शाण्डिल्य काफ्ले
विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला तथा सित्तैमा पाईने सफ्टवेयर वर्डप्रेसको नयाँ संस्करण वर्डप्रेस ४.९ सार्बजनिक भएको छ
यहि नोभेम्बर १५ तारिकको दिन सार्बजनिक भएको नयाँ संस्करणमा धेरै नयाँ कुराहरु थपिएको छ । वेबसाइटको सेक्युरिटी सहित अन्य धेरै कुरा हरुलाई लक्षित गरेर नयाँ संस्करण सार्बजनिक भएको छ ।
वर्डप्रेस ४.९ मा मुख्य त कस्टमाएजर राम्रो बनाइएको छ । प्रयोगकर्तालाई सजिलो र छिटो वेबसाइटमा थिम परिवर्तन गर्न, मिनु मिलाउन लगायत अन्य थुप्रै कुराहरु गर्न सजिलो होस् भन्ने अभिप्रायले यसलाई अझ राम्रो बनाईएकोहो । साथै, कोडहरुलाई मिलाएको, नयाँ विजेट थपिएको र भएको टेक्स्ट विजेटलाई अझ राम्रो बनाइएको छ ।
थपिएको नयाँ विजेट ग्यालरीको लागि प्रभाबकारी हुने छ । यसको मद्धतले तपाइले सहज रुपमा नै आफ्नो वेबसाइटमा फोटोको ग्यालरी बनाउन सक्नु हुनेछ । त्यसका साथै, टेक्स्ट विजेटमा थपिएको मिडिया हाल्न मिल्ने सुबिधाले टेक्स्ट विजेटको उपयोगितालाई झन् बढाएको छ । अब तपाइले टेक्स्ट विजेटको माध्यम बाट आफ्नो वेबसाइटमा भएको कन्टेन्टलाई राम्रो ढंग बाट देखाउन सक्नु हुने छ ।

र्डप्रेस ४.९ सम्म आईपुग्दा धेरै नेपाली हरुले त्यसमा आफ्नो ज्ञान लगाएर वर्डप्रेसलाई सहयोग गरि रहेका छन् । यो संस्करणमा नेपाली वर्डप्रेस डेभ्लपर निलाम्बर शर्माले पनि धेरै सहायोग गरेका छन् । निलाम्बर शर्मा वर्डप्रेसको थिम जाँचे समूह “वर्डप्रेस थिम रिभ्यु” टिमको एडमिन हुन् । विश्व भरिमा यो समूह मा जम्मा २ जना एडमिन रहेका छन् ।
वर्डप्रेसबाट वेबसाइट बनाउन सजिलो, छिटो, रामो साथै धेरै नै कम झन्झटिलो हुने भएकाले पनि यो प्रबिधि विश्वकै वेबसाइट बनाउन प्रयोग हुने प्रबिधि मद्धे अग्र स्थानमा आएको छ । प्रबिधि सम्बन्धि धेरै जानकारी वा ज्ञान नभएकाले पनि सजिलै चलाउन सक्ने प्रबिधि भएकाले पनि यसको आकर्षण बढेको छ ।
0 comments:
Post a Comment