गोविन्द बस्नेत धरान ३ चैत्र — देशभर आज माध्यामिक शिक्षा परीक्षा (एसईई)को अंग्रेजी विषयको परीक्षा सकिएको छ । यसैक्रममा सुनसरीमा १४ हजार ४२ जनाले एसईईको परीक्षामा सामेल छन् । यी मध्ये रेगुलरमा ११ हजार ८ सय ३०, एम्जाम्टेड १ हजार ६३ र ग्रेडिङ १ हजार १ सय ४९ जना रहेको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ ।धरानमा ल्याबोरेटीरी उच्च मा.वि., शिक्षा सदन उच्च मा.वि., शिक्षा निकेतन उच्च मा.वि, भानु स्मृति मा.वि., पब्लिक उच्च मा.वि. धरान १२, पब्लिक मा.वि. फुस्रे., बालिका उच्च मा.वि., ज्ञानोदय उच्च मावि र सहीद स्मृति मा.वि. ९ वटा केन्द्र तोकिएको छ । धरानबाट मात्र २ हजार ५ सय विद्यार्थीले परीक्षा दिइरहेको जिल्ला शिक्षा कार्यालय सुनसरीका स्रोत व्यक्ति खेमचन्द्र सुवेदीले जानकारी दिनुभयो । यी केन्द्रमध्ये धरानको सहीद स्मृति मा.वि धरान ८मा भिन्न क्षमता भएका दृष्टिविहीन छात्राहरुले समेत परीक्षा दिइरहेका छन् । ज्ञानचक्षु विद्यालय धरान ८ मा अध्ययनरत एलिना लिम्बु, अस्मिता श्रेष्ठ, राधाकुमारी साह, संगीता राई र शान्तमाया राईले परीक्षा दिइहरेका छन् । २ घण्टा १५ मिनेट समय तोकेको भएपनि पनि दृष्टिविहीनहरुको लागि भने थप एक घण्टा थप गरी ३ घण्टा १५ मिनेट समय तोकिएको छ । यसैबीच दुई जना विद्यार्थीहरुहरुले इलाका प्रहरी कार्यालय धरानको परिषरमा परीक्षा दिएका छन् । धरान १६ का देव विसंगेले इलाका प्रहरी कार्यालय धरान र धरान विष्णुपादुकाका सुजन राईले इलाका प्रहरी कार्यालय महेन्द्रगरमा परीक्षा दिइरहेका छन् । पब्लिक उच्च माविमा अध्ययनरत विसंखेको परीक्षा केन्द्र बालिका उच्च माविमा परेको थियो । महेन्द्रनगर इलाकाकामा परीक्षा दिइरहेका सुजन राई भने फागुन १२ गते लागू औषधमा प्रक्राउ परेका थिए ।कक्षा १२ लाई एसएलसी तोक्ने र कक्षा १० लाई माध्यमिक शिक्षा परीक्षा नामाकरण गरी पहिलो पटक सञ्चालन भएको यो परीक्षामा सबै कुरा क्षेत्रीय शिक्षा निर्देशनालयले जिम्मा लिने भने पनि त्यो हुन नसकेको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाकी उपनिर्देशक श्रीमति मोहन राईले बताउनुभयो । क्षेत्रलाईदिन. भनिएपनि परीक्षाको सबै काम केन्द्रले गरेको उहाको भनाई छ ।समग्रमा धरानमा एसईईको परीक्षा शान्त, सौहाद्र्ध वातावरणमा भएको सहायक जिल्ला शिक्षा अधिकारी पिताम्बरलाल अधिकारीले जानकारी दिनुभएको छ ।
0 comments:
Post a Comment