सप्तरीमा आगलागी


राजविराज, २० चैत । सप्तरीको छिन्नमस्ता गाविस–१ मा आगलागी हुँदा रु चार लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय बल्लु यादवको घरमा शनिबार मध्यराति आगलागी हँुदा अन्दाजी रु चारलाख ३० हजार मूल्यबराबरको क्षति भएको पीडितले बताएका छन् ।

लामखुट्टे धपाउनका लागि बालिएको घुरबाट अचानक सल्किएको आगोले यादवको फुसको छानो भएको एउटा र बाँसको बेरा भएका चारवटा घर जलेर नष्ट भएका छन् ।

त्यस्तै, आगो निभाउने क्रममा छिमेकी मोहन सदा र कृष्ण सदाको घरसमेत भत्किएको प्रहरीले जनाएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन तथा घरभित्र भएको सम्पूर्ण सामान, नगद रु ५० हजार गरी रु चारलाख ३० हजार मूल्य बराबरको क्षति भएको बताइएको छ ।

आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा स्थानीयवासीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, सखडाले जनाएको छ । रासस
––––––––

0 comments:

Post a Comment