छाराहाङ को शोकसभा सम्पन्न !
संघीय लिम्बुवान पार्टी नेपाल द्वारा राष्ट्रिय मुक्ति आन्दोलन का सर्वोच्च नेता स्व कमल छाराहाङ ११ औं पुण्य तिथिका अवसरमा शोकसभा को आयोजना गरेको छ।पार्टी उपाध्यक्ष तेन्धङहाङ मिभक ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सन्जुहाङ पालुङ्वा, बिशिस्ट अतिथि आठपहरिया भाषा तथा साँस्कृतिक विद डा.टंक न्यौपाने उपस्थित हुनुन्थ्यो भने स्वर्गीय छाराहाङ ज्येष्ठ सुपुत्र राजन छाराहाङ को आतिथ्य मा सम्पन्न कार्यक्रम मा शोक सहितको समबेदना मन्तव्य पार्टीका महासचिव गजेन्द्र लावती ज्युले राख्नु भएको थियो। उहाँले स्वर्गीय छाराहाङ को जिवनी प्रती विश्लेषण सहित आफ्नो भनाइ राख्नु भएको थियो। त्यसैगरी आठपहरिया भाषा तथा साँस्कृतिक विद डा.टंक न्यौपाने द्वारा स्वर्गीय छाराहाङ प्रती समवेदना सहित उहाँको जिवनी बारे संछिप्त पहिचान सम्बन्धि जानकारी गराउनु भयो।
यसैगरी स्वर्गीय छाराहाङ ज्येष्ठ सुपुत्र राजन छाराहाङ वाट पनि सो कार्यक्रम मा वुवा प्रती समवेदना व्यक्त गर्दै वुवाको राजनैतिक अभ्यास हरुमा जतिवेला संघीयता भन्ने कुरा कुनै पार्टीले उचारण नगरेको अवस्थामा संघीयता र पहिचान अनि स्वायत्तता को राजनीति बारे घनिभुत उठान गर्नुभएको कुरा स्मरण गराउनु भएको थियो।यसैगरी उक्त शोकसभा लाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वा ज्यु ले समवेदना प्रकट गर्दै लामो समय सम्म आफुहरुको राजनैतिक सहकार्य सम्बन्ध मा जानकारी गराएका थिए ।भने संघीयता को राजनीति र जातीय मुक्ति क्रान्तिको राजनितिमा पहिलो पल्ट कमल छाहाराङ्को हात बाट पार्टिको सदस्यता ग्रहण गरि आजसम्म म यहाँ आइपुगेको छु। उहाँको प्रमुख राजनैतिक दर्शन भनेको राष्ट्रिय मुक्ति आन्दोलन थियो, त्यो भन्दा अरु कुनैपनी अन्य राजनैतिक विचारमा अघि बढ्नु भएन, उहाँको प्रमुख दर्शन अनि साहित्य भनेकौ संघीयता पहिचान धर्मनिरपेक्षता समानता र स्वशासन नै हुन, त्यसैको जग मा आज सारा नेपाली आदिवासी हरु अघि बढ्न सफल भएका छौँ। नेपाली भुमिपुत्र का लागि एउटा सुनौलो युगको कल्पना गर्ने उहाँ साँच्चिकै महान अनि आदर्शवादी नेतृत्व भएको पनि अध्यक्ष ज्युले बताउनु भयो। साथै गोरेबहादुर खपाङगी काजीमान कन्दङ्वा लगायत का नेतृत्व भएर नि वास्तविक नेतृत्वदायी भुमिका मा उहाँले सम्पूर्ण नेपाली आदिवासी हरुको राजनैतिक अभिभावकत्व निर्बाह गर्नुभएको प्रष्ट पार्नु भयो।
त्यसैले उहाँ जस्तो महान नेतृत्व प्रती श्रद्धा सहित सम्झना स्वरुप कमलछाराहाङ स्मृति को निम्ति सबै पार्टी नेताकार्यकर्ता हरुले पनि उहाँको जिवनी प्रती जे छ आफुले बुझिएको छ लेखेर आगामी जेष्ठ २२ गते सम्म मा पार्टी ले तोकेको कमल छाराहाङ स्मृति प्रतिष्ठान स्थापना समिति लाई बुझाउन निर्देशन जारि गर्नु भएको छ।
अन्तमा कार्यक्रमका अध्यक्ष तेन्धङहाङ मिभक ले सभालाई सम्बोधन गर्दै स्वर्गीय छाराहाङ ले देखाउनु भएका हरेक बाटोमा अप्ठ्यारा हरु होलान तर राम्रो र अति सहि भएको प्रकाश पार्दै भावी दिन हरुमा हरसम्भव ती महान बिचार र वाणी हरुको जगेर्ना गर्दै सबैलाई एकतावद्द गरि अघि बढ्न आग्रह गर्दै  शोक शभा समापन गरेका थिए।


0 comments:

Post a Comment