बैतडीमा तीनजना मृत फेला
On Sunday, April 02, 2017
बैतडी, २० चैत । बैतडीमा आज विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन् ।
सिगास गाउँपालिका–३, डुङरीकी ३५ वर्षीया लालमती बोहरा, दशरथचन्द नगरपालिका–१० बुड्डाका ६० वर्षीय नरबहादुर चन्द र डिलाशैनी गाउँपालिका–३ का ५० वर्षीय वीरपल भुल मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
शनिवार राति घरनजिकै रहेको घट्टमा पिसानीका लागि गएकी लालमतीलाई आज बिहान मृत फेला पारिएको थियो । उनको बलात्कारपछि हत्या गरेको हुनसक्ने बताइएको छ । मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।
त्यस्तै, यही चैत १५ गतेदेखि सम्पर्कविहीन चन्दको शव आज घर नजिकै महाकाली नदी किनारमा सडेको अवस्थामा फेला परेको हो । त्यस्तै, भुल अनिरपानी भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

0 comments:
Post a Comment