण आयोजक समिति महासचिव सुनिल खनालले जानकारी दिए ।

0 comments:

Post a Comment