मेस्सी विना बार्सिलोनाको जित, क्लबका लागि नेमारको सय गोल पुरा

 गए रातीको त्यो खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–१ ले हराएको छ ।
शीर्षस्थानको रियल मड्रिडको जित र लियोन मेस्सी विना दबाबका बची बार्सिलोनाले फराकिलो जितका लागि उपाधि दौडलाई यथावत राखेको छ । ४४ औं मिनेटमा लुइस स्वारेजको टोलीका लागि गोलको खाता खोलेका थिए । त्यसअघि दुई पटक स्वारेजलाई गोल गर्नबाट ग्रानाडाका गोलकिपर गुइलर्मो ओचाआले असफल बनाएका थिए ।
जेरेमी बोगाले ५० औं मिनेटमा बराबरी गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । तर ६४ औं मिनेटमा २३ बर्षिय स्ट्राइकर पाको फ्रान्सिस्को अल्कासरले गोल गर्दै बार्सिलोनालाई पुन अग्रता दिलाए । खेलको अन्त्यतिर ग्रानाडा १० खेलाडीमा सिमित भएको थियो ।
८२ औं मिनेटमा हेनरी अग्बोले दोस्रो पहेलो कार्डको सामना गर्दै मैदान छोडेपछि ग्रानाडा १० खेलाडीमा सिमित भएको थियो । त्यसको एक मिनेटपछि नै इभान राकाटिकले बार्साका लागि गोल गरे ।
इन्जुरी समयको पहिलो मिनेटमा नेमारले गोल गर्दै टोलीको जितलाई फराकिलो पारे । सन् २०१३ मा बार्सिलोनासँग आवद्ध नेमारको १ सय ७७ औं खेलमा त्यो एक सयौं गोल थियो ।

0 comments:

Post a Comment