एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको छ । प्रहरीको गोली लागेर मोर्चाका एकजना कार्यकर्ताको मृत्यु भएको बताइएको छ ।
‘एक जनाको मृत्यु भएको भन्ने खबर आएको छ’ सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले भने, ‘विस्तृत विवरण बुझ्दैछु ।
मोर्चाका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका रञ्जन मेहताको मृत्यु भएको छ । अन्य केहीलाई गोली लागेको बताईएको छ ।
मोर्चातर्फ ११ जना घाइते रहेकोमा तीन जनाको अवस्था गम्भिर रहेको र घाइतेहरुको गजेन्द्र नारायण अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रहरीले आफ्नो तर्फ २० जना घाइते भएको बताएको छ ।
0 comments:
Post a Comment