सुजाता निङ्गलेकु दमक, ३ चैत्र — दमक वहुमुखी क्याम्पसको स्वबियु निर्वाचनमा विजयी हुने पदाधिकारी र सदस्यहरुले विहिबार पदभार गरेका छन् । सोही अवसरमा निर्वाचित स्वबियु पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिले पदभार ग्रहणसहितको प्रमाण–पत्र वितरण गरेको छ ।फाल्गुन १९ गते सम्पन्न दमक वहुमुखी क्याम्पसको स्वबियु निर्वाचनमा विद्यार्थी संगठनहरुवीच प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा नेपाल विद्यार्थी संघको तर्पवाट अध्यक्षका उम्मेद्धवार विनोद चापागाई विजयी भएका थिए ।सविचमा अनेरास्वबियुको तर्फवाट रोशन भण्डारी, कोषाध्यक्षमा सुनिल धिमाल विजयी भएका थिए । त्यस्तै सदस्यहरुमा गंगाप्रसाद प्रसाई, लिला सिटौला, सुवोध ओझा, नेत्रप्रसाद भण्डारी, तनुजा दुलाल, रोशन काफ्ले र महेश भट्टराई विजयी भएका थिए ।अध्यक्षमा विजयी चापागाईले अनेरास्वबियुका तर्फवाट अध्यक्षका उम्मेद्धवार सन्तोष दुलाल र अखिल कान्तिकारीको तर्फवाट अध्यक्षका उम्मे्द्धवार कुलवहादुर ९रवि० बस्नेतलाई पराजीत गरेका थिए ।पदभार तथा प्रमाणपत्र वितरण कार्यक्रममा निर्वाचन समितिका संयोजक नारायण प्रसाद भट्टराई, क्याम्पस प्रमुख उत्तम भट्टराईले वधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा नेकपा एमालेका युवा विद्यार्थी नेता दिपेश दाहाल र नेपाली काग्रेस दमक नगरका दिपेश दाहालको उपस्थिति रहेको थियो । त्यस्तै विजयी हुनेहरुको तर्फवाट अध्यक्ष चापागाई, सचिव भण्डारी र कोषाध्क्ष धिमालले प्रतिवद्धततासहित आफ्ना मन्तव्य राखेका थिए ।
0 comments:
Post a Comment