दमक वहुमुखि क्याम्पसमा तेस्रो विज्ञान प्रर्दशनि सुरु हुने


झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा यहि माघ २१ देखि तेश्रो विज्ञान प्रदर्शनी हुने भएको छ ।यहि माघ २१ गते देखि २४ गतेसम्म क्याम्पस परिसरमा विज्ञान प्रदर्शनी गर्न लागिएको  क्याम्पसले पत्रकार सम्मेलनको अयोजना गरि जानकारी गराएको हो । प्रर्दशनीमा  क्याम्पसका विदयार्थीहरुले निर्माण गरेका विज्ञानका सामाग्रीहरु समेत राखिने भएको छ ।चारदिनसम्म चल्ने प्रदर्शनीमा भौतिक,रासयनिक,जीव तथा वातवरण विज्ञानसँग सम्बन्धित १५० भन्दा धेरै स्टलहरु राखिने जानकारी प्राप्त भएको छ ।
प्रर्दशनीमा करिब ७ लाख रकम रुपैया खर्च हुने अनुमान गरिएको क्याम्पसले जनाएको छ ।

0 comments:

Post a Comment